१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अचाक्ली मूल्यवृद्धि हुँदा प्रचण्ड सरकार निरिह


October 1, 2023
0
Shares

काठमाडौं, १४ असोज । दशैंको मुखमा अचाक्ली मूल्यवृद्धि भएको छ । कालोबजारीले दैनिक उपभोग्य सामाग्रीको मूल्य आकाशिएको छ । यसै वर्ष प्रतिकेजी ९० रुपैयाँको चिनी अहिले १४५ सम्ममा विक्री गर्न थालिएको छ ।

चामल र दालको मूल्य आकाशिएको छ । खाने तेलको पनि मूल्य वृद्धि भएको छ ।

पेट्रोलियम पद्धार्थको मूल्य पनि आकाशिएको छ । खाना पकाउने ग्याँसको मूल्यमा लगातार वृद्धि भई प्रति शिलिण्डर २१०० पुगेको छ ।

मूल्यवृद्धि भइरहँदा सरकारले राहतको कुनै कार्यक्रम ल्याएको छैन । प्रधानमन्त्री प्रचण्डले आइतबार सात दलको बैठक डाकेका छन् । तर, रास्वपाले मूल्यवृद्धिको विरोधमा बैठक नै बहिष्कार गरेको छ ।

मूल्यवृद्धि नियन्त्रणमा सरकारको तर्फबाट ठोस कदम चालिएको छैन । उपभोक्ताको हितका लागि आवश्यक राहतका कार्यक्रम घोषणा भएको छैन । यसले सरकार निकै आलोचित भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया