१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल-भारत सुरक्षा सम्बन्धी परामर्श समूहको पन्ध्रौं बैठकमा के के भयो


October 7, 2023
0
Shares

काठमाडौं, २० असोज । नेपाल र भारतबीच सुरक्षा सम्बन्धी परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सकिएको छ । बैठकमा सुरक्षासम्बन्धी महत्वपूर्ण छलफल भएको छ ।

बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदान जस्ता विविध विषयवस्तुमा छलफल भएको थियो ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुङ्गानाले गरेका थिए । भारतीय टोलीको नेतृत्व भारतको विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए ।

दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागीता रहेको थियो ।

द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य प्रवद्र्धन हेतु सन् २००३ मा स्थापना गरिएको यो नेपाल-भारत द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया