१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आइपिओको कालो धन्दा, सर्वसाधारणलाई डुबाउँदै अरबौं कुम्ल्याउँदै


November 7, 2023
0
Shares

काठमाडौं, २१ कात्तिक । यतिबेला देशमा नयाँ धन्दा फष्टाएको छ त्यो हो आइपिओ । कम्पनीहरु धमाधम डुब्न थालेपछि योजनावद्ध रुपमा कानून परिवर्तन गरी आइपिओ सजिलै खोल्न सकिने व्यवस्था गरिएको छ । विगतमा लगातार तीन वर्ष मुनाफा देखिएपछि मात्र आइपिओ खोल्न पाउने नियम बनाइएकोमा कानून परिवर्तन गरी एक वर्षको मुनाफा देखाए पुग्ने बनाइयो ।

जो कसैले आइपिओ खोल्न सक्ने गरी सरकारको माथिल्लो तहबाटै कमिशन कुम्ल्याउने खेल चल्यो । यही छिद्र देखेर देशमा आइपिओ खोल्ने धन्दा फष्टाएको छ ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्टारको कार्यालय र नेपाल बीमा प्राधिकरणका अधिकारी देखि अर्थ मन्त्रालयका अधिकारी समेतले सेटिङमा आइपिओ स्वीकृती दिइरहेका छन् । आइपिओ निष्काशनको चलखेलमा सरकारको उच्च तहमा बस्नेले ठूलो भ्रष्टाचार गरिरहेको खबर नेपाल पेनलाई प्राप्त भएको छ ।

घाटामा गएर डुबेका कम्पनीहरुले समेत आइपीओ खोल्न एक वर्षको मुनाफा देखाएर निवेदन दिएका छन् । आइपिओको स्वीकृतीका लागि उनीहरुले ठूलै कमिशनको खेल खेलिरहेका छन् ।

सार्वजनिक पोखरी माँसेर बनाइएको छायाँ सेन्टर समेत आइपीओ खोल्न तम्सिएको छ यतिबेला । घाटामा गएका कम्पनीहरु धमाधम नाफा देखाएर जनताको रकम डुबाउने गरी आइपीओ निष्काशन प्रक्रियामा छन् ।

आइपीओको धन्दा चलेपछि सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया