१२ श्रावण २०८१, शनिबार | July 27, 2024

त्रिशुलीको भेलमा बस खस्यो, शव निकाल्ने र खोज्न गोताखोर सक्रिय


August 23, 2023
0
Shares

काठमाडौं, ६ भाद्र । त्रिशुली नदीमा यात्रुबस खसेको छ । बुधवार विहान काठमाडौंबाट बेनी जाँदै गरेको बस गजुरीनजिकैको त्रिशुलीमा खसेको हो ।

धादिङ प्रहरीका प्रमुख एसपी गौतम मिश्रका अनुसार बसमा सवार यात्रुहरुको उद्धार भइरहेको छ । ८ जनाको शव निकालिएको छ भने ८ जनाको सकुशल उद्धार भएको छ ।

धवलागिरी यातायात प्रदेश ३-०१-००५ नम्बरको बसमा २३ यात्रु सवार भएको प्रारम्भिक खबर छ । बस सडकबाट एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । त्रिशुलीको भेलमा पानी धमिलो भएकाले उद्धारमा कठिनाई देखिएको छ ।-Photo: Social Network

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया