४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

किन चीन जाँदैछन् प्रधानसेनापति शर्मा


October 21, 2023
0
Shares

काठमाडौं, ४ कात्तिक। प्रधानसेनापति प्रभुराम शर्माको विदेश भ्रमणको मौसम चलिरहेको छ । उनले एक महिनाको बीच भारत र बेलायतको भ्रमण गरिसकेका छन् । ती दुवै भ्रमण सैन्य सम्बन्धका दृष्टिले महत्वपूर्ण रहे ।

शर्मा भारतमा आयोजना भएको १३औं इन्डो प्यासिफिक सेनापति सम्मेलनमा सहभागी भएका थिए । बेलायतमा उनलाई समकक्षीले निम्तो दिएका छन् । दुवै भ्रमण असोजमा नै भयो ।

कात्तिकमा शर्मा चीन भ्रमणमा जानेछन् । बेइजिङमा आयोजना हुने १०औं सियाङसान फोरममा शर्मा सहभागी हुनेछन् । कात्तिक १२ देखि १४ सम्म सम्मेलन हुनेछ । उनी १० देखि १६ कात्तिकसम्म चीनमा हुनेछन् ।

चीनले नेपालसँग सैन्य तहमा र्सम्बन्ध बलियो बनाइरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको फाष्ट ट्रयाकमा चिनियाँ कम्पनीहरुले ठेक्का पाएका छन् ।

चीनबाट सैन्य सामाग्री खरिदको विषय पनि रहेको छ । चीनबाट नेपाली सेनाले खरिद गर्न लागेको सैन्य सवारीमा विवाद भएपछि रोकिएको छ ।

प्रतिक्रिया