२३ भाद्र २०८१, आइतबार | September 8, 2024

धर्मान्तरणको धन्दाको विमोचन, धर्मान्तरणमा लाग्ने हाइप्रोफाइलबारे सनसनीपूर्ण खुलासा


October 7, 2023
83
Shares

काठमाडौं, २० असोज । पत्रकार मोहन श्रेष्ठद्वारा लिखित पुस्तक धर्मान्तरणको धन्दाको शनिबार विमोचन भएको छ । संस्कृतिविद् डा. जगमान गुरुङले राजधानीमा एक कार्यक्रमका बीच पुस्तकको विमोचन गरेका छन् ।

पत्रकार श्रेष्ठले १० वर्ष लामो गहिरो अनुसन्धानपश्चात् नेपालमा धर्मान्तरणको धन्दा कसरी चलिरहेको छ भन्नेबारे खुलासा गरेका हुन् । पुस्तकमा देशका विभिन्न भागमा भइरहेको धर्मान्तरणको स्थलगत अध्ययन समेत गरिएको छ ।

पुस्तकमा विभिन्न दलका नेता, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखका अलावा नेताहरु धर्मान्तरणलाई सघाउन सक्रिय भएको खुलासा गरिएको छ । कतिपय अभियन्ताहरु समेत धर्मान्तरणको धन्दामा लागेको उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि डा. जगमान गुरुङले धर्म जोगाउन नसक्ने समाजको अस्तित्व नरहने बताए । उनले पुस्तकले धर्मान्तरणमा पैसाको खेल भइरहेको खुलासा तथ्यसहित गरेकोमा प्रशशा गरे ।

पुस्तकका प्रकाशक सन्तोष आचार्यले धर्मान्तरणको धन्दामा योजनावद्ध तरिकाले गतिविधिहरु भइरहेको बताए । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर धर्मान्तरणको गतिविधिबारे खुलासा गरे ।
हिन्दु स्वयंसेवक संघका राष्ट्रिय सहप्रचारक कल्याण तिमिल्सिनाले धर्मान्तरणलाई रोक्न हिन्दुहरु एक हुन आवश्यक रहेको बताए ।

लेखक मोहन श्रेष्ठले पुस्तक गहिरो अनुसन्धानबाट तयार भएकाले सबैको सुझाव र सल्लाहको आशा राखेको बताए ।

प्रतिक्रिया