१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चन्द्रमामा इतिहास बनाउँदै भारत, चन्द्रयान-३ आज अवतरण गर्ने


August 23, 2023
0
Shares

एजेन्सी, ६ भाद्र । भारतको चन्द्रयान-३ बुधवार चन्द्रमामा अवतरण गर्ने तयारीमा छ । नेपाली समय अनुसार साँझ ६ बजेर १९ मिनेटमा चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तय छ । सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने चौंथो देश बन्नेछ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने पहिलो मुलुक हुनेछ ।

भारतको चन्द्रयानमा विश्वकै ध्यान खिचिएको छ । खगोल विज्ञानमा भारतले महत्वपूर्ण उपलब्धि हासिल गरेको सन्देशका रुपमा यसलाई लिइनेछ ।

चन्द्रयान-३ सफल अवतरण गरेमा भारतले भूउपग्रहका क्षेत्रमा आर्थिक उपलब्धि समेत हासिल गर्ने विश्लेषण भइरहेको छ ।

खगोल विज्ञानका क्षेत्रमा अमेरिका र रुसको मात्र प्रभाव रहेकोमा भारत पनि प्रतिष्पर्धामा आएको छ । रुसको लुना-२५ को अवतरण यसै हप्ता असफल भएको छ । यान चन्द्रमामा दुर्घटना भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया