३ आश्विन २०८१, बिहिबार | September 19, 2024

१७ करोडको सर्पको विषकाण्डमा मुछियो झलनाथ खनालको नामको प्रतिष्ठान, अख्तियारले दायर गर्यो मुद्या


October 8, 2023
0
Shares

काठमाडौं, २१ असोज । सर्पको विष संकलनका लागि भनी सर्लाहीको लालबन्दी नगरपालिकामा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलियो । उक्त प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एण्ड रिसर्च सेन्टर नेपाल स्थापना, व्यवस्थापन र सञ्चालनमा भन्दै मधेश प्रदेश सरकारबाट अनुदान रकम विनियोजन भयो ।

अख्तियारले प्रचलित कानून विपरित लागत साझेदारी सुन्य रहेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल नामको गैरसरकारी संस्थालाई सरकारी रकम उपलब्ध गराउनेहरुलाई भ्रष्टाचार मुद्या दायर गरेको छ । १७ करोड ९८ लाख ३३ हजार निकासा समेत दिई सो संस्थाबाट सम्पूर्ण रकम खर्च भइसक्दा समेत योजनाको उद्देश्य प्राप्तितर्फ सुन्य प्रगति भई अन्य स्वीकृति नभएको विषयमा समेत सरकारी रकम खर्च गरी गराई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्या दायर गरेको छ ।

मुद्या दायर भएकाहरुमा मधेश प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री विजयकुमार, लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्का, तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष्ँ निरज भण्डारी र सदस्य देवेन्द्र राय छन् ।

आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल नाम रहेको र हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्को नाममा रहेको लालबन्दीस्थित ८ बिघा ९ कट्ठा ६.३३ धुर जग्गा र गाडी समेत जफतको माग गरेको छ ।

प्रतिक्रिया