१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आर्य को हुन् र आर्य धर्म के हो


August 19, 2023
0
Shares
रोशण शाहा: भाषिक वा धार्मिक एवम् ऐतिहासिक प्रमाणहरूका आधारमा ‘आर्य’ मानवको श्रेष्ठतम् उच्चगुण भएका सभ्य, सत्यआचरण गर्ने कुलिनलाई आर्य भनेको पाउँछौ तर हाल नेपालको संविधानमा नै आर्य भनेको कुनै जाति वा सम्प्रदाय मात्रै भएको किटान गरिएको छ । यसरी किटानी गरी आर्य भन्दा किटानी गरेका भन्दा बाहिरकाहरू आर्य हैनन् वा हुनसक्दैनन् भन्ने बुझिन्छ । आर्यवर्तका सबै आर्य हुनुपर्ने हो या श्रेष्ठतम् उच्चगुण भएका सभ्य, सत्यआचरण गर्ने जति सबै आर्य हुनुपर्ने हो, हैन र ⁉️ कि नियतवस् आर्य शब्दको अर्थको मर्मलाई गिजोल्न निश्चित जात सम्प्रदायलाई मात्र आर्य भनेको त हैन ⁉️
पूर्वीय सनातन धर्म संस्कार परम्परामा ‘आर्य’ शब्द धेरै स्थानमा प्रयोग भएको पाउँछौँ । हिन्दूहरूमा मात्र आर्य शब्दको प्रयोग सीमित छैन । बौद्ध धर्ममा पनि जीवनका मूख्य चार सत्यलाई ‘आर्य सत्य’ भनिन्छ । बुद्धको शिक्षालाई ‘आर्य धर्म’ भनिन्छ । नाथ परम्परामा मक्षेन्द्र नाथलाई आर्य अवलोकितेश्वर भनिन्छ । अत: अमुक जाति सम्प्रदायलाई मात्र आर्य भनेर संविधानमै लेख्ने को होला ❗️ के सदनमा कुनै बौद्ध मार्गीहरू थिएनन् होला त ⁉️ यसरी कुनै जात सम्प्रदायलाई मात्र आर्य भनी लेख्दा …❗️ कि आर्य भनेको जात मात्र हैन भन्ने बुझेकै कोही पनि थियनन् होला त सदनमा…⁉️ अवश्यनै थिए होला…, किन लेखियो त❓कि संविधान नै कतै बाट फ्याक्स भएर आएको त हैन ⁉️ यसरी कुनै जात समुहलाई मात्रै किटानी गरेर आर्य भन्दा आर्य शब्दको अर्थ एवम् मर्ममा आघात भएन र❗️किन कुन नियत ले यसरी आर्यको मर्मलाई सङ्कुचित पारीयो होला…⁉️
हाम्रा सबै भाषाहरूको मातृभाषा संकृत भाषालाई विस्थापित गरी हाम्रा सबै भाषाहरूमा आघात पुर्याउन संस्कृतलाई पाठ्यक्रमबाटै विस्थापित गरेकाले अङ्ग्रेजी भाषाको प्रभावमा परेकाले आर्य शब्दको अर्थ बुझ्न नसकेको भन्ने पनि ठाउँ छैन, अङ्ग्रेजी शब्दकोशमा पनि आर्यन शब्द छ, तेहाँ पनि आर्यको अर्थ भेटिन्छ …❗️ यावत् कुराहरू हेर्दा आर्य शब्दको संज्ञान नलियरै आर्य लेखेको देख्दा पनि यो संविधान नै आयातित हो कि …⁉️ भन्ने संशय दृढभएर आउँछ ।
आर्य;
सनातन देखि मानवको श्रेष्ठतम् उच्चगुण भएका सभ्य, सत्यआचरण गर्ने कुलिनलाई सम्मानमा ‘आर्य’ भनिएको देखी देखी, आर्य शब्दको अर्थ मर्म नै सङ्कुचित गर्न अहिले आर्यका कुनै मानवशास्त्रीय, ऐतिहासिक वा पुरातात्विक प्रमाणहरू अवस्थित छैनन् भनि अर्थ्याउँदै कुनै एक सम्प्रदाय वा नश्ललाई मात्र जनाउने एउटै सम्प्रदायका केहि जाति सूचक शब्द मात्र हो भन्नु किमार्थ मुनासिब हैन ।
‘आर्य’ को अर्थ;
आर्य = श्रेष्ठतम् उच्चगुण भएको सभ्य, सत्यआचरण गर्ने, देवता
आर्या = श्रेष्ठतम् उच्चगुण भएकी सभ्य, सत्यआचरण गर्ने, देवी
भार्या = विवाहित स्त्री, श्रीमती
आचार्य = आचरण आर्यको जस्तो श्रेष्ठ भएका (शिक्षक)
आर्यवर्त = आर्यहरूको निवास क्षेत्र (देवभूमी)
हेरौँ धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूमा कस्लाई ‘आर्य’ भनिएको छ;
👉 ऋगवेदमा धेरै ठाउँमा ‘आर्य’ शब्दको प्रयोग भएको छ । तेहाँ मानवको श्रेष्ठतम् उच्चगुणलाई ‘आर्य’ भनिएको छ ।
👉 वाल्मीकि रामायणमा मर्यादा एवम् नैतिक आचरणले भरिएका श्री रामचन्द्रजीलाई ठाउँ-ठाउँमा ‘आर्य’ र ‘आर्यपुत्र’ भनिएको छ ।
👉 महाभारतमा वा गीतामा कृष्ण वा श्रेष्ठ बुद्धि भएको वीरलाई ‘आर्य’ भनिएको छ ।
👉 नाथ परम्परामा मक्षेन्द्र नाथलाई ‘आर्य अवलोकितेश्वर’ भनिन्छ।
👉 विदुरनितिमा सद्गुणीलाई ‘आर्य’ भनिएको छ ।
👉 चाणक्यनितिमा सद्गुणीलाई ‘आर्य’ भनिएको ।
👉 महर्षि दयानन्द सरस्वतीजीले ‘आर्य’ शब्दको व्याख्यामा ‘उत्कृष्ट स्वभाव, धर्मात्मा, सदाचारी, परोपकारी, सत्-विद्या आदि गुणयुक्त र आर्यवर्तकै निवासीलाई ‘आर्य’ भनिन्छ।’ भन्नुभएको छ ।
👉 सायणाचार्यले आफ्नो ऋग्भाष्य मा ‘आर्य’ को अर्थ विज्ञ, यज्ञको अनुष्ठाता, विज्ञ स्तोता, विद्वान आदरणीय अथवा सर्वत्र गंतव्य, उत्तमवर्ण, मनु, कर्मयुक्त एवम् कर्मानुष्ठानमा श्रेष्ठ आदि अर्थमा प्रयोग गर्नुभएको छ ।
👉 जैन धर्ममा महिला संन्यासीहरूलाई ‘आर्यिका’ शब्दले सम्बोधन गरीन्छ ।
👉 भगवान गौतम बुद्धले संसारीक दुःख र समस्याहरू बाट पारलाग्न जान्नैपर्ने मुख्य सत्यलाई ‘चार आर्य सत्य’ बताउनु भएको छ एवम् बौद्ध शिक्षा प्रणालीलाई ‘आर्य धर्म’ भनिएको छ ।
👉 अमरकोष का अनुसार महाकुलकुलीनार्यसभ्यसज्जनसाधव:।
‘आर्य’ शब्दको प्रयोग महानकुलको, कुलीन, सभ्य, सज्जन, साधु आदिलाई जनाउन प्रयोग भएको पाइन्छ।
👉 संस्कृत का साहित्यमा
कर्तव्यमाचनरन् कार्यमकर्तव्यमनाचरन्।
तिष्ठति प्रकृताचारे स आर्य इति उच्यते।।
कर्तव्यनिष्ठ कार्यका व्यवहारहरूगर्ने, यस्ता प्रकृतिले प्रख्यात ‘आर्य’ हरू महान हुन्छन्, भनिएको पाइन्छ ।
👉 संस्कृत साहित्यमा आर्यलाई सम्मानजनक अर्थमा धेरै नै प्रयोग गरिएको देखिन्छ । जस्तो श्रीमतीले पतिलाई आर्यपुत्र भनेर सम्बोधन गरेको, हजुरबुवालाई आर्य भनेर सम्बोधन गरेको, (थारू नेवारी लगाएतका धेरै भाषामा हजुरबुवा हजुरआमालाई अजा/अजी भन्ने सम्बोधन आर्य/आर्या बाट अपभ्रंश भएको) ।
👉 भाषाका विदेशी अध्ययताहरूले देवनागरीक लिपिमा लेखिने भाषालाई नै आर्यभाषा भन्दछन् ।
👉 सनातनीहरूको पवित्र पशुपतिनाथ मन्दिरको घाटलाई पनि आर्य घाट भनिन्छ ।
👉 अङ्ग्रेजी मा आर्य (Aryan) लाई “Honorable” एवम् “Noble” भनिएको छ । जसको अर्थ ‘सम्माननीय’ एवम् ‘महान’ भन्ने हुन्छ ।
यी प्राचिन धार्मिक ग्रन्थहरू तथा साहित्यहरू र भाषाको अध्ययन मनन् गर्दा ‘आर्य’ व्यक्तिको गुणवाचक संज्ञा रहेको प्रष्टै बुझ्न सक्दछौ । ‘आर्य’ शब्दको प्रयोग नश्ल, जात वा वर्णको अर्थमा किमार्थ पनि नभएर, यसको प्रयोग महान लक्ष्य भएका, श्रेष्ठ कर्म एवम् आचरण भएका, ज्ञान गुण शक्तिले सम्पन्न, सभ्य कुलिन व्यक्तिलाई ‘आर्य’ भनेको पाउँदछौँ । अत: ‘आर्य’ नितान्त व्यक्तिको गुणवाचक संज्ञा नै हो । कुनै एक जाति शूचक शब्द हुँदै हैन भन्ने कुरा प्राचिन धार्मिक ग्रन्थहरूले प्रष्टै परेकाछन् ।
‘आर्य’ भनेको श्रेष्ठ हो भन्नेकुरा प्राचीन धार्मिक ग्रन्थहरूले प्रष्ट्याई राखेको कुरालाई ‘आर्य भनेको जाति वा नश्ल हो ।’ भन्ने हरूको को को होलान भनि ऐतिहासिक दस्तावेजहरू अध्यन मनन् गर्दा फेलापारीएका व्यक्तिहरू;
सुरूमा केही विदेशीहरू म्याक्स मुलर, विलियम हन्टर र लर्ड थोमस बेबिंगटन मैकाले द्वारा नै आर्यवर्त (महाभारत खण्ड) लाई मानव बस्ती नभएको ‘No man’s land’ र आर्य बाहिरबाट आएका भन्दै ‘The Aryan invasion theory’ मा आगन्तुक आक्रन्ता जाति भनेको पाईन्छ । तेसपछी कोही इण्डियन राजनीतिज्ञहरू जो अङ्ग्रेजलाई खुसी पार्न चाहन्थे, वामपन्थीहरू जो सनातनी धर्ममा विश्वासनै गर्दैन थे र तेस्ता इतिहासकारहरू जो अङ्ग्रेजी शिक्षा बाट प्रशिक्षित भएका, प्रभावमा परेका वा उनिहरू सँगै स्वार्थ गाँसिएकाहरू थिए । उनिहरू द्वारा नै तेसै गरी आर्यलाई आगन्तुक आक्रन्ता भनेको देखिन्छ । हालसम्म आइपुग्दा अहिले तिनैहरूलाई आदर्श मानेर पछ्याउनेहरूले भन्नेगरेको देखिन्छ ।
विदेशीहरूले यो आर्यवर्त वा जम्मुदिप, महाभारत खण्डकै बासिन्दाहरूमा फूटपार्न आर्य अनार्य वा आर्य द्रविड बनाएर आक्रान्ता आर्यहरू बाहिरबाट आएका हुन् भन्ने । बाहिरबाटै आएको भनेर प्रमाणित गर्न पुलजोर कोशिश गरेको देखिन्छ तर बाहिर कहाँबाट आएका हुन भन्नेकुरा प्रमाणित गर्न सकेनन् । सुरूमा यस्तो भन्ने जति पनि विदेशी इतिहासकार छन् तेतिनै फरक फरक ठेगानका कुराहरूले यिनीहरूका दावा कपोकल्पित हो भन्ने कुरा झनै प्रमाणित हुन्छ । कसैले मध्य एसिया भन्छन्, कसैले साइबेरिया बाट भन्छन्, कसैले मंगोलिया भन्छन्, कसैले ट्रान्स-काकेसस भन्छन् र कसैले स्क्यान्डिनेभिया बाट आर्यहरू आएकाहुन भन्छन् तर यस्तो भन्ने ‘आर्यन इन्वेजन थ्योरी’ नै कपोकल्पित भएकाले खासमा आर्यहरू कहाँ बाट आए भन्ने प्रमाणनै कसैसँग छैन । यति धेरै फरक फरक स्थानबाट आर्य यहाँ आएको भनेका कुराहेर्दा आर्य तेहाँबाट यहाँ आएको नभएर बरू आर्यहरू यहाँ बाट नै तत् तत् स्थानमा गएको भने हुनसक्दछ । सनातन हिन्दू ग्रन्थका अनुसार ब्रह्माजीले मनुहरू द्वारा मानव वस्ति यहीँ बसाएका हुन् । सनातनीहरू त यही बाट नै फैलिएको मान्दछन् । मानवको शरीरको तापक्रम पनि ३७ डिग्री सेल्सियस छ । यो तापक्रम यहीँ का हिमालय मुनीका जल र उर्वरता मा सम्पन्न पहाडहरूमा छ जहाँ मानव अहारका लागी प्रकृतिक रूपमै फलफूलको प्रचुरता छन् । अब निष्पक्ष वैज्ञानिक डिएनए परिक्षेणले सबै कुरा प्रष्ट पार्नेछ । आधुनिक भाषाविद ट्रान्स-हिमालय भाषाहरू एवम् मानवको विकासमा अनुवंअशिय सम्बन्ध सम्बन्धी का अध्ययता तथा जेनेटीक विशेषज्ञ जर्ज भान ड्रिम ले पनि‚ ‘संसारका धेरै मानिसका पुर्खा हालको नेपालबाटै गएका हुन् भनेका छन् ।
प्राचिण हिन्दू धर्म ग्रन्थहरूमा वा प्राचीन पाण्डुलिपि र किंवदन्ती अनुसार आर्यहरूको हिमालयका काखमै संमृद्ध भएको सभ्यता हो । हिमालय देखि हिन्दमहासागर सम्मकै सम्पूर्ण क्षेत्रलाई आर्यावर्त वा जम्मुदिप, महाभारतखण्ड भनिएको छ । आर्यहरूको आदिआवास क्षेत्र भएकाले नै आर्यवर्त भनिएको हो । देवादिदेव महादेवको बासस्थान कैलाश गौरीशङकर लगाएतका पञ्चकैलाश हिमालयहरू यहीँ अवस्थित छन् । सत्यज्ञानका सङ्ग्रह संसारकै प्रचिण धर्म ग्रन्थ वेदहरू हिमालयका काखमा हिमनदीका दोभानमा जहाँ सङ्ग्रह गरीएका स्थानहरू यहीँ हो । महादेवले यहीँ हिमालयमा ऋषिहरूलाई दैविय ज्ञान, मानविय देहसुद्ध राख्न वंश गोत्र प्रणालीको अवधारणा, ऋषिहरूलाई प्रदान गरेको स्थान यहीँ हो । देवता ऋषि महर्षिहरूले ज्ञान शक्ति प्रप्तिकालागि ध्यन साधना गरेको तपस्थली ज्ञानभूमी यही हो । संसारै भरी भएका भगवान् विष्णुका मन्दिरहरूमा यहीँ कालीगण्डकीमा मात्र पाईने शालिग्रामको स्थापना गर्नैपर्ने अनिवार्य हुन्छ । यो कुराले नै आर्य सभ्यता यहीँको मौलिक सभ्यता नै हो प्रमण दिन्छ, अरू के प्रमाण चाहिएला र …! यावत् कुराहरूले प्रचिन वैदिक सभ्यताको यहिँ आदिउद्गम् भएको प्रष्ट हुन्छ । यहीँ हिमालएका काखबाट यताउता फैलदै गएको र गएका क्षेत्रबाट कूलपूजन, तिर्थका रूपमा वा विषम परिस्थिति भएमा हिमालय कै काखमा आउने गरेको परम्परा देखिन्छ । परम्परागत संस्कारहरूमा सबैको धार्मिक आस्थाको केन्द्र कैलाश हिमाल लगाएतका हिमाली काखहरू भएको इतिहास अध्ययन गर्दा स्वत: आगन्तुक आक्रान्ता भन्ने ‘आर्यन इन्वेजन थ्योरी’ गलत नै हुनजान्छ ।
कोहि पनि भ्रमित नहोऔँ शिव शाक्त हामीनै हौँ । ऋषि, ऋषिका ज्ञानहरू हाम्रा हुन् । ऋषिका वंशज वा सगोत्र पनि हामी नै हौँ । पञ्चायण देवता पनि हाम्रैहुन् । किराती याक्थुङ (मुन्धुम) हाम्रै हो । सुम्निमा-पारुहाङ यहीँका हम्रै हुन् । नवनाथ देखि चौरासी सिद्ध हाम्रै हुन् । बुद्धहरू हाम्रै हुन् । मष्ट देखि मनु सम्म हाम्रै हुन् । राजमहर्षि जनक देखि अष्टवक्र पनि हाम्रै हुन् । गौरी पार्वती काली, सिता देखि भृकुटी सम्म हाम्रै हुन् । दङ्गी दङ्गीशरणहरू हाम्रै हुन् । सम्पूर्ण हिमालयका हिमावत, गण्डक, पाशुपत, किराँत, मिथला, खस, थारू लगायतका सभ्यता सबै हाम्रै मौलिक सभ्यता हुन ! किनकी सबै नेपालका हुन्, सबै अवयव मिलेर सिङ्गो मौलिक सार्वभौम राष्ट्र नेपाल बनेको छ तब न हामी सबै नेपाली रहेका छौँ ! हाम्रै मौलिकतामा हामी आफैले जान अञ्जानमा आघात पुर्याएमा हाम्रै मौलिकतामा खलल हुनेछ, मौलिकतामा खललपार्नु भनेको आफ्नै समाजलाई खलल पारी आफ्नो विस्थापित गरी अरूलाई स्थापित हुन आश्रय दिनु हो । यस्तो गर्नु भनेको राष्ट्रिय सार्वभौमिकतामा नै खलल पार्नु हो ।
जर्मनी हेनरिक हिम्लर लगाएतल युरेपियनहरू त आर्यहरूको उद्गमस्थल खोज्न हिमालय क्षेत्रमै आएका इतिहास पनिछन् त !
तर हेरौँ नीयतबस नै क्रमशः ‘आर्य’ शब्दको अर्थ वा मर्मलाई बङ्ग्याउन लागिपरेकाहरू;
फ़्रीड्रिश मैक्स मूलर
विलियम विलसन हन्टर
लर्ड थोमस बेबिंगटन मैकाले
बाल गंगाधर तिलक
जवाहरलाल नेहरू
मोहनदास करमचंद गांधी:
राहुल सांस्कृत्यायन
लगाएत…
फ़्रीड्रिश मैक्स मूलर
(Friedrich Max Müller):
एकजना जर्मन जो ब्रिटिश ईस्ट इन्डिया कम्पनीमा कर्मचारी आफ्नो जीवनको अधिकांश समय अङ्ग्रेजका लागि बिताएको देखिन्छ । Western Academic Disciplines of Indian Studies यानि दक्षिण यशियाको शिक्षा Indology लाई पश्चिमीकरण गर्ने ।
विलियम विलसन हन्टर
(William Wilson Hunter):
पेशेवर रूप मै दक्षिण यशियाको शिक्षालाई अङ्ग्रेजीकरण गर्ने अंग्रेज शिक्षा अधिकारीको रूपमा ब्रिटिश ईस्ट इन्डिया कम्पनी को कर्मचारी । Commission on Indian Education उसैको अध्यक्षतामा गठन भएको ।
लर्ड थोमस बेबिंगटन मैकाले
(Thomas Babbington Macaulay):
अङ्ग्रेज का तर्फबाट ब्रिटिश ईण्डियाको सर्वोच्च कानून परिषदमा The Supreme Council of India सदस्य र कानून आयोग The Head Of The Law Commission को प्रमुख रहेको । अंग्रेजी भाषालाई भारतको आधिकारिक भाषा र ईण्डियाको शिक्षालाई माध्यम बनाई युरोपेली साहित्य, दर्शन र विज्ञानलाई भारतीय शिक्षाको लक्ष्य बनाउने साथै भारतीय शिक्षाप्रणालीलाई कामदार र कलर्क उत्पादन गर्ने उद्योगमा परिणत गर्नमा जस्को ठूलो हात थियो ।
यिनीहरूले आर्य शब्दको अर्थलाई नश्ल वा जातिमा सीमित गरी संकृण बनाउन कुनै कसर बाँकी राखेनन् ।
बाल गंगाधर तिलक :
भारतीय राष्ट्रवादी, शिक्षक, समाज सुधारक, वकिल एवम् सुरूका भारतीय स्वतन्त्रता आन्दोलनकारी भध्य एक थिए ।
यिनले ‘द आर्कटिक होम एट दि वेदाज्’ (The Arctic Home At The Vedas) मा लेखेका थिए कि, ‘आर्यहरूको उत्पत्ति आर्कटिक आर्यको मूलस्थान आर्कटिक वृत । म्याक्समुलरका अनुसार आर्यहरू मध्य एशिया, कलासागरको उत्तरी मैदान, मध्य र पश्चिमी जर्मनी, हंगेरी, अस्ट्रिया र वरपरका क्षेत्रका बासिन्दा थिए। उपयुक्त निष्कर्षको आधारमा, यो भन्न सकिन्छ कि आर्यहरूको आफ्नै स्वतन्त्र उप-प्रजातिहरू थिए, जुन सबैभन्दा पहिले मध्य युरोपको यूराल पर्वत देखि पश्चिमी अटलांटिक महासागरको बीचमा लामो मैदानहरूमा बस्थे र तिनीहरूले इन्डो-युरोपियन भाषा बोल्थे । यहाँबाट आर्यहरू दक्षिण-पश्चिम र पूर्व तर्फगएर इरानमा बसोबास गरे । इरानबाट दक्षिण-पूर्व दिशामा अरू अगाडी बढ्दै ईसापूर्व २००० तिर मात्र भारतमा आइपुगे ।’
आर्य भारतीय महादिपका होइनन् उत्तरी ध्रुव बाट आएका हुन् भन्ने यो भनाईले माथिका अङ्ग्रेजहरूकै आर्यहरू बाहिरबाट आएकाहुन् भन्ने कुरालाई बलपुर्यायो । सायद यो उनको अङ्ग्रेजी शिक्षाकै प्रभावमा हुनुपर्दछ । भारत स्वतन्त्रता आन्दोलनमा दक्षिणपन्थीका लागि प्रेरणाको स्रोत हुँदाहुँदै पनि उनले एकपटक ‘तेली–तमोली विधानसभामा गएर के गर्ने, हलो जोत्ने?’ भनेका पनि थिए । यो कुराबाट उनि कस्ता विचारका थिए भनि प्रष्ट हुन्छ ।
म्याक्समुलरकै उद्धरण लिएर यिनले गरेको व्याख्या पनि अङ्ग्रेजहरूकै विचार हो । यिनीको भनाइले पनि आर्य शब्दको अर्थलाई नश्ल वा जातिमा सीमित गरी संकृण बनाउन मै बलमद्दत गर्दछ ।
जवाहरलाल नेहरू:
यिनको ‘Discovery of India’ बुक एवम् ‘Letters from a Father to His Daughter’ मा नेहरूले पनि ‘… आर्यहरू उत्तर-एसिया र युरोपका चरिचरनहरूमा घुम्ने गर्थे । जब तिनीहरूको जनसंख्या बढ्दै गयो पानी र चरिचारनको अभाव हुन थालेपछि तिनीहरूलाई खाना पाउन गाह्रो भयो, त्यसैले तिनीहरू खानाको खोजीमा संसारका अन्य भागहरूमा पलायनहुन बाध्य भए । एकातिर तिनीहरू युरोपभर फैलिए, अर्कोतिर तिनीहरू भारत, इरान र मेसोपोटामिया सम्म पुगे । यसबाट यो थाहा हुन्छ कि युरोप, उत्तरी भारत र मेसोपोटामियाका सबै जातिहरू वास्तवमा एउटै पुर्खाका सन्तान हुन्, अर्थात् आर्यहरू; यद्यपि आजकल तिनीहरू बीच ठूलो भिन्नता छ । यो स्वीकार्य कुरा हो कि यहाँ धेरै समय बितिसकेको छ र त्यसपछि ठूला परिवर्तनहरू भएका छन् र समुदायहरू एकअर्कासँग धेरै मिसिएका छन् । यसरी हेर्दा आजका धेरै जातिहरूका पुर्खा आर्य नै थिए ।’ यो भनाइले पनि आर्यहरू अङ्ग्रेजले भने झैँ बाहिरबाटै आएको भन्ने कुरामा बलदिन्छ ।
अङ्ग्रेज र जमीनदारहरूको ‘क्लब कांग्रेस’ हुँदै ईण्डियाको नेता एवम् प्रथम प्रधानमन्त्री बन्न पुगेका नेहरूले ‘डिस्कभरी अफ इन्डिया’ बुकमा आर्यहरू कसरी भारतमा आए र गैर-आर्यहरूलाई हराएर आफ्नो वर्चस्व स्थापित गर्न नीचता, साम्राज्यवाद र हिंसात्मक व्यवहारगरे भनेर पनि लेखिएको छ । यो कपोलकल्पित कुराहरू देख्दा यिनको लेख अङ्ग्रेजहरू कै आर्य शब्दको अर्थलाई आगन्तुक नश्ल वा सम्प्रदायमा सीमित गरी संकृण बनाउने र यहाँका आदिवासी द्रविड आर्यहैनन् यिनीहरू माथि आर्यबाट दमन भएको भनि समाजमा द्वयस बढाउने ध्येय बोकेको प्रवल देखिन्छ । जबकी द्रविड भनेको क्षेत्रहो कुनै जाति सम्प्रदाय नै हैन । स्कन्दपुराणका अनुसार विंध्याचलदेखि दक्षिण भारतको सम्पूर्ण भूभागलाई ‘पञ्चद्रविड’ भनिएको छ ।
मोहनदास करमचंद गांधी:
गान्धि द्वारा सन् १८९४ मा दक्षिण अफ्रिकाको विधान सभालाई लेखिएको पत्रमा भनिएको छ, ‘हामी भारतीय पनि हौं, युरोसियन पनि, हाम्रो जात एउटै छ, त्यसैले बेलायती शासकबाट राम्रो व्यवहारको अपेक्षा गर्छौं भन्न सम्म भ्यायको देखिन्छ र २७ दिसंबर १९२४ को काँग्रेस अधिवेशन मा गरेको भाषणमा पनि आर्य बाहिर बाटै आएको भनेका छन् ।
काँग्रेस यानि अङ्ग्रेजहरूकै क्लब कांग्रेस नै पछि संभ्रान्त जमिनदारहरूले सम्हालेर काङ्ग्रेस भएको सँग अङ्ग्रेजले ईण्डियालाई आजादी दिनु पहिले नै अङ्ग्रेस र कङ्ग्रेसको सम्झौता अुसार कङ्ग्रेसको अध्यक्षलाई नै प्रधान मन्त्रि बनाउने सहमति भैसकेको थियो ।
तेसबखत कङ्ग्रेसको अध्यक्ष मौलाना अबुलकलाम आजाद थिए । उनि छ वर्ष देखि कङ्ग्रेसको अध्यक्ष थिए ।
‘गान्धिले कङ्ग्रेसको अध्यक्ष मौलाना अबुलकलाम आजादलाई सन् १९४६ मा चिट्ठी लेखि विभिन्न कारणले नेहरूलाई अध्यक्ष बनाउनु पर्ने भयो राजिनामा देउ भनि स्पष्ट भाषामा भनि राजिनामा गराएका थिए । काङ्ग्रेस वृत्तमा नेहरूलाई नै गान्धिले प्रधानमन्त्रि बनाउनखोजेको भन्ने सबैतिर हल्ला फैलिसकेको थियो ।
कङ्ग्रेसको अध्यक्ष नियमले प्रान्तिय काङ्गेस कमिटीले चुन्ने विधान थियो । अत: औपचारिकता निभाउन प्रान्तिय कङ्ग्रेसको सिफारिस मागियो । सबै प्रान्तहरू गान्धिको चाहना नेहरूलाई नै देशको पहिलो प्रधानमन्त्री बनाउने छ भनेर जान्दथे तर १५ प्रान्तमा १२ प्रन्तले सरदार बल्लभभाइ पटेललाई सिफारिस गरे बाँकी ३ प्रान्तहरूले पनि अचार्य जेवि कृपलानी पट्टामी सितारमण रमैयालाई सिफारिस गरे नेहरूलाई कुनै प्रान्तले सिफारिस गरेनन् ।
सन् १९४६ अप्रिल २९ तारीकमा कङ्ग्रेसको कार्यसमिति बैठकमा जुन बैठकले पार्टी अध्यक्ष वा आगामी देशको पहिलो प्रधानमन्त्री छान्नु थियो यो बैठकमा कङ्ग्रेसका सबै गद्दावर नेताहरू उपस्थित थिए जसमा गान्धि, सरदार पटेल, आचार्य जेवि कृपलानी, राजेन्द्र प्रसाद, खान अब्दुल गव्वार खान हरू लगाएतका नेताहरू उपस्थित थिय । सिफारिस अनुसार अध्यक्ष छानिनुपर्ने सरदार पटेल नै थियो तर गान्धिले नेहरूलाई नै अध्यक्ष सिफारिस गरे । (‘GANDHI HIS LIFE AND THOUGHT’, J.B. KRIPALANI को बुक बाट, सो समयमा लेखक जेवि कृपलानी इण्डियन नेशनल काग्रेसको सचिव र आफै पनि अध्यक्षका उम्मेदवार पनि थिए ।)
गान्धि कस्को दवाब एवम् परिबन्धनमा परेर नेहरूलाई कङ्ग्रेसको अध्यक्षमा कङ्ग्रेसकै नियमले पनि प्रान्तिय काङ्गेस कमिटीले चुन्ने विधानलाई नै मिचेर नेहरूलाई नै नियुक्त गर्नु पर्यो होला ! अवश्य अङ्ग्रेज कै होला । अङ्ग्रेज को निर्देशन मा चलेकै हुन भने उनि हल्लामा आएजस्तै अफ्रिका जानु पूर्वनै अङ्गेजहरूकै सेनाको मेजर रहेको भन्ने (मेजर गान्धि) कुरालाई अझै बल मिल्दछ । अङ्ग्रेजका विरूद्धमा भट्किएको ईण्डियाको निर किसानको अङ्ग्रेज धपाउने आन्दोलनमा अफ्रिका देखि गान्धि ईण्डिया आएर निरआन्दोलनमा ओर्लिएर पछि आन्दोलनको कमाण्ड आफ्नो हातमा लिँदै अङ्ग्रेजलाई नै कुनै पनि क्षेति नहुनेगरी उफानमा रहेको आन्दोलन कसरी शान्त पारियो त्यो पनि संकास्पद नै देखिन्छ । अङ्ग्रेजहरूकै लगानीका निल प्रशोधन शालाहरू जर्मनमा केमिकल निर तयार हुन थाले पछि घाटामा जाने निश्चितप्राय भैसकेपछि यहीँ का जमिन्दारमा किस्ताबन्दी अशूलीमा हस्तन्तरण भयो जस्मा निर प्रशोधन उद्योगधन्दा डुबे पनि अङ्ग्रेजी लगानी डुबेन ।
यावत् कुराहरू हेर्दा सुभाष चन्द्र बोसले ‘तुम खुन दो मै आजादी दुंगा’ भन्दै अंग्रेजहरूको विरुद्ध लड्नका लागि विभिन्न देशहरूमा ‘आजाद हिन्द फौजको’ गठन गरेरकाले अफ्टेरो पार्ने निश्चित देखे पछी बोष बाट जनताको आकर्षण कम गर्न अहिंसाले पनि आन्दोलन हुन्छ भनि देखाउन शान्तिको आइकनको रूपमा बोषको चेक एण्ड व्यालेन्समा अप्रत्यक्ष रूपमा अङ्ग्रेजहरूले नै ग्रोमिङ् गरेर गान्धिलाई हुर्काएकाहुन कि भनि शंकाउत्पन्न गराउने धेरै कारणहरू भेटिन्छन् ।
जस्तो इण्डिया आजाद हुँदाताका नेहरू गान्धिका अङ्ग्रेज सँगका अन्दुरूनी सम्बन्ध को गहिरो अध्ययन एवम् अङ्ग्रेज भ्वाइसरायहरूका दस्तावेजहरू अध्ययन गरे सबै गुह्यकुरा खुल्नेनै छ । इण्डियामा १५ अगस्त १९४५ मा आजादी पछी पनि किन अङ्ग्रेज भ्वयसराय लर्डमाउन्टेनलाई नै गभर्नर जनरल नियुक्त गरीयो र पुलिस प्रशासन आर्मी सबैले रीपोर्टीङ्ग गभर्नर जनरललाई नै किन गर्दथ्यो । आजादी पछी पनि कमन वयल्थको हिस्सा किन इण्डियालाई बनाइयो । यसमा नेहरू गान्धिको अङ्ग्रेज सङ्ग तेस्तो के बाध्यता थियो कि सम्झौता …!?
