७ श्रावण २०८१, सोमबार | July 22, 2024

हिन्दमहासागरीय क्षेत्रमा बढ्दो भारत-चीन तनाव


October 12, 2023
0
Shares

विपिन देवः हिन्दमहासागरीय क्षेत्र आर्थिक र सामरिक हिसाबले अब्वल मानिन्छ । संसारको व्यापारिक जीवन रेखा नै हिन्दमहासागरीय क्षेत्रलाई लिइन्छ । विश्व अर्थतन्त्र ट्रान्स एटलान्टिकबाट (युरोप र अमेरिका) बाट ट्रान्सप्यासिफिकमा स्थानतरित भएको छ । हिन्द महासागरीय क्षेत्रको विकासको प्रारूपको वारेमा लि क्यापन विश्वविद्यालय सिंगापुरका विश्व विख्यात प्रध्यापक किशोर मेहकुवानीले “एसियन मिराकल” नामक एउटा चहकिलो र गहकिलो पुस्तक प्रकासित गरेका छन् । उनले हिन्दमहासागरीय क्षेत्रको केन्द्रविन्दुको रूपमा चीन, आसियान र भारतलाई लिएको छ । यी तीनै क्षेत्र द्रुत गतिले आर्थिक विकासतर्फ उनमुख रहेको छ ।

एक शोध अनुसार सन् २००० ताका यी तीन क्षेत्रहरूमा मध्यम वर्गीय जनसंखया एक सय पचास मिलियन थियो भने सन् २०२० तका १ दशमलव ५ विलियनमा परिणत भएको छ । आर्थिक वृद्धि दरको तीव्रतालाई मापन गर्ने हो भने सन् २०३० ताका मध्यवर्गको संख्या ३ दशमलब ५ विलियन हुनेछ । विशव इतिहासमा यस प्रकारका विकासको तीव्रता कहि पढन् पाइदैन । हिन्दमहासागरीय क्षेत्रमा सांस्कृतीक रूपले भारतको प्रभाव चीन भन्दा अघिक रहेको छ । आसीयन मुलुकहरूमा भारतीय संस्कृतीको प्रभाव यत्र, तत्र र सर्वत्र पाइन्छ । आसीयान समिटको कार्यक्रममा रामायण र महाभारतको कार्यक्रमको आयोजना हुनुबाट नै यसको पुष्टि हुन्छ । संसारका क्षेत्रीय संगठनहरू मध्ये आसीयान सबभन्दा अब्वल देखिएको छ । दक्षिण एसीयामा सार्कको कमजोर प्रभाव हुनु र दक्षिण अमेरिकामा मयाक्सो जस्तो सहयोग संगठनहरूमा प्रभावको कमीले गर्दा संसार यी नै क्षेत्रीय सहयोग संगठनहरू कमजोर देखिएको छ ।

युरोपेली युनियनबाट विट्रेन हट्नु र खाडी सहयोग संगठनमा साउदी अरवेयी र यू.एई.ई.ले कतारको विरोधमा नाकावन्दी गर्नु जस्ता परिघटनाले क्षेत्रीय सहयोग संगठनको कमजोर समन्वय र द्वन्दलाई उद्घारित गर्दछ । तर आसीयान जस्ता सहयोग संगठनले हिन्द महासागरीय क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको देखिनछ । हिन्दमहासागरीय क्षेत्रमा भारत चीनको बढ्दो तनावले आसीसान र हिन्दमहासागरीय क्षेत्रका अन्य मुलुकहरूलाई ध्रुवीकरणको छायामा राखेका छन् । वास्तवमा भारत चीनको बढ्दो तनावले गर्दा आउने सताब्दी एसियाको हुने कि नहुने भन्ने प्रश्न तेस्राएको छ । संसारको सबभन्दा ठुलो वोर्डरको समस्या भारत-चीनको रहेको छ । हुनतः जानकारहरूको विष्लेश्ण अनुसार भारत चीन सीमा विवाद साम्राज्यवाद र उपनेविशवादबाटछ पेवा र अपुताली पाएको भन्ने कटाक्ष पढन पाइन्छ । चीनले मेक मोहन सन्धी अनुसार म्यानमार लगायत विभिन्न छिमेकीसंग सीमा समाधान गरेता पनि भारतसंग उक्त सम्झौताको र्मम अनुसार समाधान गर्न तयार देखिएको छैन । भारत चीनको सीमा विवादलाई विभिन्न कोणबाट व्याखया गरिन्छ । भारत चीन विच आर्थिक खाडल देखिएको छ ।

असीको दशकमा दुईवटै मुलुकहरूको आर्थिक आकार करिव करिव एक नासकै थियो । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धी चीन भ्रमण गर्दा चीनिया नेता देङले चीन भारतको सहकार्यमा जोड दिएका थिए । गान्धी र देङको प्रस्तावना र समझादारी अनरूप कालान्तरमा सन् १९९३ मा भारत चीन समझादरी र सन्धी भएको थियो । तदनुरूप दुईवटै मुलुकहरू वोर्डरको समस्यालाई थाती राख्दै व्यापारीक र सांस्कृतीक सम्बन्धलाई धनीभूत बनाउ‘दै आर्थिक विकासमा लम्कने समझादरी भएको थियो । देङ र गान्धीको समझदारीले गर्दा ३० वर्षसम्म फाट फुट घटना बाहेक भिड्न्त भएन । त्यही समझादारी अनुरूप भारत चीन विचको व्यापार १२० विलियन भन्दा अघिक रहेको छ । तर सन् २००८ देखि नै चीनिया दृष्ट्रिकोणमा अभुतपूर्व परिवर्तन भएको छ ।

