२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बिनौद चौधरी चीनको हुवावेसँग जोडिएपछि…


November 5, 2023
0
Shares

काठमाडौं, १९ कात्तिक । डलर अर्बपति बिनोद चौधरीको विदेशमा भएको लगानीमध्ये भारतमा रहेको लगानी पनि प्रमुख हो । तर, भारतमा कर छली देखि लगानी अन्यत्र लान खोजेपछि त्यहाँको सरकारले उनीमाथि निगरानी बढाएको छ ।

चौधरी ग्रुपले दूरसञ्चार क्षेत्रमा पनि लाइसेन्स लिएर विदेशी लगानी ल्याउन खोजेको छ नेपालमा । यसका लागि योजनावद्ध तरिकाले स्मार्टको लाइसेन्स नै हात पार्ने डिजाइन भइरहेको छ । उनले लाइसेन्स हात पार्ने र विदेशी लगानी ल्याएर निश्चित शेयर लिने रणनीति बनाएका छन् । दूरसञ्चार क्षेत्रमा लगानी ल्याएर कमिशन वापत् शेयर लिन उनले थप कनेक्सन बनाइसकेका छन् । जसमध्ये चिनियाँहरुसँगको सम्बन्ध पनि हो ।

चिनियाँ कम्पनी हुवावेसँग बिनोद चौधरीले छोरा निर्वाण चौधरीलाई खटाएर कनेक्सन बनाइसकेका छन् । हुवावेसँग भविष्यमा काम गर्ने गरी सम्झौता भइसकेको छ । टर्कीको कम्पनीलाई नेपालमा ल्याउने गरी पनि काम बढाएका छन् । यो गतिविधिप्रति दक्षिण निकै शतर्क बनेको बुझिएको छ । चौधरीले व्यवसायका नाममा दक्षिणलाई अप्ठ्यारो पार्न खोजेको विषय खुल्न थालेको छ । टर्कीसँग भारतको त्यति सुमधुर सम्बन्ध छैन । टर्कीका कम्पनीहरु दक्षिण एशियामा छिरेर आतंकवाद गतिविधिलाई प्रश्रय दिइरहेको विषय उठिरहेको छ । यसकारण पनि चौधरीमाथि दक्षिणको शंका बढ्नु स्वाभाविक हो ।

चौधरी राजदरबार हत्याकाण्डपछि ह्वात्तै सम्पत्ति बढाउन सकेका व्यवसायी हुन् । त्यसअघि उनको सम्पत्ति त्यति ठूलो देखिएको थिएन । विदेशमा लगानीहरु पनि खासै सुनिएको थिएन । मालदिभ्स, दुबई जस्ता देशहरुमा उनको होटलमा लगानी रहेको देखिन थाल्यो । वास्तवमा ती लगानीहरु राजा वीरेन्द्रको थियो र त्यसको रेखदेख चौधरीले गर्दै आएको खुलेको छ ।

चौधरीले देशको रकम बाहिर अवैध तरिकाले पठाइरहेका छन् । तर, नेताहरुलाई समेत प्रभावमा पारेर उनले गरेको गतिविधिमा राष्ट्र बैंक पनि आँखा चिम्लिदिन्छ । विदेशी लगानी बैंकमा गराएको देखाएर आइरिस कम्पनीका लागि भन्दै विदेशमा रकम लगिरहेका छन् । नाबिल बैंकको मुनाफा देखाएर उनले यसरी रकम विदेश लाँदा प्रचलित कानून विपरित भएको छ ।

प्रचण्ड र शेरबहादुर देउवालाई प्रभावमा पारेर चौधरी आफ्नो कम्पनीलाई जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनको लाइसेन्स दिन सके योभन्दा बढी विदेशी मुद्रा बाहिर पठाउन सक्छन् । विदेशी लगानी देखाएर मुनाफाको रकम भन्दै बाहिर जानेछ पैसा । यसै पनि एनसेलले विदेशमा पठाएको रकमबारे पनि प्रश्न उठ्दै आएको छ । उसले अदालतलाई समेत प्रभावमा पार्ने र अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्या हालेर देशलाई नोक्शानमा पारिसकेको छ ।

प्रतिक्रिया