३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एनसेल प्रकरणमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार विरुद्ध बोलेपछि…


December 9, 2023
1.7k
Shares

काठमाडौं, २३ मंसिर । देशमा खरबौंको चलखेल भएको एनसेल प्रकरण सफल बनाउन राजनीतिक र प्रशासनिक रुपमा माइक्रोम्यानेजमेन्ट भएको खुलिसकेको छ । एनसेल प्रकरण सफल बनाउने योजना अनुसार मुख्यसचिवमा बैकुण्ठ अर्याललाई ल्याइएको थियो । अर्यालमाथि अरबौंको भ्रष्टाचार भएको टेरामेक्स प्रकरणमा समेत छानबिन भइरहेको छ । तर, उनले शनिबार भ्रष्टाचारविरुद्ध अख्तिार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रममा सम्बोधन गरेका छन् ।

अर्याललले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको लागि नेपालले राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको उल्लेख गरे ।
रोजगारी सिर्जना गर्न, लैङ्गिक समानता हासिल गर्न, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवाहरुमा सर्वसाधारणको व्यापक पहुँच पुर्‍याउनको लागि भ्रष्टाचार विरुद्धको पहलकदमी अति आवश्यक रहेको समेत बताए ।

संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रको हैसियतले नेपालले गर्नुपर्ने कानूनी सुधारको कार्यलाई प्राथमिकता दिई सरकारले आवश्यक कार्य गर्ने र सो को लागि समग्र निजामती सेवाको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । एनसेल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै जारी गरेको निर्देशनहरु सबै सरकारी निकायले पालना गरेमा धरै हदसम्म भष्ट्रचार नियन्त्रण हुने उल्लेख गर्दै भष्ट्रचार एक बहुआयामिक विषय भएकोले यसको नियन्त्रणको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत राज्यका सबै संयन्त्र एवं सरकारी निकायहरु, नागरिक समाज, निजी क्षेत्र र आम समुदायको उत्तिकै सक्रियता आवश्यक पर्ने भन्दै भ्रष्टाचार निरुत्साहन गर्न सबै क्षेत्र निकाय र व्यक्तिले थप इमान्दारिता एवं सदाचारिता प्रदर्शन गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथिका रुपमा सहभागी भए ।

प्रतिक्रिया