३ आश्विन २०८१, बिहिबार | September 19, 2024

हिन्दूको खास अर्थ


October 21, 2023
83
Shares
रोशण शाहा: संस्कृत भाषाका हिमालय शब्दको ‘हिम’ र थोपा यानि चन्द्रमा जस्तै चम्कने थोपा अर्थ रहेको ‘इन्दू’ शब्द मिलेर हिन्दू (हिम् + इन्दू = हिन्दू) शब्द बनेको छ । जसको अर्थ हिम पग्लिएर झरेका चम्किला थोपा थोपा भन्ने हो, पञ्चकैलाश लगाएत सम्पूर्ण हिमालयहरू (हिमवत्खण्ड, मानसखण्ड केदारखण्ड एवम् सम्पूर्ण हिन्दूकुश क्षेत्र) का हिम थोपा थोपा भएर पग्लिदैँ निस्केका धेरै हिमका जलधाराहरू एवम् कैलाश हिमाल उद्गम रहेका सिन्ध नदीबाट पश्चिम तिर बगदै बगदै र ब्रह्मपुत्र नदीबाट पूर्व तिर बग्दै बग्दै अनेकन जलधारा समेट्दै दक्षिण समुन्द्रमा मिसीन पुग्दछन् । यी सम्पूर्ण सम्पूर्ण हिमक्षेत्र (हिन्दूकुश क्षेत्र एवम् हालका ताजकिस्थान, अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, भुटान, म्यानमार लगायत चिनको तिब्बत सम्म फैलिएर रहेको हिमालय क्षेत्र) का हिऊँहरू पग्लिएर थोपा थोपा झर्दै बगदै मिल्दै गएर हिमनदी नदी हुँदै समुन्द्रमा आउने भएकाले समुन्द्रको नाम पनि हिम थोपा थोपा भई पग्लिएर आएका हिमनदीहरूका जलले निर्मित महासागर यानि ‘हिन्दमहासागर’ (हिन्दू + महासागर = हिन्दमहासागर) रहन गएको हो । यसरी धरतीका दुई ध्रुव अन्टार्कटिका र आर्कटिक पछिको तेस्रो ध्रुव मानिने हिमग्लेसियरहरू र हिन्दमहासागरका बिचको स्थानको नाम हिन्दूक्षेत्र रहन गएको हो । यहाँको विशाल हिन्दू क्षेत्र भित्रका सबै सनातन रीती थिती संस्कारहरू परम्पराहरू पद्धतिहरूका ज्ञानले आलोकित अद्वितीय बृहत् सभ्यताहरूको पनि महायोग यो महासभ्यतालाई विश्वका मानवहरूले हिन्दू भनेर पुकार्दछन् जान्दछन् । यो सम्पूर्ण क्षेत्रको नाम प्राचिन समय देखिकै संस्कृत भाषाको शब्द ‘हिन्दू’ नै हो । यहाँका सनातन वैदिक ज्ञानले आलोकित सम्पूर्ण धर्म पद्धतिका सभ्यताहरू हिन्दू हुन् ।
कालान्तरमा बाहिरबाट हिन्दूक्षेत्रमा आएका वा धर्म बदलेर बनेका मुसलमानहरूलाई पनि हजगर्न मक्का पुग्दा गणना हुँदा हिन्दू नै भनेको थाहाहुन्छ । अतः हामी सबै उत्तरमा हिमालयका ग्लेसियर देखि दक्षिणमा हिन्दमहासागर सम्मका हामीसबै जसको पतृभूमि, मातृभूमि, पुण्यभूमि यहि हिन्दक्षेत्र हो भने हामी हिन्दू हौँ, हिन्दूले मान्ने वेद उपनिषद् को ज्ञान, देव ऋषि महर्षिको ज्ञान समस्त अखिल ब्रह्माण्डको ज्ञान हो ।
हिन्दू शब्दको प्रयोग कहाँ – कहाँ भएको छ ? भनेर श्रीमज्जगद्गुरु पुरीशङ्कराचार्यजी महाराज ले पनि, ”मेदिनी तन्त्रमा , कालिका पुराणमा , बृहस्पति आगममा , ऋग्वेदादिमा हिन्दू शब्दको प्रयोग छ । हिन्दू कुनै नयाँ शब्द होइन ।” भनेर भन्नु भएको छ ।
हिन्दू शब्द हिमालय जस्तै प्राचिन संस्कृत शब्द नै हो । नियत बस हिन्दू शब्दको प्राचिनता खल्बल्याउन खोजेको देखिन्छ । हजारौँ वर्ष पुराना ऐतिहासिक धार्मिक ग्रन्थहरूमा हिन्दू शब्द उल्लेख भएका देखिन्छन्, तर कतिले नेहरूको ‘डिस्कभरी अफ इण्डिया’ बुकका अनुसार १७औँ शताब्दीमा मात्र हिन्दू शब्द बनेको भनेर प्रपोगण्डा फौलाउँछन् । नेहरूहरू (मुस्लिम अङ्ग्रेज) को नियत के थियो भन्नेकुरा योगि नरहरि नाथले धेरै कुरा सङ्केत गरीसक्नु भएको छ । समयले धेरै कुरा प्रष्ट्याई पनि रहेको छ । अँझै घामलागे झैँ छर्लङ्ग त इण्डियाको अन्तिम भ्वाइसरायको डायरी वा यस्तै जस्ता केहि तेसबखतका लिखित दस्तावेज खुल्नासाथ कति धार्मिक, राजनैतिक र सामाजिक देवत्वकरण गराइ हुर्काइएका महात्मा, महामानव, देवतै बन्नखोजेका पात्रहरूको अशली चरित्र खुल्न गै आस्थाको शिखरबाट तिनीहरूलाई धुलोमै पछारिनु पर्ने हो ! सायदै यिनका भक्तहरूले तिनी बनावटी ध्रुत पात्रहरूका यस्तो द्रूदिन छिट्टै आउनेछ भनि, धेरैले कल्पना सम्म गरेका छैनन् होलान् … ।
हेर्नुहोस्, प्राचिन ग्रन्थ एवम् संस्कृत वाङ्मय जहाँ हिन्दू शब्दको उल्लेख छ !
