१२ श्रावण २०८१, शनिबार | July 27, 2024

क्रिकेटमा नेपालले बहादुरी देखाएपनि भारतसँग फेरि चुक्यो


October 3, 2023
0
Shares

काठमाडौं, १६ असोज । नेपालले एशियाली खेलकुद अन्तर्गतको क्रिकेट क्वाटरफाइनलमा भारतसँग बहादुरीपूर्वक खेलेपनि जितबाट चुकेको छ । नेपालका बलरहरुको प्रदर्शन फितलो हुँदा पहिले ब्याटिङ गरेको भारतले २०२ रन बनाउन सक्यो ।

नेपालले २०३ रनको लक्ष्य लिएर खेलेको थियो । नेपाली ब्याट्सम्यानहरुले छक्का र चौकाको लक्ष्य लिएर खेलेका थिए । २० ओभर खेल्दै ९ विकेटको क्षतिमा नेपालले १७९ रन बनाउन सक्यो ।

पदकको आशा राखिएको क्रिकेटमा नेपाल फेरि चुकेको छ । भारतले जुनियर खेलाडीहरु एशियाली खेलकुदको क्रिकेट स्पर्धामा पठाएकाले नेपालले जीतको आशा राखेको थियो ।

नेपालले चीनमा भएको एशियाली खेलकुदमा क्रिकेटमा भने उत्कृष्ट प्रदर्शन गरेको छ । मंगोलियाविरुद्धको खेलमा ऐतिहासिक रन बनायो । भारतसँगको खेलमा पनि नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन रह्यो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया