२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतको चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरण


August 23, 2023
0
Shares

एजेन्सी, ६ भाद्र । भारतको चन्द्रयान-३ ले बुधवार चन्द्रमामा सफल अवतरण गरेको छ । नेपाली समय अनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेको हो ।

यान अवतरण गरेपछि भारत चन्द्रमामा यानको सफल अवतरण गराउने चौंथो देश बनेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बनेको छ ।

भारतको अन्तरीक्ष अध्ययन केनद्र इसरोका वैज्ञानिकहरुले चन्द्रयान अवतरणपछि उठेर तालि बजाएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण अफ्रिकाबाट प्रत्यक्ष रुपमा उपस्थित हुँदै खुशी साटेका छन् । उनले विकसित भारतको सन्देश गएको बताए ।

उनी ब्रिक्स सम्मेलनमा छन् । त्यहाँ रहेका ब्रिक्स सदस्य राष्ट्रका नेताहरुबाट पनि यसबारे चासो पाएको बताए ।

प्रतिक्रिया