४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

राजा महेन्द्रको पालामा विदेशमा लगानी गर्ने दण्डित, गणतन्त्रमा गैरकानूनी रुपमा विदेशमा लगानी गर्ने पुरस्कृत


November 18, 2023
0
Shares

काठमाडौं, २ कात्तिक । राजा महेन्द्रलाई राष्ट्रवादी राजाको रुपमा चिनिन्छ । यथार्थमा उनले राष्ट्रहितका लागि कठोर कदम पनि चालेका थिए जसमध्ये विदेशमा लगानी गर्न नेपालीलाई प्रतिबन्ध समेत थियो । महेन्द्रकै पालामा २०२१ सालमा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन आयो । जसको प्रस्तावनामा सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न विदेशमा लगानी गर्नमा प्रतिबन्ध लगाउने व्यवस्था गर्नु वाञ्छनीय भएको उल्लेख छ ।

ऐनको दफा ३ मा कसैले विदेशमा कुनै किसिमको लगानी गर्नु हुँदैन भनिएको छ । २०६६ सालमा संशोधित यो ऐन अनुसार कसैले ऐनको उल्लंघन गरेमा बिगो जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने भनिएको छ ।

राजा महेन्द्रको पालामा जारी भई गणतन्त्र आएपछि संशोधन गरिएको विदेशमा लगानी गर्न प्रतिबन्ध सम्बन्धी ऐनको उल्लंघन शक्तिशाली व्यक्तिहरुबाट नै भएको छ । नेपालका एकमात्र डलर अर्बपति बिनोदले नै यसको उल्लंघन गरेका छन् ।

चौधरी र उनका परिवारका सदस्यको नाममा ब्रिटिश भर्जिन आइल्यान्ड, सिंगापुर र पानामामा गैरकानूनी लगानीबारे अन्तर्राष्ट्रि खोज पत्रकारिता केन्द्र आइसीआइजेले खुलासा गरेको थियो । पान्डोरा पेपरर्स भनिएको खुलासामा विभिन्न नामका कम्पनी खोलेर चौधरी परिवारको लगानी खुलेको थियो । ट्याक्स हेभन भनिने चिनिने देशहरुमा उनीहरुको लगानीले सनसनी मच्चायो । तर, चौधरी परिवारमाथि कुनै कारबाही भएन । उल्टै चौधरी नेपाली काँग्रेसबाट समानुपातिक सांसद पदबाट पुरस्कृत भए । २०७९ मा त नवलपरासीबाट टिकट पाएरै चुनाव जिते ।

अरुणकुमार चौधरी, उनकी पत्नी शिला चौधरी, छोरा करण चौधरी र सुर्भान्स चौधरीको ब्रिटिश भर्जिन आइल्यान्डमा लगानी भेटिएको थियो ।

गैरकानूनी रुपमा विदेशमा लगानी गर्नेमा डाक्टरहरु श्यामबहादुर कमाचार्य र प्राध्यापक डाक्टर शतेन्द्र गुप्ता पनि छन् ।

वर्तमान मन्त्री वीरेन्द्र महतोको बेलारुसमा लगानी भेटिएको थियो । महतोका दाजु उपेन्द्र महतो बेलारुसकै नागरिक हुन् । उनीहरुका साझेदार रोमियो अब्दो र नेपाली मूलका विदेशी नागरिक निरजगोविन्द श्रेष्ठ पनि हुन् । महतोकी पत्नी समता महतोको पनि विदेशमा लगानी भेटिएको थियो ।

अजेयराज सुमार्गी र अर्जुन शर्माको पनि साइप्रसमा लगानी भेटिएको थियो । सुमार्गीले विदेशबाट नेपालमा रकम ल्याएको विषय निकै चर्चामा आएको थियो ।

राजेन्द्र बजार्ईको पनि विदेशमा लगानी भेटियो । उनी नेपाली काँग्रेसमा सक्रिय भएर गोरखबाट चुनाव नै जिते । काँग्रेसले उनलाई पुरस्कृत गर्यो ।

चन्द्रप्रसाद ढकालको पनि विदेशमा लगानी भेटियो । उनी उद्योग वाणिज्य महासंघका अध्यक्ष बनेका छन् ।

एनसेलका सतिशलाल आचार्यले ब्रिटिश भर्जिन आइल्यान्डसमा विभिन्न कम्पनी दर्ता गरेको खुलेको थियो । तर, उनी नेपालका कर छली, सरकारलाई कर नतिरेको देखि विभिन्न काण्डमा मुछिएका छन् । उनका सामु सरकार सामु निरिह देखिएको छ । मुख्य दलका नेताहरु चन्दाको लोभमा उनलाई संरक्षण गर्दै आएका छन् ।

आखिर विदेशमा रकम पुर्याउन र विभिन्न कालो कारोबार गर्न समेत कम्पनी खोलिएको खुलेको छ । कतिपयले विदेशमै घूसको लेनदेन मिलाउन पनि कम्पनी खोलेका छन् । राजा महेन्द्रलाई तानाशाह भनी सत्तोसराप गर्नेहरुले विदेशमा कालो धन लुकाउने र ट्याक्स हेभन भनी चिनिने देशमा रकम लुकाउनेलाई पुरस्कृत गरेका छन् ।

प्रतिक्रिया