नेपाललाई कबड्डीमा काँस्य

काठमाडौं, १९ असोज । नेपालले कबड्डीमा काँस्य जितेको छ । एशियाली खेलको महिला कबड्डीतर्फको सेमिफाइनलमा भारतसँग पराजित भएपनि नेपालले काँस्य जितेको हो ।
नेपालले भारतसँग ६१-१७ ले खेल हारेको हो । भारत कबड्डीमा निकै बलियो टोली हो ।
नेपालले कबड्डीमा काँस्य जितेर चीनबाट खाली हात फर्कनुनपर्ने भएको छ । नेपालले अब पदकको आशा कराँतेमा मात्र राखेको छ ।-File Photo