राहुल सांस्कृत्यायन:
आर्यहरू आगन्तुक नै भएको ‘वोल्गा से गंगा’ बुकमा लेखेकाछन् जस्मा बीसवटा कथाहरूको संग्रह छ । यि कथाहरूमा आठहजार बर्ष पहिलेको वेल्गा नदी किनारमा मानव सभ्यताको उठान गरायर अहिले सम्मको मानव सभ्याताका अवस्थाहरूको सबै समस्याको निदान साम्यवाद भएको भन्नुका साथै यिनले पनि आर्य आगन्तुक जाति नै भएको जोडबल दिएर लेखेका छन् ।
यिनको भनाइले पनि आर्य शब्दको अर्थलाई नश्ल वा जातिमा सीमित गरी संकृण बनाउन मै बलमद्दत गर्दछ ।
आर्यवर्त वा जम्मुदिप महाभरत खण्डमा आर्यहरू बाहिरबाट आएका भन्ने सिद्धान्त हाल पूर्णतः गलत साबित भैसकेकोछ । यो सिद्धान्तको प्रवर्धन गराएर महाभारतखण्डमा कब्जा जमाउन चाहने बेलायती तथा युरोपेलीहरूले महाभारत खण्डका मानिसहरूमा पहिलेदेखि नै दास भइरहेका रहेछौँ भन्ने भावना सबै दिमागमा भर्न चाहेको देखिन्छ ।
यसका अलावा अंग्रेजहरूले उत्तर भारतीयहरूलाई आर्य र दक्षिण भारतीय द्रविडहरूलाई अनार्य भनेर आर्य अनार्य विभाजित गर्न चाहेको देखिन्छ । यसरी यहाँको इतिहास बङ्ग्यायर आपसमा जुधाउँदै आफूले राज गर्ने कलुषित धेय राखेको हाल आएर समयले छरपस्टै पारीसकेको छ । द्रविडलाई अनार्य वा अहिन्दू बनाउन अनेकन तानाबाना बुन्नेहरूले द्रविड क्षेत्रबाटै आफ्ना पूर्वजहरूको धर्म आस्थाको केन्द्र कैलास मानसरवर मुक्तिनाथ लगाएत हिमालयक्षेत्रका सनातन हिन्दूका तिर्थहरूमा आउने श्रद्धालु तिर्थायात्रीको संख्या देखेर र त संज्ञान लिनुपर्ने हो । बाहुनहरूलाई पनि बाहुनले गर्दा भक्तपूरबाट बेतिया लखेटीनु परेको आरिसले ब्रहमणबाद भन्दै केही कसैलाई आगन्तुक देखि अनेकप्रकारका आरोप लगाएर एकआपसमा द्वयस खडागराउन खोजी हिन्दू सनातन धर्मलाई नै आघात गर्न उद्दत छन् ।
विदेशिहरू द्वारा आर्य शब्दको अर्थ द्वारा सनातन हीन्दू धर्म संस्कारलाई नै आघात गर्ने कपटी ध्येयमा सनातनीहरू प्रष्ट हुनै पर्छ । आर्य अनार्य भनेर जातिय, आगन्तुक आक्रन्ता एवम् धार्मिक रङ्ग भर्ने र समाजमा विभेद ल्याउने चेस्टा अहिले एक्कैपटकमा नभएर प्रचक्रीहरूको धेरै पहिले देखिको लगातरको प्रयास र अविच्छिन्न जोडबलले आगाडी बढाई राखेको कुरा योगि नरहरिनाथले धेरै प्रष्ट पारीनै सक्नुभएको छ । हाल हाम्रो देशमा ‘आर्यन इन्वेजन थ्योरी’ का पक्षधरहरू जो विज्ञ नेता इतिहासविद् सामाजिक अभियान्ता या जे जे छन् तिनीहरू सबैजसोले महात्मा गान्धि देखि कार्लमाक्स सम्मको जन्मोत्सव मनाउन गतिछाडेर कुद्छन् तर आफ्नै राष्ट्रका राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाह लगाएत देशका वीरराङ्गना राष्ट्रिय विभूतिहरूलाई सम्झन पनि चाहान्नन् । यिनीहरूको नियत र ध्येय के हो सबैले संज्ञान लिनै पर्दछ !
‘Snakes in the Ganga: Breaking India 2.0’ जस्ता पुस्तकहरूले सविस्तारमा पहिले देखिनै विदेशीहरू, विदेशी शैक्षिक संस्थानहरू यिनका मतियारहरू र हाल आएर ईन्टरनेट वा सोसल नेटवर्किङ्का माध्यमले कसरी Correspondence Theory अनुसार पूर्विय सनातन धर्म संस्कार परम्पराहरू एवम् इतिहासमा आधात गर्न उद्दतरहेका छन् धेरैकुरा सप्रमाण खुलास गरेकाछन् ।
जात के हो ?
आर्य र अनार्य जातिको युद्ध धार्मिक ग्रन्थहरूमै उल्लेख छ भनेर समाज भाँड्न खोजियको पनि देखिन्छ । धर्मिक ग्रन्थमा उल्लेख गरेको आर्य भनेको उत्तम वा श्रेष्ठ गुण भएका र अनार्य भनेको द्रुगुण भएका विचको संघर्ष भनेको हो, आर्य र अनार्य भनेर दुई भिन्नाभिन्नै क्षेत्रका फरक फरक जाति सम्प्रदाय हैनन् । एउटै परिपवारमा आर्य वा अनार्य हुनसक्छन् । एउटै आर्य पूर्खाका पुलस्त्य र यिनका छोरा विस्रवा ऋषि आर्य हुने र पुलस्त्य का नाति एवम् विस्रवा छोरा रावण राक्षस वा अनार्य कसरी भए !? सद्गुण वा दुर्गुणका व्यवहार आचरण र ध्येयका आधारमा सद्गुणी श्रेष्ठहरूलाई आर्य र दुर्गुणी निकृष्टहरूलाई अनार्य भनिएको हो । आर्य र अनार्य (देवता र राक्षेस) विचको युद्ध भनेको फरक फरक जाति जाति सम्प्रदाय नभएर राम्रा गुणहरू भएका र नराम्रा गुणहरू भएका भनेको हो । आर्य र अनार्यको युद्ध ग्रन्थमा नै उल्लेख छ यिनीहरू फरक फरक स्थानका फरक फरक जाति सम्प्रदायका हुन् भन्दै यहाँको सामाजिक एकता विथोल्ने ध्येय राखेकाहरूले यहीँको जात जातिहरूमा द्वयसको आगो झोसीदिएका छन् । समाज विथोल्न चाहने प्रचक्रिहरूले सल्कायको आगोको धुवाँको कुहिरोमा सामाज रूमल्लिएकाले आफ्नो विरानो नबुझ्न सक्दा यहीँ यहीँका हामी आफू आफू मै भेद ठानी एक आपसमै द्वयस भाव राख्नपुग्नाले समाजमा अहिले यो द्वयस द्वन्द्वको राप समाजमा फैलिन खोजेको इतिहास देखि वर्तमान सम्मको समाज अध्ययन गर्दा प्रष्टै बुझ्न सकिन्छ ।
यो आर्यवर्त (सनातन हिन्दू क्षेत्र) मा मानव अन्यत्रबाट बसाई सरेर आएका र यहाँ धेरै पछि सम्म मान्छेनै नभएको स्थान ‘No man’s land’ हो भन्ने र यहाँका पछि आएका आर्यहरू आक्रान्ताहुन् भन्ने ‘The Aryan invasion theory’ प्रस्तुत गर्नेहरूले नेपालकै बुटवल तिनाउखोलामा भेटिएको प्राचिन मानवको अवशेषको बारेमा भएको वैज्ञानिक शोधको संज्ञान नभएर होलाकी, या सम्पूर्ण आर्यवर्तका सनातनीहरूको धार्मिक आस्थाको केन्द्र यहीँ कै कैलाश पर्वत लगाएत सम्पूर्ण हिमालय खण्डका तिर्थस्थलहरूको प्राचीनताको ज्ञान नभएर हो कि ? कि यहाँको संस्कारीत संस्कार र संमृद्ध ज्ञानलाई देखेर यहाँ आउने अनेकन आक्रन्ताहरूको प्रपञ्चमा यो आर्यावर्त जम्वुदिप खण्डमा अधिपत्यजमाउन शक, कुषाण, मुगल, अंग्रेज, फ्रेन्च, पोर्चुगिज, डच जस्ता विदेशी आक्रान्ताहरू द्वारा हजारौँ वर्षसम्म दुर्भाग्यपूर्ण दमनको चक्रव्युहमा फसेका र यिनै विदेशीहरूको अधिनष्त रहँदा उक्त समाज कम्जोर बनाउन अनेकन तरहले एक अर्कामा विभेद ल्याउन आर्य अनार्य वा आर्य द्रविड जस्ता अनेकन् जात जाति, भाषा, भेगमा फूटल्याई विभेदको आगो समाजमा झोसीदिएको देखिन्छ ।
यहीँका आर्यलाई विदेशी मूलको हो, भनि प्रमाणित गर्न कोहीले आर्यलाई मध्य एसियासँग जोड्ने, कोहीले युरोप सँग जोडेको देखिन्छ । कसैले उत्तरीध्रुवबाट आएको भनी भन्नेहरू संमृद्ध आर्यहरूको ज्ञान उनिहरूकै क्षेत्रबाटै आएकाहरूको हो भनेर ज्ञान आफ्नो बनाउने र यहाँकाहरूमा विभेदा खडागरी द्वन्द्व श्रृजना गराउन यस्तो प्रचार प्रसार गराइएको Correspondence Theory हो । म्याक्स मुलरले पहिले मिस्रबाटै सभ्यता यहाँ आएको भनेको थियो र उतैबाट आउनेहरूले संस्कृत भाषा बनाए र बेदको रचना गरे भनेको थियो । उसले यहाँ कुनै प्रचिन सभ्यता नरहेको (No man’s land) पनि भन्यो तर पछि फेरी सिन्धु घाँटी सभ्यताको उत्खनन भए पछी यहाँको प्रचिनता खल्वल्याउन वा सिन्धु घाँटी सभ्यताको डेटीङ् घटाउन उताकाले गरेको छटपटीले उनिहरूको नियत पहिल्यै प्रष्ट पारिसकेको छ । अन्ततः पछी सिन्धु घाँटी सभ्यता सबैका सामु आइसके पछी । फेरी उनिहरूले सिन्धु घाँटी सभ्यताको पतन पछी आएकाहरूले वेद र धर्मको रचना गरे भनि भन्न भ्याएको देखिन्छ । तेस्तो भए सिन्धु घाँटी सभ्यतामा पशुपतिको मूर्ति ऋगवेदमा उल्लेख भएझै मूर्तिहरू कसरी आए ।
आर्यवर्त वा जम्वुदिप क्षेत्रकै केही पश्चिमाहरूका प्रभावमा परेका वा स्वार्थ गाँसिएकाहरूले पनि पछि यस्तै गरी बदनियत पूर्ण यस्तो बोलेका केही उदाहरणहरू छन् तर यिनिहरूले एकपटक मात्र योगि नरहरिनाथलाई इण्डियामा किन यातना दिइयो, उनले सङ्कलन गरेका ऐतिहासिक दस्तावेजहरूमा किन क्षेति पुर्याइयो भनि अध्ययन गर्दा वा योगि नरहरिनाथका कृतिहरू मात्र अध्ययन गर्दा पनि हाम्रो अआफ्नो पूर्वज कूल स्वधर्मको स्ववोध हुनेछ । साथै विनायक दामोदरदास सावरकरको ‘छह स्वर्णिम पृष्ठ’ वा राजिव मलहोत्राको ‘SnakeS in the Ganga: Breaking India 2.0’ जस्ता पुस्तक मात्र हेरेपनि सनातन हिन्दू धर्म संस्कारमा आघात गर्ने ध्येय राखेकाहरूको ज्ञात हुनेछ !
सनातनी संस्कारमा ‘वसुधैव कुटुम्बकम् … ‘ वा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः …’ भन्ने सबैलाई कुटुम्ब र संसार भरीका सबैको भलो चाहने नै हो तर यहाँको यस्तो संस्कारलाई आघात नै गर्न उद्दतहुनेलाई ‘शब्द कल्पद्रुम’ को यो श्लोक ‘हीनं दुष्यति इति हिंदूजाती विशेष:…’ अर्थात् संकृण दुष्टहरूको नष्ट गर्नेलाई हिन्दू भनिन्छ ! भन्ने कुराको संज्ञान पनि होवस् !
अस्तु

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया