१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एशियाली खेलमा कबड्डीले जोगाउने भयो साख


October 2, 2023
0
Shares

काठमाडौं, १५ असोज । कबड्डी खेल नेपालको ग्रामीण भेगमा निकै लोकप्रीय थियो । कुनैबेला नेपालको राष्ट्रिय खेलकै रुपमा यसको चर्चा चलेको थियो । तर, कबड्डी खेलमा निकै बेवास्ता भयो । १९औं एशियाली खेलकुदमा यही खेलले नेपालको साख जोगाएको छ ।

चीनको हाङजु मा चलिरहेको १९औं एशियाली खेलकुदमा नेपालले पहिलो पदक पक्का गरेको छ त्यो पनि महिला कबड्डीमा । बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । यसले नेपालको काँस्य पदक सुनिश्चित भएको हो ।

नेपालले पदकको आशा गरेको खेलहरुमा निराशा हात पारिरहँदा कबड्डीमा पदक सुनिश्चित गरेको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया