नेपाली सेनामाथि अर्को आक्रमण
हेमशंकर गिरीः अहिलेको सरकार चलाउनेहरुसंग राष्ट्रियता, बुद्धि ,बिबेक र कार्यक्षमता छ भने राष्ट्रिय सेनालाई कमजोर बनाउन केही मिडिया प्रयोग गरि श्रृङ्खलावद्ध ढंगले भएको आक्रमणलाई सुक्ष्म ढंगले अध्यन गरेर सेनाभित्र मच्चाउन लागिएको भांडभैलो अन्त गराउनु पर्छ र सेना बलियो बनाउनु पर्छ । नेपाली सेना बेगर नेपाली जनताकाो शासनको सायद कल्पना समेत गर्न नसकिएला । ब्यक्ति बिशेषको गरिकता र सर्टिफिकेटमा फरक देखिएको जन्ममितिको सामान्य समस्यालाई एउटा ऐन बनाएर समाधान गर्न सकिन्छ । यसमा ब्यक्तिभन्दा राज्य बढि जिम्मेवार छ ।
२०४०-४१ सालभन्दा अगाडिको नागरिकतामा लेखिने बिबरण प्रणालीमै कमजोरी थियो अझै भन्नुपर्दा नागरिकता नहुंदापनि नाम लेखाएर जागिर खाने चलन समेत थियो। त्यसैगरी शैक्षिक संस्थाहरुको अभिलेख प्रणालीमा समेत थुप्रै कमजोरीहरु थियो अर्थात त्यो समयमा अहिले जस्तो जन्म दर्ता प्रमाणपत्र अनिवार्य थिएन । नेपाली सेना,निजामति,प्रहरी,न्यायलय र अन्य सरकारी निकायहरुमा सेवा प्रबेश गर्दा प्रतिस्पर्धी उम्मेदवारहरुले सुरुमै पेश गरेको कागज पत्र तथा प्रमाण पत्रहरु नै मुख्य आधार हो र यसैलाई मुख्य प्रमाण ठान्दा बिबाद उठ्दैन तर भुलबस र सरकारी त्रुटीकै कारण अन्याय परेमा शंशोधन तथा हेरफेरपनि नियम कानुन अनुसार सम्बन्धित सरकारी निकायले गर्न सक्छ तर त्यसमा ब्यक्ति मात्रलाई दोषी बनाउनु उचित होईन र बिनाप्रमाण चलखेलकै लागि मात्र नियम कानुन नाघेर निर्णय गर्नुपनि उचित होईन यसले राष्ट्रलाई दुरगामी असर पारि राख्छ नै । यस्तो समस्या बिगत धेरै लामोसमयदेखि सबै निकायहरुमा भएकै र देखिएकै हो ।
सेनामा यसप्रकारको समस्याको बारेमा अघिल्ला प्रधानसेनापतिले छानबिन गरेर फिल्टर गरेकै हो । तर मिशनरी मिडियाहरुलाई अहिले फेरि यहि बिषयलाई लिएर सेनामाथि हमला गर्ने उपयुक्त मौका मिलेको देखिन्छ । भावी प्रधानसेनापतिको लागि बरियतामा रहेका उपरथी ताराध्वज पाण्डेको रथी दर्जामा जंगी अड्डाले पदोन्नती नउठाउंदै महिनौ अगाडि हल्ला मच्चाईयो । सेनाले आधिकारिक मान्ने भनेको ब्यक्तिगत शीटरोल र डोसियर नै हो र ब्यक्तिले कतिवटा नागरिकता कहाँबाट बनाएर गोजिमा बोक्यो भन्ने बिषय सरोकार राख्दैन ।
अहिले ताराध्वज पाण्डेलाई बिबादमा मुछेर राजिनामा दिन बाध्य बनाई रिङआउट गरियो । अयस्तै बिषयमा वहाँ ताराध्वजकै नेतृत्वमा उपरथी प्रेम शाही रिङआउट भएका थिए अझ रहस्यको बिषय त ताराध्वज पछाडि क्रमश बरियता रोलक्रममा पर्नेहरु समेत वहाँ ताराध्वजकै अवस्था छ भन्ने हल्लापनि सुनिदैछ यस्तै होभने वहाँहरुलाइपनि रिङआउट गर्दै कसैको योजनामा कसको र कस्तो सैनिक अधिकृतलाई प्रधानसेनापति बन्न निश्चित हुनेगरि रोलक्रममा राख्ने योजना बमोजिम यो मिशन चालिएको त होईन भन्ने संका गर्ने सुविधा छ । यदि यो बिश्लेषण सही होभने सबै सैनिक अधिकृतहरुले बुढि मरि भन्दापनि काल पल्क्यो भन्ने भनाइलाई आत्मसाथ गर्नु पर्ने देखिन्छ ।
अहिले जन्ममिति र सर्टिफिकेटमा कैफियत देखाउंदै लगिएका सैनिक अधिकृतहरुलाई महासेनानीदेखि उपरथीसम्मको दर्जाहरुमा पदोन्नती गरिंदा जंगी अड्डा,रक्षा मन्त्रालय र मन्त्रिपरिषदले के हेरे होलान ? के त्यतिवेला पेश भएको जन्म मिति सम्बन्धि कागजाद र अहिले रथी दर्जामा पदोन्नति गर्न लाग्दा पेश भएको कागजादहरुमा भिन्नता छ ? यदि छैन र पहिला पेश भएकै प्रमाणहरु एकएक फरक भएका हुन रु होभने कसरी त्यस्तो हुन सक्छ ? अहिले पहिला अनुसार नै पेश भएका हुनभने अघिल्लो पटक बढुवा समितिहरु जवाफदेहि हुनुपर्ने कि नपर्ने रु कुनैपनि ब्यक्तिहरुमा महत्वाकांक्षा हुनु स्वभाविक हुनसक्ला तर सेना जस्तो अति संबेदनशील संस्थामा ब्यक्तिगत स्वार्थ हाबि भयोभने सिङ्गो मुलुक नै दुर्दशामा फस्न सक्ने संभावना हुन्छ ।
बिगतमा पनि सेनाभित्र अस्वस्थ प्रतिस्पर्दा अनि कसैलाई बनाउनकै लागि र कोही बन्नकै लागि अनावश्यक चलखेल भएकै कारणपनि अहिले मुलुक र सेनाले यो दुश्परिणाम भोगिरहेको छ । आफ्नो छोरिलाई सम्मान नदिएकै कारण प्रदिपप्रताप बम मल्ल जस्ता निश्वार्थी अब्बल र देशभक्त सैनिक अधिकृलाई गिरिजा प्रसाद कोईरालाले प्रतिशोध लिंदाको परिणाम तितो बन्दै गएको छ किन कि वहाँलाई बाहिराउने काम नभएको भए सेनाको बरियताक्रम भत्किने थिएन र कसैले अनावश्यक चलखेल गर्ने ठाउँ हुंदैनथ्यो । त्यसैगरी तत्कालीन सहायकरथी हेम खत्रीलाई एनडिसिको लागि छनौट गरिन्छ र छनौटपछि तालिम सकेर फर्केपछि अंग्रेजि र नेपाली जन्ममति थोरै तलमाथि देखिएकै कारण अयोग्य ठहरिनेगरी बर्खासी गरियो । त्यति मात्र होईन छनौट समितिका अध्यक्षलाई कुनै कानुन लाग्दैन तर समितिको सदस्य सचिव रहेका उपरथी प्रेमप्रकाश थामलाई बर्खासी गरिन्छ । वहाँपनि अब्बल,ईमान्दार र भद्र सैनिक अधिकृतमा गनिनु हुन्थ्यो ।
हाम्रो बिगत ईतिहासले देखाई रहेको छ दरबारका भाईभारदार,पाण्डे र थापा,रानी र कारिन्दाहरुबीचको अस्वस्थ प्रतिस्पर्धा र कचिंगलले गर्दा पुर्बमा टिष्टा पश्चिमा कांगडा फैलिंएको भुमि समेत खुम्चिंदै यसैबीमा राणा शासन निम्तियो,राणाहरुबीचकै खिचातानी र षडयन्त्रले २००७ साल निम्तिनमा सहयोग पुग्यो त्यसपछि सत्तामा आएको कांग्रेसीहरुबीचकै खिचातानी र गद्दारीले राजा महेन्द्रलाई २०१७ साल पौष १ रोज्नै पर्ने बाध्यता निम्तियो त्यसपछिका दिनहरुदेखि स्वदेशी तथा बिदेशी षडयन्त्र निरन्तरताले २०८० सम्म आईपुग्दा नेपाल राष्ट्रको अस्तित्व नै डगमगाएको मात्र छैन मुलुकको राजकीय सत्ताको चाबी नै हाम्रो हातबाट अन्यत्रै पुगिसकेको दुखद अवस्था छ । त्यसकारण हामीले आफ्नो ब्यक्तिगत स्वार्थ रोज्ने कि राष्ट्रको स्वार्थ रोज्ने हो यसको तत्काल खोजी गर्न ढिला भईसक्यो । यो मुलुक अनन्तकालसम्म जीवीत राख्ने होभने राष्ट्रको चुरो सैनिक संस्थाभित्र कुनैपनि बिबाद सृजना र अबाञ्छित गतिविधि तथा चलखेलहरु हुन दिनु हुंदैन साथै राजनितिक हस्तक्षेप र स्वार्थ समेत छिर्नु छिराउनु हुंदैन ।
–लेखक पूर्वसुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हुन्