‘बृहस्पति आगम’ ग्रन्थमा रहेको श्लोक
हिमालय समारंभ्य यवाद इंदु सरोवं।
तं देव निर्मितं देशं, हिंदुस्थानम प्रचक्षते।।
(अर्थात् हिमालयबाट आरम्भ भएर हिमपग्लेका थोपाहरू (इन्दू) पुग्ने महासागरसम्म देवताद्वारा निर्मत यो क्षेत्रलाई हिन्दूक्षेत्र भनिन्छ।)
दोश्रो शताब्दीमा रचित ‘शब्द कल्पद्रुम’ को यो श्लोक
हीनं दुष्यति इति हिंदूजाती विशेष:।।
(अर्थात, संकृण दोषहरू त्याग गर्नेलाई हिन्दू भनिन्छ।)
‘अदभुत कोष’ को एउटा श्लोक
हिंदू: हिन्दुश्च प्रसिद्धौ दुशतानाम च विघर्षने ।।
(अर्थात, हिन्दूको हिन्दूत्व दुष्टको नाश गर्नमा प्रसिध्दि छ।)
‘वृद्ध स्मृती’ (सहावे शतक) मा रहेको श्लोक
हिंसया दूयते यश्च सदाचरण तत्पर: वेद् हिंदु मुख शब्द भाक् ।।
(अर्थात, जो हिंसामा खेद प्रकट गर्दै सदाचारको मार्गमा हिड्न तत्पर हुन्छ । जस्को मुखमा वेद वाणी (सत्य वाणी) हुन्छ, त्यो हिन्दू हो।)
‘मेरुतंत्र’ नामक प्राचीनतम ग्रन्थमा रहेको श्लोक
हीणानि गुणानि दूषयति इति हिंदू ।।
(अर्थात, जसले दूषित हीनहरूका दुर्गुणहरू नष्ट गर्छ, त्यो हिन्दू हो।)
यी माथिका प्राचिन संस्कृतका प्रमानहरू हुन् !
यस्तै इस्लामका पैगेम्बर मोहम्मद जन्मनुभन्दा अगाडि नै धेरै वर्ष पहिले, ‘लबी-बिन-ए- अख़्तब-बिन-ए-तुरफ़ा’ नामका एक अरबी कविले हिन्दूक्षेत्रको बारेमा आफ्नो कवितामा लेखेकाछन् ।
‘अया मुबार्केल अरज यू शैये नोहा मिलन हिन्दे। व अरादाक्ल्लाह मन्योंज्जेल जिकर्तुं ।’
(अर्थात, हे हिन्दको पवित्र भूमी तिमी धन्य छौ, ​​किनकि भगवानले तिमीलाई आफ्नो ज्ञानका लागि छान्नु भएको छ।)
यस्तै गरी मुस्लिमहरूका अनुसार पनि यस क्षेत्रलाई हिन्दू क्षेत्र नै मानेका छन् । उनिहरूका ऐतिहासिक दस्तावेजका उल्लेख अनुसार जैन बौद्ध लाएत सम्पूर्ण ॐ विजमन्त्र जप्ने सबै सनातनीहरूलाई हिन्दू नै भनेको पाइन्छ । जस्तो आक्रन्ता तैमूर लंग (८ अप्रैल १३३६ –२८ फरवरी १४०५) जसले तैमूरी राजवंशको स्थापना गरेको थियो, उस्ले सन् १३८० र १३८७ को बिचमा खुरासान, सीस्तान, अफगानिस्तान, फारस, अजरबैजान, कुर्दीस्तान सम्म आक्रमण गरेर आफ्नो अधीनिस्थ गरेको थियो । यसक्षेत्र माथि आक्रमण गर्ने योजना बनायर आफ्नो आत्माकथा “अजायब उल मुकर्दनी बलायच तैमूर” लेखेको छ । यस क्षेत्र माथि आक्रमणको उस्ले कारण र उद्देश्य खुलाउँदै भनेको छ, ‘पैगम्बर माथि विश्वास नगर्ने काफिरहरु सँग युद्ध गर र तिनीहरु माथि कठोरता पुर्वक आक्रमण गर । … काफिर मुर्तिपुजक हरुमाथी यो मेरो जिहाद हो । ताकी इस्लाम सेनाले हिन्दूको धन सम्पत्ति देखि तिनीहरुलाई गुलाम बनाउन र महिलाहरुलाई लुटेर लैजान सकोस् !’ भनेर उल्लेख गरेको छ । यसमा यो क्षेत्रका सबैलाई हिन्दू भनेको छ । हिन्दू, बौद्ध, जैन भनेर छुट्टाएको छैन सिर्फ मूर्तिपूजक हिन्दू मात्र भनेको छ, यो कुराले मुस्लिमहरूको दृष्टिकोणमा सनातन सभ्यताको सबै मुर्तिपुजकहरू हिन्दू नै हुन् । यस्तै गरी बाहिरका अरू र यहाँका सबैका लागि पनि यो क्षेत्र सनातनी सभ्यताको हिन्दू क्षेत्र नै हो ।
सन् १७०० मा मात्रै हिन्दू शब्द बनेको हो, भन्नेहरूलाई त यहि अरबी कविले, पैगम्वर को जन्म हुनुभन्दा पहिले नै लेखेको कवितामै भएको ‘हिन्द’ शब्द र तैमूर लंग को आत्मकथा पनि प्रमाणका रूपमा झापट नै हो ।
अत: हिन्दू शब्द हाम्रै संस्कृतको शब्द हो, जुन हजारौँ हजार वर्ष पुरानो हो, तर केही प्रचक्रीहरू जो पृथ्वी नै छहजार बर्षपहिले बनाएको मान्नेहरूका फण्डको इसारामा चल्नेहरूले अँझै पनि हिन्दू शब्द संस्कृत हैन भनेर हिन्दूको इतिहास धमिल्याउन खोज्दछन् । यात तिनीहरू हिन्दूहरूका धार्मिक ऐतिहासिक ग्रन्थहरूको स्वअध्ययन नगरेकाहरू हुन् या ति इण्डियामा शक, कुषाण, मुगल, अंग्रेज, फ्रेन्च, पोर्चुगिज, डच जस्ता विदेशी लुटेरा आक्रमणकारीहरू द्वारा हजारौँ वर्षसम्म दुर्भाग्यपूर्ण दमनको चक्रव्युहमा फसेका तेही विदेशी दासताकै कुहिरोको अन्धकारमा रूमल्लियकाहरूको कोकोहोलो सिबाय केहि पनि हैन । सबैलाई ज्ञात रहोस, हिन्दू शब्द प्राचिन संस्कृत शब्द नै हो !
‘मन्दिरभञ्जक’ १७ पटक हिन्दू राज्यका मन्दिरहरू विध्वंस गर्दै धन देखि नारी सम्म लुट्ने लुटेरा गजनविले ल्यायको अनुचर ‘अबुरेहान मुहम्मद अहमद अलबरुनी’ ले सन १०१७-०३० तिर अरबी भाषामा लेखेको हिन्दूक्षेत्रको यात्रा वर्णन ‘तहकीक ए हिन्द’ बुकमा भएको ‘हिन्द’ शब्द बाट नै हिन्दू आयो भन्नेहरू हिन्दू का ग्रन्थहरू अध्ययन गर्दै नगरेका उतैका प्रचक्रीहरू हुन् । यहाँका हुन भने यीनका दिमागमा प्रचक्रीहरू द्वारा ‘इलिक्ट्रो एसि फोलोग्राफी’ द्वारा कैँजा लगाईएका दिमागी दासनै हुन् नत्र हिन्दू शब्द संस्कृत शब्द हैन भन्ने नै थियनन् !
यतिमात्र हैन सनातनीहरूको यो क्षेत्रकै बदनामगर्न विभिन्न बहानामा छिरेर यहाँको समाज फूटाउने-भिडाउने र हत्या हिंसा जस्ता अनेकन अपराधमा मुच्छदै असभ्यको ट्याग लगाउन उद्दत प्रचक्री, प्रचक्री फण्डको इसारामा चल्ने राजनीतिकर्मी, सञ्चारकर्मी, अधिकारकर्मी, एनजिओ आईएनजिओ कर्मी अनि यिनहरूका पनि इसारामा चल्नेहरूको कार्य र धेय हेर्दा सबै छर्लङ्गै हुन्छ यिनीहरूको बदनियत के छ भनेर…। राष्ट्रियआधार शक्ति एकता रीति थिति अर्थ धर्म भाषा संस्कारलाई कमजोर पारी सामाजिक सतभाव धमिल्याउन यिनीहरू अपराधी झैँ आफ्नो छद्म मिसन पूरागर्न जेपनि गर्न पछि पर्दैनन्…।
संसारै भरी फैलिएको हिन्दू भन्नु पर्नेमा वेविलोन बाट हिन्दूहरू आए भन्नेहरू हिन्दूको सनातन हिमावत खण्डकै प्राचिन धार्मिक इतिहास खल्वल्याउन चाहनेहरू हुन् । तेस्तै सिन्धू नदी किनारको सिन्धू सभ्यता (Indus Valley Civilisation, शिवलाई मान्ने हिन्दू संस्कार नै हो ) बाटै हिन्दू नामाकरण भएको हो भन्ने अनि शून्य को खोज आर्य भट्टले गरेकाहुन भन्नेहरू एवम् बैज्ञानिक ग्यालिलियो ग्यालिली (Galileo Galilei) ले पृथ्वी गोलो छ भनि पहिलोपटक पत्तलगाए, न्युटनले पहिलो पटक गुरूत्व आकर्षणका बरे पत्तालगाए भन्नेहरू सबै हिन्दूहरूको वृहतक्षेत्र र प्राचिन सनातन इतिहास संकृण पारी खुम्च्याउन खोज्नेहरू हुन् । यस्तो सनातन धर्मलाई आघात गर्न खोज्नेहरूले हिन्दूहरूको देवादिदेव महादेव शिवको बासस्थान यहीँ हिमालएको कैलाश प्रवत, गौरीशङ्कर लगाएतको हिमालय क्षेत्रहो भन्ने थाहा नपाएको हो कि ?! ऋषि वेदव्याष ले यहीँ नेपालमै वेदलाई चारभागमा भाष्य गरेको थाहा नपाएर हो कि?! प्रथम तीर्थ बराहाक्षेत्र धाम नेपालमै रहेको थाहा नपाएर हो कि?! मुक्तिनाथ पशुपतिनाथ जनकपुर, प्रथम बुद्धको स्वयम्भु देखी गौतम बुद्धको लुम्विनी धाम सम्म को ज्ञान नभएर पो हो कि?! मक्षेन्द्रनाथ गोरखनाथ रतननाथ चन्दननाथ सम्म थाहा नपाएर हो की? राजमहर्षि जनक, अष्टवक्र, नचिनेर पो हो कि?! मैतृ, गर्गि, सिता, कात्यायनी यी वैदिक कालका नेपाली विदुषीहरू नचिनेर हो कि ?! ऋषि पणनि द्वारा संस्कृतको प्रथम व्याकरणकार यहीँ लेख्ने देखि पतञ्जलीले पाणनि खोज्दै यहीँ योग प्रनायाम सुरूगरेको थाहा नपाएर हो कि?! प्रथम बुद्धको स्वयम्भू लगाएत अनेकन बुद्धहरू चौरासी सिद्धका प्रमुख शिद्धहरू नेपालमा भएको थाहा नभएर होकी यात नियतवस नै संस्कृत विश्वविद्यालय का पुस्तकालएहरूमा आताताई मुस्लिम खिलजिले जसरी नालन्दा विश्वविद्यालयमा आगजनी गरेको थियो तेसरी नै आगजनी गर्ने, हिन्दू पण्डित, बौद्ध लामाहरूको हत्या गर्ने लगाएतका प्रचक्री मिशनका फण्डितहरू द्वारा सञ्चालित निकृष्टहरूको कोकोहोलो हो । यिनीहरूको एउटै उद्देश्य सनात धर्म खल्वल्याउने, धमिल्याउने नै हो ! यो कुरा सबैलाई ज्ञातरहोस् ! यसमा कसैलाई दुविधा नरहोस् ! यस्तो कुरा गर्ने र भन्नेहरू जानेर वा नजानेर प्रचक्री मिशन कै सहयोगी हुन् ।
कतिले त शून्य को खोज आर्य भट्टले गरेकाहुन भन्दछन् । अँझ बैज्ञानिक ग्यालिलियोले पृथ्वी गोलो छ भनि पहिलो पटक पत्तलगाए भन्नेहरू एउटै उद्देश्य राखेकाहरू हुन् । ग्यालिलियो ले पृथ्वी चेप्टो हैन गोलो रहेछ भन्दा, जिससको पृथ्वी चेप्टो छ, भन्ने भनाई (हिन्दूहरूले झै) गोलो भन्दै खण्डन गर्यो भनि ग्यालिलियोलाई धेरै वर्षसम्म जेलको छीडीमा कोचेको थाहा नपएकाहरू वा थाहा पाएर पनि सनातन हिन्दू को इतिहास धमिल्याउन नै हो । नत्र यहाँ हामीहरूले खगोल शास्त्रमा मात्र हैन साधारण ग्रामीण वोलचालमै पृथ्वीलाई ‘जगत’, ‘भूगोल’ पनि भन्दछौँ [जगत् यानि ज+गत् (ज = उत्पत्ति, गत् = गतिशिल) उत्पत्ति देखिन् लगातार गतिवान्, भुगोल यानि भु + गोल (पृथ्वी गोलोछ)]। यी कुराहरू हेर्दा सनातधर्म एवम् यहाँका प्रतेक साधारण जनलाई पनि पृथ्वी गोलो र गतिशील रहेको ज्ञान रहेको देखिन्छ ।
एस्तै गरी न्युटनले पहिलो पटक गुरूत्व आकर्षणका बरे पत्तालगाए भन्नेहरू ले गुरूत्व आकर्षणका बरेमा कनाद ऋषिले हजारौं वर्ष पहिले वैशेषिक दर्शनमा गुरुत्वाकर्षणको बरेमा न्युटन भन्दा धेरै पहिलेनै भनिसकेका थिए ।
“संयोगाभावेगुरुत्वातपतनम् ।” (वैशेषिक दर्शन ५-१-७)
अर्थात् कोही पनि वस्तु कहीँ न कहीँ जोडिएसम्म तल खस्दैन, जस्तै आँप वा स्याउको हाँगा सँगको संयोग, जबसम्म संयोग रहन्छ, पृथ्वीमा जतिसुकै आकर्षण किन नहोस् वस्तुलाई आफूतर्फ तान्न सक्दैन, संयोगले हट्दछ गुरुत्वाकर्षणको कारण वस्तु आफैपृथ्वीमा खस्छ ।
“संस्काराभावेगुरुत्वातपतनम् ।”(वैशेषिक दर्शन ५-१-१८)
अगाडि बढ्दै कनाद ऋषि भन्नुहुन्छ कि कुनै वस्तुमा संस्कार भए पनि पृथ्वीले त्यसलाई आफ्नो तर्फ तान्न सक्दैन, संस्कारको कमीभएमा मात्र गुरुत्वाकर्षणका कारण वस्तु पृथ्वीमा खस्छ ।
संस्कार कणाद ऋषिले तीन प्रकार बताउनुभयो, १-वेग, २-भवन, ३-सांख्यिकीय, तसर्थ यी तीनमध्ये जुन वस्तुमा वेग छ, त्यसरी नैधनुषबाट वेग उत्पन्न गर्ने बाण जस्तै संस्कारमा छ। चाल, गति अनुष्ठान समाप्त हुने बित्तिकै, यो धेरै टाढा जान्छ र यसको गुरुत्वाकर्षणको कारण भुइँमा खस्छ।
पृथ्वीभरी हाम्रा वैदिक ऋषिहरूले पहिलै प्रतिपादित सिद्धान्तहरू छन् । तर पनि आफ्नै सनातन ग्रन्थहरूका अज्ञानले हामी अरूको नाममा पढ्न बाध्य छौं । सनातन वैदिक धर्म ग्रन्थहरूको स्वअध्ययन गरौँ ।अत: यस्ता हिन्दूहरूको ज्ञानलाई खुम्च्याउन हिन्दूक्षेत्रमाआई शासन भोग गरेका अङ्ग्रेज मुस्लिमहरू लगाएतकै मिसनका मान्छेहरूले इतिहास बङ्ग्याउन यस्ता प्रपोगण्डा फैलाउँदै आएको सजिलै बुझ्न सक्दछौँ । हामीहरू यस्ताहरूको कुरामा लागेर आफ्नो संमृद्ध सनातन इतिहास मा सङ्का गर्ने एवम् खल्वल्याउनु कदापि हुँदैन ।
हिन्दू शब्द धेरै नैअगाडी कै संस्कृत शब्द हिम+इन्दू बाट बनेको वृहत् क्षेत्र हिमालय देखी हिन्दमहासागर समुन्द्र सम्मको अर्थ दिने शब्दहो । तर प्रचक्रीहरूले गलत नियतिले सानो क्षेत्र र प्रचिन ऐतिहासिकता देखि हिन्दूहरूलाई रूमल्याउन यसरी अर्थ अर्थ्याएका हुन् । जसरी वेदकै वैदिक गणितमा, शून्य नभएरै वैदिक गणित कसरी भयो त ? त्रेतायुगको रामायणमा रावणलाई दशानन् भनिएको छ ।शून्य विना दश वटा टाउकाकै गणना कसरी भयो ? शून्य नजानेर हनुमान चालिसामा पृथ्वी देखि सूर्यको दुरी कसरी उल्लेख भयो ? द्वापर युगमै श्रीमद्भावतगितामा सय भाइ कौरवहरू संख्या कसरी गनियो ? महाभारतकै युद्धमा अक्ष्यहोनी का अक्ष्यहोनी सेनाको संख्या शून्य विना कसरी गणना भयो ? भगवान् बुद्धको शून्यवाद शून्य विना कसरी आयो ? ज्वतिष शास्त्रमा शून्य विना काल गणनाकसरी सम्भव भयो ? यी अनगिन्ती प्राचिन प्रमानहरू हुँदा हुँदै यीनलाई पन्छाएर सबै भन्दा पहिले आर्यभट्टले शून्य पत्ता लगाय भन्नु रसिन्धु बाट हिन्दू भएको भन्नु कहाँ सम्मको झूट हो सबैलाई छर्लङ्गै छ ।
अनगिन्ती धार्मिक ऐतिहासिक प्रमाणहरू हुँदाहुँदै के कारणले यसरी मात्र १९४४ वर्ष पहिले जन्मेका ज्योतिष शास्त्र र गणितका विद्बान जसले दशमलवमा लेखनीको थालनी गरेका थिए उनै आर्यभट्टले नै शून्य पत्तालगाए भनि जवर्जस्ती प्रपोगण्डा फैलाईयो होला ?! किनभन्दा यो भन्दा अगाडी पत्तालागेको हो । भन्दा कि बुद्धको शून्यवादमा छ भन्नु पर्यो…, कि श्रीमद्भावतगितामा छ भन्नु पर्यो…, किरामायणमा छ भन्नु पर्यो…, कि त वेद मै रहेछ भनेर मान्नु पर्यो । यसरी मान्दा सनातनी धर्मलाई नै श्रेय जानेभयो भन्ने ठानि गलत नियतले गणितज्ञ आर्यभट्टले शून्य पत्तलगाय भनेर गलत तरीकाले प्रपोगण्डा फैलाईएको छ । यस्तै गरी हिन्दूको वृहत् अर्थ पनि धमिल्याउन सिन्ध बाट हिन्दू भएको भनि दुश्प्रचार गरीएको देखिन्छ ।
हिन्दू संस्कृत शब्द नै हैन भन्दिने, गोत्र वंशावली भ्रमहो भन्ने, अँझै पनि आर्यभट्टले शून्य पत्तालगाए वा हिन्दू शब्द सिन्धु सभ्यताको सिन्धुबाट आयो, ग्यालिलियो ले पृथ्वी गोलो भन्ने पहिलो पटक पत्तालगाए भनिलेख्ने निकृष्ट मिडिया हाउस, सञ्चारकर्मी हरू जो बाट निर्देशित छन् तिनीहरूका रीलिजनमा कसैले ६ हजार बर्ष पहिले पृथ्वीको रचना गरे भन्ने, कसैले ५० हजार बर्षपहिले पृथ्वीको रचना भयो भन्नेहरू हुन् । यीनका फण्डले चल्ने फण्डित प्रचक्रिहरू ले सनातन हिन्दू संस्कारमा रहेको प्राचिनतम ऋषिपरम्परा देखिको वैज्ञानिक गोत्र एवम् वंशावली देखेर यीनीहरूका हिसाब ले पृथ्वी नबन्दै कहाँ बाट यीनका वंशावली सुरूभए भनेर भम्मभ्रमित भै चक्राएर मगजले नै काम नगरे पछी अत्तालिएर यस्तो बकबकगर्ने र सनातनीहरूमा कसरी फुटहाल्ने र भ्रम फैलाउने भनि आफै मतिभ्रमित रहेकाहरूका प्रपोगण्डाहरूमा कोही पनि नपरौँ ! हिमावतखण्ड महात्म्य, गण्डकी महात्म्य, पशुपति पुराणजस्ता आफ्नै नेपालकै ग्रन्थहरू अध्ययन गरौँ । धर्ममा आस्था नराख्ने नास्तिकहरूले पनि बुटवलमा लगभग १.५ करोड बर्षपहिलेकोमानव अवशेष, दाङ्गको तुहिखोलाको ढुङ्गे युगको मानव वस्तिका अवशेषहरू बारे बुझौँ, नेपालकै सुक्लाही उदयपुरको २ करोडवर्ष अगाीको जिवास्म फोशिल हेरौँ र हालको आधुनिक विज्ञानले पृथ्वीको उत्पत्ति कहिले भएको भन्दछ वुझौ । तेसपछी सनातन वैदिक हिन्दू धर्मको प्राचीन ज्ञान प्राचीन भएर पनि कति वैज्ञानिक रहेछ भनि स्ववोध होला ।
हिन्दू सनातन धर्मको स्थापना कहिले ?
आदिअनादि देखि सुरू भएको सनातन हिन्दू धर्म कहिले देखि सुरूवात भयो भनि बुझ्नलाई अध्ययन मनन् गर्दा यो अन्य रिलिजनहरूजस्तो कुनै एकजनाले स्थापना गरेको रिलिजन मात्र नभै आदिअनादि कालदेखि कैयन् देवि-देवताहरू, कैयन ऋषि-मुनिहरू, कैयननाथ, सिद्ध-वुद्धहरू, तिर्थङ्कर, गुरूहरूको ज्ञान र संस्कारको प्रवाहमा निख्रियर कालक्रमैले समृध्द भएको सनातनी हिन्दू धर्म संमृद्धसंस्कार हो । यो अति प्राचिन र वृहत् धर्म हो । यसको प्राचिनता को उनुमान लगाउन सनातन हिन्दूका ऋषि महर्षिले हिन्दू संस्कारमा प्राकृतिक काल चक्र अनुसार समय मापन एवम् ग्रह नक्षत्रको अवस्थिति स्थिति को अध्ययन मापनका लागि ज्योतिष शास्त्रमा सबैभन्दा पहिले अङ्क गणनाको विकास गरेकाछन् जसमा पछि समय मापनको शुक्ष्मतम् र वृहत्तर गणनाको वैज्ञानिक मापन एकाइको व्यवस्था गरिएको छ । यो स्थापित गणना प्रणाली विश्वको सबैभन्दा वृहद र वैज्ञानिक समय गणना तन्त्र हो । जुन यसप्रकार छ ।
१ काष्ठा = सेकेन्ड को ३४००० भाग
१ त्रुटि = सेकेन्ड को ३०० भाग
२ त्रुटि = १ लव
१ लव = १ क्षण
३० क्षण = १ विपल
६० विपल = १ पल
६० पल = १ घड़ी (२४ मिनट)
२.५ घड़ी = १ होरा (घन्टा)
३ होरा = १ प्रहर
८ प्रहर = १ दिवस (दिन)
२४ होरा = १ दिवस (दिन या वार)
७ दिवस = १ हप्ता
४ हप्ता = १ महिना
२ महिनाको = १ ऋतू
६ ऋतू = १ वर्ष ,
१०० वर्ष = १ शताब्दी
१० शताब्दी = १ सहस्राब्दी
४३२ सहस्राब्दी = १ युग
२ युग = १ द्वापर युग
३ युग = १ त्रेता युग
४ युग = १ सतयुग
१ सतयुग + १ त्रेतायुग + १ द्वापरयुग + १ कलियुग = १ महायुग
७२ महायुग = मनवन्तर ,
१००० महायुग = १ कल्प
१ नित्य प्रलय = १ महायुग (धरतीमा जीवनको अन्त र पुनः आरम्भ)
१ नैमितिका प्रलय = १ कल्प ।(देवता को अन्त र पुनः जन्म )
महालय = ७३० कल्प ।(ब्राह्मा को अन्त र पुनः जन्म)
यो समय मापन प्रणाली हेर्दा सनातन धर्मको सुरूवात महाप्रलय र महालय भन्दा पनि वृहत्तरा वृहत्तर देखिन्छ यसबाट पनि यो सनातन धर्मको प्राचिनता को अनुमान गर्न सक्दछौँ । श्रीमद्भगवद गीतामा “सहस्र-युग अहर-यदा ब्राह्मणो विदुह” भनिएको छ जस अनुसारब्रह्माको एक दिवस = १००० महायुग (१कल्प) हुन्छ भनेको हो । यस अनुसार ब्रह्माको एक दिवसमा ४ खरव ३२ अरब मानव वर्ष (एककल्प) हुन्छन् । त्यतिनै समय ब्रह्मा जीको रात पनि हुनेहुँदा । ब्रह्माजी को पूर्णएक दिन (रात + दिन) = ८,६४,००,००,००० मानव वर्ष(२ कल्प) हुन्छन् । ब्रह्माको १०० बर्ष = विष्णुको एक निमेष, विष्णुको १०० बर्ष = रूद्रको १ दिन यानि ३१ निल १० खरब ४० अरब बर्ष । रूद्रको १ दिननै यति धेरै समय हुन्छ भने सनातन धर्म संस्कार कति प्राचिन होला हामी आफै अनुमान लगाउन सक्दछौँ । यानि त्रिकाल पारीको लय र प्रलयमा पनि सदा अवस्थित रहने सत्य नै सनातन धर्मको आधार हो ।
हिन्दू सनातन धर्म को मूलआधार के हुन् ?
