२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बिनोद चौधरीले डलर विदेश लगेको लग्यै, सिंहदरबार हाँक्ने आँखा चिम्लिएको चिम्लियै


September 18, 2023
0
Shares

काठमाडौं, १ असोज । डलर अर्बपति बिनोद चौधरीले गैरकानूनी रुपमा धन विदेश लगिरहँदा पनि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले केही गर्न सकेका छैनन् । सत्तामा प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा जो आएपनि आँखा चिम्लिदिन्छन् । आखिर यस्तो किन भइरहेको छ ?

चौधरी नेपालको सबैभन्दा धनी भएपनि उनी बढी कर तिर्नेमा पछाडि छन् । उनले देशमा लगानी बढाएका पनि छैनन् । चाऊचाऊ बेचेर मात्र उनी अर्बपति भएका होइनन् ।

चौधरीले स्मार्टको लाइसेन्समा खेलेर टेलिकममा ठूलै लाभ लिने देखिएको छ । नबिल बैंक मर्जरमा उनले अदालतमार्फत् ठूलै सफलता हात पारेकै हुन् । राज्यलाई कर तिर्नेभन्दा घूस दिएर सफलता हासिल गर्छन् चौधरी । त्यसको उदाहरण हो विगतमा कर छली प्रकरणमा सरकारको नेतृत्व गर्नेहरुलाई घूस दिएर उन्मुक्ति पाएको घटना ।

एमालेका तत्कालीन नेता भरतमोहन अधिकारीमार्फत् चौधरीले धेरै लाभ लिए । अधिकारी अर्थमन्त्री हुँदा चौधरीकै हालीमुहाली थियो । उनी त्यतिबेला एमाले बनेका थिए । पछि काँग्रेस बनेका छन् । काँग्रेसबाट नवलपरासीबाट सांसद समेत बनेका छन् ।

चौधरीले राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्ति हात पारेर विदेशमा रहेको सम्पत्ति बढाउन सके । उनको विदेशका १४१ होटलमा सेयर लगानी छ । मालदिभ्स र युएईमा रहेको होटलको लगानी भित्री रुपमा वीरेन्द्रकै परिवारको सम्पत्ति थियो जुन चौधरीले हात पारे ।

नेपालमा सात, भारतमा १०२, श्रीलंकामा १६, मौरिससमा ४, मालदिभ्स र केन्यामा दुई दुई, अमेरिका, यूएई, भुटान, थाइल्यान्ड र फिलिपिन्समा समेत चौधरीको होटलमा लगानी छन् । दुबईमा चौधरी ग्रुपको आफ्नो कार्यालय छ । दुबई कालो धन लुकाउने र घूस मिलाउने ठाउँको रुपमा चर्चामा छ पछिल्लो समय ।

चौधरी ग्रुपले कालो धनको स्वर्ग मानिएको देशमा विदेशी मुद्रा लगेको तथ्य आइसीआइजेको खोजी खबरमा खुलिसकेको छ । उनले झण्डै २ करोड डलर कालो धनको स्वर्ग मानिएका पानामा, ब्रिटिश भर्जिन आइल्यान्ड जस्ता देशमा पुर्याएको खुलेको छ । नखुलेका त कति हुन् कति ।

बिनोद चौधरीले देशबाट विदेशी मुद्रा लान राज्यका महत्वपूर्ण निकायमा प्रभाव नै बनाएका छन् । जसका कारण कसैले छानबिन गर्न त परै जाओस् आँखा चिम्लिदिन्छ । विदेशी रकम बाहिर पठाएर मनी लन्ड्रिङ गतिविधि गरिरहेका छन् । उनले त्यसका लागि नबिल बैंकलाई प्रयोग गर्दै आएका छन् ।

विदेशी वित्तिय संस्थाले मात्र नेपालमा सिधै एफडीआई ल्याउन पाउने नियमावलीमा स्पष्ट छ । नाबिल बैंकमा लगानी आइरल्यान्ण्डको कम्पनी गैर वित्तिय कम्पनी हो । यो लगानी शंकास्पद छ । चौधरीले विदेशमा पैसा पठाउन लुपहोल तयार गरी आइरिश कम्पनी देखाइरहेका छन् । आइरल्याण्डको कम्पनीले नाबिलमा लगानी पारदर्शी छैन । यसमा कारबाही गर्नुपर्नेमा राजनीतिक दबाबका कारण रोकिएको छ । विदेशी कम्पनीको लगानी र विदेशमा नाफा लाने कदम नै शंकास्पद छ । यो सिधा मनी लन्ड्रिङ हो ।

आइरल्यान्डको उक्त कम्पनीले बैंकको शेयर कसरी किन्यो भन्नेबारे जिम्मेवार निकायलाई जानकारी भएपनि राजनीतिक दबाबका कारण रोकिएको छ । चौधरीले राज्य सञ्चालन गर्नेकै मुख बन्द गरिदिएका छन् ।

चौधरीले विदेशमा कमाएको आर्जनको कर तिरेका छैनन् । उनी डलर अर्बपति हुन् तर नेपालमा धेरै उद्योगी व्यवसायीभन्दा कम कर तिर्छन् । विदेशमा आर्जन गरेको धनको कर तिर्दैनन् । त्यो धन नेपाल पनि ल्याउँदैनन् । बरु नेपालको धन निरन्तर विदेश लगिरहेका छन् ।

प्रतिक्रिया