४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

एनसेल खरिदविक्रीको २ खर्बभन्दा बढी चलखेलमा संलग्नहरुबारे सनसनीपूर्ण खुलासा


December 3, 2023
2.8k
Shares

काठमाडौं, १७ मंसिर । एनसेल कौडीको भाऊमा खरिद विक्री प्रकरणमा मुख्य दलका नेताहरुकै संलग्नता रहेको सनसनीपूर्ण खुलासा भएको छ । पुँजीगत लाभकर छल्न संगठित गिरोहले योजनावद्ध रुपमा खरिदविक्री गराएको खुलेको हो ।

५० अर्बभन्दा बढी लाभकर छली गर्न र विदेशमा रकम लुकाउन एनसेल प्रकरण भएको खुलेको हो । यो प्रकरणमा मुख्य दलका शीर्ष नेता सबै संलग्न भएको खुलासा सांसद अमरेश सिंहले गरेका हुन् ।

सिंहले ५० मिलियन डलरमा एनसेल विक्री भएको हो भने आफू ६० मिलियन डलर दिन तयार भएको बताए । उनले भने, यो सबै ठगी हो । ठूलो चलखेल भएको छ ।
एनसेल बेच्ने अभ्यास एक वर्षदेखि चलेको र त्यमसा दलका नेता, भ्रष्ट सरकारी पदाधिकारी, बिजनेश माफिया मिलेको खुलासा गरे । २०२९ मा नेपाल सरकारको स्वामित्वमा एनसेल जाने भएपछि चलखेल भएको उनको भनाई थियो ।

एनसेलले विभिन्न बैंकबाट ४० अर्ब ऋण लिएको समेत उनको खुलासा थियो । नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चाटर्स बैंकबाट ऋण लिएको छ एनसेलले ।

देशलाई बुझाउनुपर्ने अरबौं रकम छली गर्न बेलायतमा १ डलरमा दुई महिना अघि कम्पनी खोलिएको छ । सोही कम्पनीले एनसेल खरिद गरेको हो ।

एनसेलको २० प्रतिशत शेयरकर्ता शतिशलाल आचार्यको नाममा रहेको सुनिभेरा क्यामिटलले भेन्छरको नाममा २०१७ देखि २०२३ सम्म १५ करोड डलर अर्थात् २० अर्ब नेपाली रुपैयाँ जति रकम नेपालबाट लगेको देखिएको छ ।

एनसेलको मूल्यांकन झण्डै ३ खर्बको देखिन्छ । १९ मंसिरमा सर्वोच्च अदालतमा एनसेलसम्बन्धी मुद्या विचाराधीन रहेको छ । यसैमा चलखेल गरेर ५७ अर्ब छली गर्न खोजिएको छ ।

सांसद सिंहले एनसेलको चलखेलमा केही व्यवसायीको थर नै खुलाएका छन् । ती व्यवसायीमा उपेन्द्र महतो, सतिशलाल आचार्य, चन्द्र ढकाल, अजय सुमार्गी र राजबहादुर सिंह हुन् ।

एनसेलमा यति ठूलो चलखेल हुँदा पनि कुनै कदम नचाल्ने र नबोल्नेहरुमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल हुन् । यी नेताहरुले २०७९ को चुनावमा ठूलो धनराशी एनसेलबाट प्राप्त गरेको र अहिलेको चलखेलमा पनि उनीहरुले लाभ लिएको खुलासा भएको छ ।

एनसेललाई लाभ हुने गरी तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पालामा केही भ्रष्ट न्यायाधीशको मिलेमतोमा विगतमा फैसला भएको थियो ।

एनसेलको चलखेलबाट लाभ लिन केही नेता विदेशयात्रामा छन् । नेता पत्नी र आफन्त पनि विदेश पुगेको खुलेको छ । नेपालका नाम चलेका व्यापारीहरु यो प्रकरणमा विदेश दौडधूप गर्दै आएका थिए ।

एनसेलको अरबौंको ठगी प्रकरण नेपालको इतिहासकै सबैभन्दा ठूलो हो । यो प्रकरणले राजनीतिमा दुरगामी प्रभाव पर्ने विश्लेषण हुन थालेका छन् ।

प्रतिक्रिया