१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बडादशैंमा विवादमा परे यी कम्युनिस्ट नेताहरु


October 23, 2023
0
Shares

काठमाडौं, ६ कात्तिक । यतिबेला सामाजिक सञ्जालमा नेकपा एमालेका भक्तपुरे नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच गालीगलौज चलिरहेको छ । कुनैबेला एमालेमा रहेर केपी शर्मा ओली नजिक मानिएका दुवैको गालीगलौज राजनीतिक मूल्य मान्यतालाई नै नाघेको छ ।

बस्नेतले प्रसाईंलाई कालो धनमा देवीको मूर्ति राख्न खोज्दा रोकावट गरेको बताइरहेका छन् । उनीनिकट युवाहरुले प्रसाईंलाई कालोमोसो दलेको चर्चा चलिरहेको छ । दशैंको बेलामा देवीको मूर्ति स्थापनामा अवरोध गरेपछि बस्नेत आलोचित भएका छन् ।

प्रसाईंले पनि ओलीविरुद्ध गम्भीर आरोप लगाएका छन् । जसमध्ये कम्बोडियाको टेलिकम क्षेत्रमा ३ अर्ब लगानी रहेको दाबी प्रसाईंले गरेका छन् । ओलीको कम्बोडियो आवतजावत बढी रहनुले यो आरोपलाई बल पुगेको विश्लेषण भइरहेको छ ।

विगतमा एक फ्रान्सेली खोज पत्रकारले ओली र उनकी पत्नी राधिका शाक्यको नाममा स्वीस बैंकमा ५५ लाख डलर नगद जम्मा रहेको खुलासा गरेका थिए । यसको खण्डन ओलीको सचिवालयले ३ वर्ष अघि नै गरेको थियो ।

ओलीको हिन्दु धर्म होइन भन्ने अभिव्यक्ति पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ओलीले विगतमा पशुपतिमा जलहरी राख्न र नेपालमै रामको जन्मस्थान रहेको भन्दै मन्दिर स्थापना गर्न लगाएका थिए । उनले हिन्दु धर्मसम्बन्धी अभिव्यक्ति पनि दिदै आए ।

यतिबेला नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको हिन्दुले बढी प्राथमिकता पाइरहेको भन्ने अभिव्यक्ति पनि चर्चामा छ । उनले बिदा कम गर्नुपर्ने भन्दै दशैंको मुखमा अभिव्यक्ति दिएर विवादमा परे ।
दशैंको मुखमा पूर्व कम्युनिस्ट नेता डा. बाबुराम भट्टराई पनि विवादमा मुछिएका छन् । उनले नेपालमा बढी बिदा भइरहेको अभिव्यक्ति दिए । यसले उनको चर्को आलोचना भयो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया