६ आश्विन २०८१, आइतबार | September 22, 2024

रहेनन् सुवासचन्द्र नेम्वाङ


September 12, 2023
0
Shares

काठमाडौं, २६ भाद्र । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ । हृदयघातपछि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारका क्रममा निधन भएको हो ।

७० वर्षीय नेम्वाङ कानुन व्यवसायी हुँदै राजनीतिमा सक्रिय भएका थिए । उनी २०५१ मा कानुन राज्यमन्त्री भएका थिए ।

सभामुख र संविधानसभाको अध्यक्ष समेत बनेका नेम्वाङ एमालेका उपाध्यक्ष थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने उनले देशमा धर्मनीरपेक्षसहितको संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

नेम्वाङको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाललगायतले दुःख व्यक्त गरेका छन् । नेम्वाङ अस्पताल लगिएपछि मुख्य दलका नेताहरु पुगेका थिए ।

२००९ साल फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङलाई समन्वयकारी नेताका रुपमा चिनिन्थ्यो । २०२८ सालमा अनेरास्ववियमा लागेका उनी इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भएका थिए । नेपाल ल क्याम्पसमा प्राध्यापन पनि गरेका थिए । उनी वरिष्ठ अधिवक्ता समेत भएका थिए ।

प्रतिक्रिया