राजसंस्थाकाे आवश्यकता किन ?
हेमशंकर गिरी: दिल्लिमा १२ बुंदेले सुत्रपात गरेकाे २०६२/६३ काे परिवर्तनकै जगमा टेकेर निर्बाचित संविधान सभाकाे पहिलाे बैठकबाट राजसंस्थाकाे समुल अन्तगरि राष्ट्रपतिय प्रणालीमा प्रबेश गरिएपश्चात करिब करिब १४/१५ बर्षसम्म केही नगन्य रुपमा फाट्टफुट्ट बाहेक राजसंस्थाकाे बिषयमा जनताले खासै चर्चा र आवश्यकताकाे महशुस गरेका थिएनन । बंशानुगत राेलक्रममा कुनै एउटा बंशलाई निरन्तर राजा महाराजा मान्ने परम्पराभन्दा जननिर्बाचित संसदले चुनेकाे जनताकाे छाेरा छाेरी राष्ट्रपति हुनु नै उत्तम ब्यवस्था हाेभनी हामी आम नेपाली जनता लाेकतान्त्रिक गणतन्त्रलाई नै सुदृढ गराउनकै लागि चुपचाप बसेकै हुन र म लेखक समेत यसैमा रमाएकाे थिएं ।
पृथ्विनारायण शाहले नेपाल एकिकरणकाे थालनी गर्नुपुर्वपनि नेपालमा बाईसे र चाैबिसे सबै राज्यहरुमा राजा नै थिए । नेपाल एकिकरणपछि यसैकाे जगमा सिंगाे नेपाल राष्ट्रकाे राजगद्दीमा उनै राष्ट्रनिर्माता पृथ्विनारायण शाहका सन्ततीहरुबाट राजाका जेठाे छाेरालाई जन्मनासाथ युवराजाधिराजा घाेषणा गरि बाबुकाे देहवसानपछि उनै जेठाे छाेरा राजगद्दीमा बसाली मुलुककाे शासन ब्यवस्था चलाउने परम्परा सुरु भयाे । यस समयमा बर्तमान बिश्वका अधिकांश मुलुकहरुमा राजतन्त्रात्मक ब्यवस्था नै रहेकाे ईतिहासमा भेटाईन्छ ।
समयानुसार ब्यवस्था परिवर्न हुंदैजांदा कतिपय मुलुकहरुमा राजतन्त्रलाई बिदा गरियाे साथै केही यस्ता मुलुकहरु जसमा जात,धर्म,भाषा र क्षेत्रहरुलाई राजसंस्था मार्फत एकताकाे सुत्रमा बांधिएकाे अबस्थामा राजतन्त्रकाे बिदाईसंगै मुलुककाे राष्ट्रिय अस्तित्वपनि समाप्त भई विभिन्न टुक्रामा बिभाजन भएकाे उदाहरणपनि छ भने केही मुलुकहरु �

