४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रचण्ड किन जाँदैछन् मानसरोवर ?


September 27, 2023
0
Shares

काठमाडौं, १० असोज । प्रधानमन्त्री प्रचण्ड मानसरोवर जान ल्हासा पुगेका छन् । चीन भ्रमणमा रहेका उनको मानसरोवर यात्रालाई चासोका साथ हेरिएको छ ।

मानसरोवर हिन्दुहरुको पवित्र तीर्थस्थल हो । त्यस क्षेत्रमा कैलाश पर्वत पनि रहेको छ । कैलाश भगवान शिवको वासस्थान मानिन्छ ।

पछिल्लो समय प्रचण्डले धार्मिक तीर्थस्थलको यात्रा बढाएका छन् । उनी भारत भ्रमणमा जाँदा महाकालेश्वर पुगेका थिए । त्यहाँबाट स्वदेश फर्किएपछि पशुपतिनाथको दर्शन गरेका थिए ।

मानसरोवर यात्रा गरेर प्रचण्डले महत्वपूर्ण सन्देश दिन खोजेका छन् । विगतमा महाकालेश्वर गएजस्तै मानसरोवर यात्रा गरेर हिन्दुको भावना जित्न पनि खोजेको विश्लेषण भएको छ ।

प्रतिक्रिया