३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बाजुरावासीले कर्णालीमा पुल कुर्दा कुर्दा…


November 29, 2023
1.6k
Shares

बाजुरा, १३ मंसिर । कर्णाली क्षेत्रमा पुल बन्नु सपना नै हो । बाजुरावासीले लामो प्रतिक्षापछि कर्णालीमा पक्की पुल पाउने भएका छन् । ठेक्का प्रक्रियाको तीन वर्षपछि कर्णालीमा पक्की पुलको शिलान्यास भएको छ ।

बाजुराको हिमालि गाउँपालीकाको ७ वाधु चुलिबगर र स्वामिकार्तिक खापरलगाउँपालिकाको वाई जोड्ने पक्की पुलको बुधबार शिलान्यास गरिएको छ । १२ करोड ५४ लाखमा निर्माण हुने पक्कीपुलको ठेक्का प्रक्रिया १२ चैत्र २०७७ मा सम्झौता भएको थियो । तर, शिलान्यास २०८० मा भयो ।

पुलेको लम्वाई १ सय ४ मिटर भएको पक्किपुल विविध कारणले रोकिएपनि ठेक्का सदर ४ असोज २०८० मा भएको थियो । सुदुरपश्चिम पुलसेक्टर महाकाली पुल आयोजना का प्रमुख रामबहादुर गुरूङले अबको ३५ महिना भित्र बनिसक्नु पर्ने बताए । समयमै पुल बनेमा ३ वर्ष लाग्नेछ । तर, २०८५ यता बाजुरावासीले कर्णालीमा पक्की पुलको उपभोग गर्न पाउनेमा शंका नै छ ।

निर्माण कम्पनि महाँदेब खिम्ति ( अन्जना( एम के विल्डर्स कस्टक्सन जेवि कम्पनिले निर्माण गरीरहेको निर्माण कम्पनिका प्रमुख चक्र शाहले बताए ।

आज हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको अध्यक्षतामा सुदुरपश्चिम पुलसेक्टर महाकाली पुल आयोजना का प्रमुख रामबहादुर गुरूङग प्रमुख अतिथि रहेका थिए। स्वमिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकाया विशिष्ट अतिथि रहेकोसिलान्यस कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थित रहेको थियो । रेडियो बुढिनन्दाका प्रबन्धक नहकुल जोशीले संचालन गरेको कार्यक्रम पुल निर्माण स्थल चुलिगाडमा भएको थियो ।

प्रतिक्रिया