८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

हिन्दुको धैर्यताको बाँध टुटेमा खतरनाक अवस्था


August 27, 2023
4.6k
Shares

सुरेन्द्र बहादुर खत्री सिलवालः हिन्दुधर्म संसारको सबैभन्दा पुरानो र सरल धर्म हो। यो धर्म निकै उदार र वैज्ञानिक पनि छ । हिन्दु धर्मगंन्थहरु यति वैज्ञानिक छन् कि यसैका आधारमा ठूला ठूला आविष्कारहरु अहिलेपनि भइरहेका छन् । यो धर्मको कुनै प्रवर्तक पनि छैनन् । निरन्तरको अभ्यास र अध्ययनबाट हिन्दु धर्म समृद्ध हुँदै आएको छ ।

आधुनिक विश्वमा हिन्दु धर्मप्रति चासो बढेको छ । यो धर्मसँग जोडिएको योग, ध्यान, तपस्या, आत्माप्रतिको विश्वासमा सबैको ध्यान गएको छ । हिन्दु शब्द आर्य र संस्कृत मुल सिन्धुबाट आएको पनि भनिन्छ । भारतीय उप महाद्वीपको उत्तर ( पश्चिम भागमा रहेको सिन्धु नदिको नामबाट हिन्दु भएको तर्क पनि छ ।

हिन्दु धर्म एक अर्ब ५० करोडभन्दा बढी मानिसहरूले अभ्यास गर्दै आएका छन् । हिन्दु धर्ममा मात्र सिमित छैन यो एक अभ्यास पनि हो । हिन्दु बन्न जन्मसिद्ध हुनुपर्ने व्यवस्था छ । विश्वका धेरै देशमा हिन्दु धर्मालम्बी हजारौं हजार वर्ष देखि छन् ।

नेपाल र भारतमा बहुसंख्यक हिन्दु छन् । बंगलादेश , श्रीलंका ,पाकिस्तान ,अमेरिका,गयाना,टोबागोे,क्यानाडा ,इन्डोनेशिया ,जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरूको उल्लेखनीय संख्या पाइएको छ। तर, पाकिस्तान, बंगलादेश जस्ता देशहरुमा हिन्दु अल्पसंख्यक आक्रमणको शिकार भएका छन् । उनीहरुको संख्या यसकारण पनि घट्दो छ । अफगानिस्तमा कुनै युगमा हिन्दु बहुमतमा थिए । तर, अहिले त्यहाँ हिन्दुको संख्या ५० भन्दा कम छ । हिन्दुहरु सद्भाव राख्ने, संयम हुने र अहिंसामा विश्वास गर्ने भएकाले उनीहरुको सदाशयतालाई कमजोरी ठान्न थालिएको छ ।

हिन्दुहरुमाथि चौतर्फी आक्रमणका घटनाहरु हुँदै आएका छन् । विभिन्न शैलीमा हिन्दुमाथि आक्रमण गरी धर्मान्तरण गर्ने गतिविधि पनि भएको छ । यो क्रम नेपालमा पनि चलिआएको छ । हिन्दुको आस्थामाथि ठेस पुर्याउने गतिविधि पनि भइरहेको छ । यसले कुनैपनि बेला खतरनाक अवस्था ल्याउन सक्छ ।

 

प्रतिक्रिया