८ आश्विन २०८१, मंगलबार | September 24, 2024

चीन र भारतलाई उछिन्नेगरी धनी देशहरुमा नेपाली विद्यार्थीहरुको ओइरो (रिपोर्टसहित)


October 25, 2023
0
Shares

काठमाडौं, ८ कात्तिक । बढी आम्दानी भएका देशहरुको संगठन अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओइसीडी) सदस्य देशहरुमा बढी विद्यार्थी जाने देशहरुमा नेपाल नवौं स्थानमा रहेको रिपोर्ट सार्वजनिक भएको छ । इन्टरनेशनल माइग्रेसन आउटलुकः २०२३ नामको रिपोर्टमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

रोचक त यो छ कि सन् २०१४ को तुलनामा २०२१ मा नेपालबाट झण्डै तीन गुणा बढी विद्यार्थी ओइसीडी देशहरुमा पुगेका छन् । ओइसीडी देशहरुमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, इटाली, स्पेन, मेक्सिको, डेनमार्क, स्वीडेन, फिनल्यान्ड, जर्मनी, स्वीटजरल्यान्ड, बेल्जियम, अष्ट्रेलिया, पोल्यान्ड, पोर्चुगल, यूके, नेदरल्यान्ड, नर्वे, इजरायल, चिली, कोलम्बिया, चेकसहित २४ देश छन् । ती देशहरुमा सबैभन्दा बढी भारत र चीनबाट विद्यार्थी पुगेको तथ्यांक छ ।

अष्ट्रेलियामा चीन र भारतपछि नेपाली विद्यार्थीहरु सबैभन्दा बढी पुगेको तथ्यांक छ । जापान जानेमा चीन र भियतनामपछि नेपाली विद्यार्थीको संख्या बढी रहेको उल्लेख छ ।

रिपोर्ट केलाउँदा चीन र भारतलाई नै उछिन्ने गरी नेपालले धनी देशहरुमा बढी विद्यार्थी पठाउनेमा नाम दर्ता गर्न धेरै वर्ष लाग्दैन ।

विश्वको झण्डै डेढ अर्ब डेढ अर्ब जनसंख्या रहेका चीन र भारतको तुलनामा ३ करोडभन्दा कम जनसंख्या रहेको नेपालबाट ओइसीडी देशहरुमा बढी विद्यार्थी पुग्नुले बसाईँसराईँको तिव्रताले सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा दुरगामी असर पर्ने देखिएको छ । विशेषगरी युवाशक्ति बाहिरिँदा देशले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । तैपनि, राज्यको नीति नै त्यसतर्फ नै लक्षित देखिन्छ ।

प्रतिक्रिया