महाअष्टमी मनाइँदै

काठमाडौं, ५ कात्तिक । बडादशैंको आज अष्टमी । आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।
देशभरका दुर्गाभवानीका मन्दिरहरुमा भक्तजनको भीड देखिन्छ । आजको दिन देवीका मन्दिरहरुमा बली दिइन्छ ।
दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, शोभाभगवतीलगायतका मन्दिरहरुमा बली दिइन्छ । हनुमानढोकाको दशैंघरमा अष्टमीको मध्यराति दुर्गाभवानीको पूजाअर्चना गरिने परम्परा छ ।
मध्यराति तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बली दिई कालरात्री मनाइन्छ ।