१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालमा चीनको बढ्दो हस्तक्षेप, जिम्मेवार अधिकारीको गैरजिम्मेवारीपन


September 6, 2023
0
Shares

काठमाडौं, २० भाद्र । नेपालमा चीनबाट कूटनीतिक मर्यादा विपरितका गतिविधिहरु बढ्न थालेको छ । चिनियाँ अधिकारीहरु खुलेआम नेपाल मामलामा जथाभावी बोल्न थालेका छन् । चिनियाँ राजदूत छन सोङ यस्ता गतिविधिमा लागेका छन् ।

राजदूत भएपछि सोङले नेपालमा बेल्ट एण्ड रोड इनिशिएटिभ ‘बीआरआई’ को कार्यान्वयन भइसकेको अभिव्यक्ति दिए । जबकि नेपाल सरकारले बीआरआई कार्यान्वयनमा नआएको स्पष्ट पारेको छ । यस्तो संवेदनशील विषयमा सोङको अभिव्यक्ति आएर विवाद ल्यायो ।

सोङले शनिबार नयाँ बानेश्वरको एभरेष्ट होटलमा गैरकूटनीतिक अभिव्यक्ति दिए । उनले सिधै भारतबाट नेपालले बिजुली आयात बढी गरेको र निर्यात कम गरेको भन्दै घाटा व्यहोरेको तथ्यांक प्रस्तुत गरे । उनले प्रश्न् गरे, यो परिप्रेक्ष्यमा नेपाल कसरी आत्मनिर्भर बन्छ ?

भारतले नेपालको बिजुली किन्न नमानेको भन्दै सोङले टिप्पणी गरे । भारतको अर्थतन्त्रबाट नभई चीनको अर्थतन्त्रबाट लाभ लिनसक्ने उनको भनाई थियो । भारतले भारतीय र नेपालीको लगानीको बिजुली मात्र खरिद गर्ने नियमावली नै बनाएपछि यहाँ रहेको चिनियाँ लगानीको जलविद्युत संकटमा परेको छ । यसलाई लिएर राजदूत सोङले आक्रोश पोखेका हुन् ।

रोचक त यो छ कि चिनियाँ राजदूतले विवादास्पद अभिव्यक्ति दिंदा सभामुख देवराज घिमिरे समेत सहभागी थिए । घिमिरेले पोर्टफोलियो बिर्सेर चीनले नेपालमा आयोजना गरेको कार्यक्रममा सहभागिता जनाइरहेका छन् । यतिसम्मकी एलआरआई स्कुलको कक्षाकोठा उद्घाटनमा घिमिरेले हालै चीन भ्रमण गरेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य चुआन च्या च्युनसँग संयुक्त रुपमा सहभागिता जनाए । सभामुख भइसकेको व्यक्तिले संयुक्त उद्घाटन गर्दा आफ्नो वरियता ध्यान दिनुपर्नेमा दिएनन् ।

सभामुख घिमिरेले घटाउन खोजे पदको गरिमा, पोर्टफोलियो मिचेर एलआरआईमा चिनियाँ नेता चुआनसँग कक्षाकोठा उद्घाटन

पछिल्लो समय नेपालका प्रभावशाली अधिकारीहरु चीन भ्रमणमा मर्यादा नै बिर्सन थालेका छन् । उपराष्ट्रपति रामसहाय यादव चीनको व्यापार मेलामा सहभागी हुन गए । नेकपा माओवादी र नेकपा एमालेका नेताहरु हप्तौंसम्म टुर गए जसरी चीन भ्रमणमा गइरहेका छन् । आफ्नो पदको गरिमा नै बिर्सेर नेपालका जिम्मेवार व्यक्तिहरु भ्रमणमा दौडनाले पनि चीनले हल्का रुपमा लिन थालेको छ ।

विगतमा चीनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर नेकपा बनाएको सन्देश दिइरह्यो । पछि उक्त दल फट्न लाग्दा यसलाई जोगाउन चीनबाट उच्च अधिकारीहरु दौडधूपमा लागे । यहाँको आन्तरिक मामलामा चीनले खुलेआम हस्तक्षेप गर्न थालेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया