१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यसकारण गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठ राजीनामाको तयारीमा


August 21, 2023
0
Shares

काठमाडौं, ४ भाद्र । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनीनिकट स्रोतका अनुसार श्रेष्ठले राजीनामाको तयारीबारे विश्वासपात्रहरुलाई जानकारी दिइसकेका छन् ।

आफू आवश्यक पर्दा राजीनामा दिन तयार रहेको भन्दै श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई समेत स्पष्ट पारिसकेको बुझिएको छ । प्रचण्डले भने आफूले सम्हाल्ने भन्दै आश्वस्त पार्न खोजेका छन् । तर, श्रेष्ठले भ्रष्टाचार र संगठित अपराधविरुद्ध पछाडि नहट्ने बरु पदबाट हट्ने जवाफ दिएका छन् ।

पछिल्लो समय श्रेष्ठलाई गृहमन्त्रीबाट हटाउन सत्तारुढ घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि दबाब दिइरहेका छन् । श्रेष्ठमाथि काँग्रेस नेताहरुलाई छानी छानी कारबाही गरेको आरोप छ ।

तर, गृहमन्त्रीबाट श्रेष्ठको राजीनामा भने देउवाको चाहनाले नभई अर्कै प्रसङ्गमा आउन लागेको बुझिएको छ । उनी पछिल्लो समय एआइजी सरुवाप्रति असन्तुष्ट छन् । एआइजी सरुवामा श्रेष्ठको कुनै भूमिका नै रहेन । सिधा प्रचण्ड र देउवाले सहमति गरेर सरुवा गरेका छन् ।

आफू मातहतको निकायमा सरुवा गर्दा बेवास्ता गरेको भन्दै श्रेष्ठ असन्तुष्ट छन् । अपराध अनुसन्धान कार्यालयमा पनि श्रेष्ठलाई वाइपास गरेर सरुवाको तयारी भइरहेको छ ।

आरजुको फाइल मिलाउन सोमेन्द्र राठौरलाई अपराध अनुसन्धानमा लान देउवाको दबाब

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया