हिन्दूको खास अर्थ
रोशण शाहा: संस्कृत भाषाका हिमालय शब्दको ‘हिम’ र थोपा यानि चन्द्रमा जस्तै चम्कने थोपा अर्थ रहेको ‘इन्दू’ शब्द मिलेर हिन्दू (हिम् + इन्दू = हिन्दू) शब्द बनेको छ । जसको अर्थ हिम पग्लिएर झरेका चम्किला थोपा थोपा भन्ने हो, पञ्चकैलाश लगाएत सम्पूर्ण हिमालयहरू (हिमवत्खण्ड, मानसखण्ड केदारखण्ड एवम् सम्पूर्ण हिन्दूकुश क्षेत्र) का हिम थोपा थोपा भएर पग्लिदैँ निस्केका धेरै हिमका जलधाराहरू एवम् कैलाश हिमाल उद्गम रहेका सिन्ध नदीबाट पश्चिम तिर बगदै बगदै र ब्रह्मपुत्र नदीबाट पूर्व तिर बग्दै बग्दै अनेकन जलधारा समेट्दै दक्षिण समुन्द्रमा मिसीन पुग्दछन् । यी सम्पूर्ण सम्पूर्ण हिमक्षेत्र (हिन्दूकुश क्षेत्र एवम् हालका ताजकिस्थान, अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, भुटान, म्यानमार लगायत चिनको तिब्बत सम्म फैलिएर रहेको हिमालय क्षेत्र) का हिऊँहरू पग्लिएर थोपा थोपा झर्दै बगदै मिल्दै गएर हिमनदी नदी हुँदै समुन्द्रमा आउने भएकाले समुन्द्रको नाम पनि हिम थोपा थोपा भई पग्लिएर आएका हिमनदीहरूका जलले निर्मित महासागर यानि ‘हिन्दमहासागर’ (हिन्दू + महासागर = हिन्दमहासागर) रहन गएको हो । यसरी धरतीका दुई ध्रुव अन्टार्कटिका र आर्कटिक पछिको तेस्रो ध्रुव मानिने हिमग्लेसियरहरू र हिन्दमहासागरका बिचको स्थानको नाम हिन्दूक्षेत्र रहन गएको हो । यहाँको विशाल हिन्दू क्षेत्र भित्रका सबै सनातन र
प्रतिक्रिया