त्रिकाल पारीको लय र प्रलयमा पनि सदा अवस्थित रहने सत्यलाई व्यक्त गर्ने सनातन हिन्दू धर्म संस्कारका मूलआधार ग्रन्थहरू ४ वेद, उपवेद, ११८० उपनिषद्, १८ पुराण आदि ग्रन्थहरू हुन् ग्रन्थहरूका आधार ऋषि महर्षिहरूहुन् र ऋषि महर्षिहरूआधार ब्रह्मा, विष्णु र महेश्वरहुन् । हिन्दू धर्मका संवाहक संरक्षक मठ पिठ आखडाहरूका नाथहरू शङ्कराचार्यहरू सन्यासीहरू हुन् । सम्पूर्ण हिमावत खण्ड शैवभूमी हो । शिवकै ज्ञान ध्यान र परम्पराले संस्कारीत छन् । शैव भूमि कैलाश गौरीशङ्कर हिमालय पर्वत लगाएत सम्पूर्ण हिमावत खण्डमा अनन्तकाल देखि “आत्म खलु विश्वमूलम” भनेर विश्वलाई आत्माको मूलठान्ने, र “वेदोSखिलो धर्ममूलम” भनेर वेदलाई हाम्रो विश्व मानव धर्मको मूल मान्ने वैदिक सनातन धर्मालम्वि हामीहरू आफ्नो परापूर्वज देखिकै ‘वसुधैव कुटुम्बकम् (World is neighborhood )’ विश्र्वभरी भएकाहरूलाई आफन्ति मान्ने हिन्दू धर्म संस्कार हो । तेत्तीस कोटी देवी देवता सिद्ध बुद्ध ऋषि महर्सि नाथ तिर्थङ्कर र गुरूहरू द्वारा संस्कारीत र जीवनका मूलआधारहरू एवम् उद्देश्य धर्म, अर्थ, काम र मोक्षका विषयमा विशाल वृहत् ज्ञानका सागरले सिञ्चित र संस्कारीत भएको धर्म संस्कार हिन्दु धर्म हो । यस्ता हिन्दुत्वका भावलाई भूलि भौतिकवादमा लाग्नखोज्ने आफ्ने धर्म संस्कारबाट भट्कीएर कहाँ, ‘World is market (विश्र्व एउटाबजारहो)’ भन्ने वैश्यगुण प्रवलरहेका संसारलाई भोगर्नेकुरा ठान्नेहरू र अन्यसंस्कारलाई नसहनेहरूको प्रभावमा क्षणिक धन र भौतिक मोहमा परी पछीलाग्नु मुनासिब होइन । कसैले पनि सम्पूर्णको हित चाहने सनातन हिन्दुत्व नछाडुन् नत्र तिनीहरूका भावि सन्ततिले जव महान स्वधर्मको महत्व बुझ्नेछन् आफ्ना अग्रज तुक्ष्य क्षणिक धन र भौतिक मोहमा परी आदि-अनादिकाल देखि आफ्ना पूर्खाहरूले ध्यानवोध गरेर आस्था राखी अपनाई सम्हालेको र मानेको धर्म छाडेछन् कस्ता रिलिजनका पछिलागेका रहेछन्, आफ्नै पूर्वज र कूलकै घाति बनेछन् भन्ने अफ्ना अग्रजको दोषले सन्ततिलाई कति पिर्ला र अशान्त पार्ला उफ् ! कति पिडादेला !
कसैलाई पनि दुविधा नरहोस यो हिन्दक्षेत्रमा रहेका कुनै पनि धर्म संस्कारहरू होउन् जस्तो हिन्दू-बौद्ध, शैव, शाक्त, पाशपत, रसईश्र्वर, वोन, किँरात, प्रकृति पूजक, मष्टो पूजक, वैष्णव, द्वयत्, अद्वयत्, वज्रयान, महायान, हिनयान, थोरवाद, जैन, दिगम्वर, स्वयतम्वर, शिख आदि यावत् धारहरू सबै सनातन हिन्दु वृक्षकै शाखा प्रशाखा हुन् मूल रूढ एऊटै हो । संकृण लघुदृष्टि लिएर आफू बसेको डालीनै सम्पूर्ण वृक्षहो भनिठान्ने तेसैले आफूलाई भिन्न ठान्ने भुल कुनै संप्रदाय (शाखा) बाट नहवस् । खासमा हिमावत खण्डको भूमीमा अङ्कुरित भएर खडा रहेको सनातन् धर्मरूपि कल्पवृक्ष सत्यस्वरूप शैवरूपि विजबाट प्रस्फुटनभै अङ्कुरित भएको हो । वेद, उपनिषद्, पुराणआदि ग्रन्थहरू र सनातन संस्कार धर्मरूपि कल्पवृक्षको फेद वा काण्ड हो । शैव, वैष्णव, बौद्ध, वज्रयान, महायान, हिनयान, थोरवाद, वोन, किँरात, प्रकृति पूजक, मष्टो पूजक, जैन, दिगम्वर, श्वयताम्वर, शिख आदि यावत् धारहरू सबै यसै धर्मकल्पवृक्षका शाखा प्रशाखे प्रशाखः हुन् । व्रम्हा, विष्णु , महेश्वर, भगवती, गणेश लगाएत सम्पूर्ण अवतारहरू, नाथ, सिद्ध, बुद्ध, देविदेवतहरू, ऋषि महिर्षिहरू, तिर्थङ्करहरू, गूरूहरू धर्मरूपि कल्पवृक्षका जराहरूहुन । धर्म संस्कारले संस्कारीत सबै समाज रव्यक्तिहरू धर्मरूपि कल्पवृक्षका पातहरूहुन । ज्ञात अज्ञात यीसबै अवयवको कूल योग सनातन हिन्दूरूपी धर्मकल्पबृक्ष हो । यो कल्पवृक्षको पलना, धर्मको पालना हो, जो सम्पूर्ण जगतको हितमा छ । भोलि बुवाको मुखहेर्ने दिन हो । यो धर्मकल्पवृक्षको सम्पूर्णअवयवहरूको सुरक्षण, संरक्षण र पालना गर्नुनै हाम्रा पिता पुर्खा वा अआफ्ना पूर्वजहरूको संस्कार प्रति हामीहरूले गरेको सम्मान, दायित्व एवम् कर्तव्य हो । बुवाको मुखहेर्ने दिन तथा कुशेऔंसी को सबैलाई शुभकामना !
उदार चित्तराख्ने सनातन हिन्दू धर्म जसले सम्पूर्ण प्राणिहरू प्रति अद्वयष र अनुग्रह रहन मानवलाई प्रेरणा दिन्छ !
अद्रोहः सर्वभूतेषु कर्मणा मनसा गिरा ।
अनुग्रहश्च दानं च सतां धर्म सनातनः ।।
अठार पुराणको सारस्वरुप महर्षि व्यासजीले यो श्लोकमा लेख्नुभएको छ, अरुको भलाइ गर्नु पुण्य हो र अरुलाई दुख दिनु पाप हो ।
अष्टादशपुराणानां सारं व्यासेन कीर्तितम् ।
परोपकार: पुण्याय पापाय परपीडनम् ।।
मन, वचन र कर्म ले सबै प्राणिहरू प्रति अद्वयष, अनुग्रह र दानशील हुनु नै सनातन धर्म हो ।
सनातन हिन्दू धर्म जसले सम्पूर्ण व्रह्मण्डको मंगलमय शान्ति चाहन्छ !
ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:,
पृथ्वी शान्तिराप: शान्तिरोषधय: शान्ति: ।
वनस्पतय: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:,
सर्वँ शान्ति:, शान्तिरेव शान्ति:, सा मा शान्तिरेधि ॥
ॐ शान्ति: शान्ति: शान्ति: ॥
सनातन हिन्दू धर्म जसले सम्पूर्ण जीवको सुख चाहन्छ !
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
सबै खुशी होउन् । सबै स्वस्थ रहुन् ।
सबै किटपतङ्ग देखि कोहि कसैले पनि दु:खभोग्न नपरोस् ।
उदार चित्तराख्ने सनातन हिन्दू धर्म जसले सम्पूर्ण विश्वका मानवलाई एउटै परिवार मान्दछ !
“अयं बंधुरयं नेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुंबकम् ।।
यो मेरो आफन्त हो, उ मेरो आफ्नो हैन, त्यस्ता विचार वा भेदभाव निम्न चेतनाका मानिसहरूले गर्दछन् । उदार चरित्रका व्यक्तिहरूलेसम्पूर्ण संसारलाई परिवारको रूपमा लिन्छन् ।
हामी यस्तो सम्पूर्णको भलोचाहने महान विचार राख्ने सनातनी धर्मका सन्ततिहरू हौँ । यस्तो महान धर्मको संरक्षणले मानवताको सँधैभलोहुन्छ । यस्तो अविनाशी सत्य धर्मको कुभलो चहानेहरूको अवश्यमेव विनाश हुन्छ । यो सनातन रहेको र रहिरहने धर्महो !
धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ।
तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मो हतोऽवधीत् ।।
धर्म नष्ट गर्नेलाई धर्मले नष्ट गर्दछ, धर्म रक्षा गर्नेलाई धर्मले रक्षा गर्दछ । धर्म विनाश हुँदैन न कहिले विनाश भयो ।
हामी यस्तो महान विचार राख्ने हिन्दूहरू सत्य शैव शाक्त सनातनीहरूका सन्तति हौँ । हिमाल देखि हिन्द महासागरसम्मका, जजस्को आफ्नो भाषाको मात्रीभाषा संस्कृत हो वा वेदको ज्ञानमा आस्था राख्नेहरू सबै हिन्दू हुन । यीनैका सन्तति जो जहाँ रहेपनि सबै हिन्दू नैहौँ ! अत: हामीसबै आफ्नै पुर्रवजको ज्ञानबाट वञ्चितरहेर, आफ्नो मूल धर्मबाट धर्मराएमा, हामीहरूलाई हाम्रै सन्ततिहरूले धिक्कार्ने छन् । महान स्वधर्मबाट धर्मराए छन् भनेर चित्त दुखाउने छन् । अतः धरमरभावना कसैले नराखौँ, हामीहरु सबै निराकार ब्रम्हपूजक, शिव पूजक, शाक्त, चौसट्ठी योगिनी देवी पूजक, नाथ पन्थी, सबै ॐकार, वैष्णव, शाक्त, गणपत, सौर्य, मष्टो पूजक, प्रकृति पूजक, वज्रयानी, महायानी, हिनयानी, थोरवदी, जैन, दिगम्वर, श्वयताम्वर, शिख, द्वयत्, अद्वयत्, ओशो, निरङ्कारी, आकारी, साई, ॐशान्ति, जयगुरूदेव, मनोक्रन्ति जस्ता सबैले अ-आफ्नो परिचयमा सगर्व “हिन्दू” भनौ र हिन्दूनै लेखौँ किन कि यी सबै विराट हिन्दू वैदिकसनातन धर्मको कल्पवृक्षका शाखा-प्रशाखे-प्रशाखाः हुन् !
तर सबैलाई ज्ञातरहोस विशाल सनातन हिन्दूधर्म रूपि कल्पवृक्षमा माथि उल्लेखित केही त छद्म परजीवी आश्रित झ्याउहरू पनि छन् ! कति शान्ति साई राधे मूसाई नव क्रान्ति जस्ताहरू एवम् छद्म मठपति रूपि मौसमी लहराहरू पनि सनातन हिन्दूधर्म रूपि कल्पवृक्षमा घातगर्न आरूढ भएकाछन् तर यी बर्खे लहरा झार जस्तै नै हुन् समयका तेजले यीनका मुकुण्डो उत्रियमा मौसम बदलियका बर्खेझार झै आफै हराउने छन् !
सत्य वैदिक सनातन कल्पवृक्ष सदा भविष्यति !
अस्तु ! 🙏🏼
जय सनातन हिन्दू !
जय गोरखकाली !
जय जय जय नेपाल !

प्रतिक्रिया