कुशे औंसी मनाइँदै
काठमाडौं, २८ भाद्र । आज कुशे औंसी । यो दिन बुबाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । छोराछोरीले बाबुलाई भेटी ढोग्ने र मीठो खानेकुरा खुवाउने गर्छन् । बाबुलाई मनपर्ने पोशाक पनि दिने प्रचलन छ ।
आज मोतीराम जन्मजयन्ती पनि हो । नेपाली साहित्यका महान कवि मोतीरामको सम्झनामा विविध कार्यक्रम गरिदैछ ।-तस्बिरः हरेराम भेटवाल/रासस