युरोप र अमेरीकाको आर्थिक मन्दीको प्रचुर फाइदा लिदै चीनले आर्थिक विकासमा व्यापक फड्को मार्यो असीका दशकमा भारत र चीन विच आर्थिक समरूपता भएता पनि सन् २००९ तिर आर्थिक अवस्थामा व्यापक खाडल निर्माण भयो । अर्थात् सन् २००९ ताका भारतीय अर्थतन्त्रको आकार १ दशमलब १२ ट्रिलियन थियो भने चीनको अर्थतन्त्रको आकार ६ दशमलब ७ ट्रिलियन थियो । सैन्य सार्मथ्यमा पनि असंतुलन देखियो । जसले गर्दा चीनले भारत प्रतिको सामरिक नीतिमा परिर्वतन गर्यो । हुनतः भारत चीनको सामरिक दुष्ट्रिकोण सुरू देखिनै फरक देखिएको छ । भारतले एसियाको नेतृत्व सामुहिक हुनु पर्छ भन्ने नीति लिएको देखिन्छ । नेहरुले माओ र सुर्कानोलाई एसिया र अफ्रिकाको नेतृत्वको लागि आग्रह नै गरेको थियो । तर चीनिया नीति चीनको एकल नेतृत्वलाई अनुमोदीत गरेको देखिन्छ । एसिया प्रति चीनिया दृष्ट्रिकोण र भारतेली दृष्ट्रिकोणमा पृथकता देखिन्छ ।

चीनको बढ्दो दम्भले र आक्रान्त प्रति भारतीय मनोवृती र मनोग्रन्थीमा व्यापक परिर्वतन देखिएको छ । भारतीय विश्वविद्यालयमा चीनिया शोध संस्थानका अध्येताहरूको सन् २०१४ को सर्वेक्षण अनुसार भारतेलीहरू चीनलाई विकासको उपयुक्त मोडेलको रूपमा ग्रहण गर्थे । तर सन् २०१७ को डोकलमको घटना सन् २०२० मा अरुणाचल, लदाक र गलवानमा सैन्य तनावले गर्दा भारतेली मनोग्रन्थीमा नकारात्मक भाष्य निर्माण भएको छ । भारतेलीहरूले चीनसंगको व्यापारिक निर्भताको खोजीमा गृहकार्य सुरू गरिसकेका छन् भने चीनलाई दवावमा खाख्न आसीयानमा सक्रियता बढाएका छन् । भियतनामलाई भारतीय छेप्पास्त्र व्रहमोस दिनु फिलिपिन्स लगायत सिंगापुर जस्ता मुलुकहरूमा सैन्य सवलीकरण गर्नु जस्ता घटना यसका जोलन्त उदाहरणहरू हुन् । अर्का तर्फ, चीन अमेरीका विच सम्बन्ध चिसिएको छ । चीनको बजार युरोपमा खस्किएको छ ।

चीनको २० प्रतिशत व्यापार रियल स्टेटमा रहेको छ । रियल स्टेटको अवस्था चीनमा शिथिलिकरण तर्पm गइरहेको छ । भारत संसारका सबभन्दा अधिक जनसंख्या भएको देश जसमा कि मध्यम वर्गको उदयमा तीव्रता बढेको छ । जसले जीवनमा पहिलो पटक फ्रिज, कार, मोवाइल र वासीङ्ग मेशिन जस्ता उपकरण खरीद गर्न गइरहेको छ । यस्तो जनसंखयामा चीन प्रतिको नाकारात्मक भावनाले गर्दा चीनिया अर्थतन्त्र प्रभावित हुन सक्ने जानकारहरूको बुझाई रहेको छ ।

चीनको भारत प्रतिको सैन्य दवाव चीनिया हितमा नरहेको कुरा विषलेशण गर्न सकिन्छ । चीनको दक्षिण सागरमा दवदवा बढिरहेको अवस्था छ । दक्षिण सागरको मार्गबाट भारतको ३६ प्रतिशत व्यापारिक कारोवार हुने गरेको छ । चीनिया दवावलाई सन्तुलन गर्न भारत संसारका प्रजातान्त्रिक किताका मुलुकहरूसंगको सम्बन्धलाई उच्च महत्व दिदै कर्वाड (अष्ट्रेलिया, अमेरीका, भारत जापान) आई.टु.यू.टु. (इजरायल, यू.एई.ई, भारत, अमेरिका) मा सहभागी भएका छन् । भारत चीनको बढ्दो तनावले गर्दा विश्व व्यापार लगायत जलवायु परिर्वतन जस्ता साझा मुद्दाहरू समेत प्रभावित हुने कुरा प्रष्ट देखिन्छ । संसार धुव्रिकरण अवस्थामा रहेको भारत चीनको द्वन्दले गर्दा दक्षिण एसिया र आसीयान समेत प्रभावित हुन सक्ने कुरालाई नर्कान सकिदैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया