ऐतिहासिक कमलपोखरी नामेट पारी ठडिएको छायाँ कम्प्लेक्समा संलग्न हाइप्रोफाइल राणा, मल्ल र पाँडेहरु (नाम र लगानी रकमसहित)
दीग्गज गौतमः ठमेलस्थित हजारौं वर्ष पुरानो कमलपोखरी नामेट पार्न राणा शाहहरुले पनि सकेका थिएनन् । नेपाल खाल्डो भनिने काठमाडौं उपत्यकामा कुनैबेला शासन गरेका प्रधानहरुको आराध्य देव सिंह सार्थबाहु गरुड भगवानलाई कमलको फूल चढाउन निर्माण भएको कमलपोखरी राणा शासनमा हडपिएको थियो । तर, नामेट पार्न सकेनन् ।
पछि वीरेन्द्र शाह राजा हुँदा यसको विवाद टुंगो लगाउने उनले आफ्नी सम्धी अम्बिका राणा र प्रधानहरुका तर्फबाट हिरण्यश्वरमान प्रधानलाई डाकेर तत्काललाई कुरा मिलाएका थिए । तर, ऐतिहासिक प्रमाण रहेको कमलपोखरी नामेट पार्न सकिएन । गुठी संस्थानमा यसको प्रमाणहरु सबै फेला परेको छ ।
तर, माफिया शैलीमा नेपालका एकजना वित्तीय क्षेत्रमा प्रभाव जमाएका पृथ्वीबहादुर पाँडेले शक्ति निकाय सबै मिलाएर पोखरीको जग्गा हडपे । उनले यसका लागि कानूनको छिद्र खोज्न लगाउँदै योजना बुने । र्जजस्ती काठमाडौं महानगरपालिकाबाट नक्शा पास गर्न लगाएर छायाँ कम्प्लेक्स ठड्याए । त्यसका लागि जो जस्को साथ लिनुपर्छ उसलाई गोल्डेन शेयर पनि दिए ।
यसरी गोल्डेन शेयर लिनेहरुमध्ये कतिले श्रीमती, छोराछोरी या आफन्तका नाममा शेयर राखेका छन् । कतिपयले लगानी पनि गरेका छन् । नेपालपेनले यसरी छायाँदेवी कम्प्लेक्समा लगानी गर्नेहरुको नाम खोजेको छ ।
छायाँ सेन्टरका नाममा बनेको कम्प्लेक्समा शेयरधनीमध्य व्यापारिक घराना पाँडे परिवारका सदस्यहरुको संख्या उल्लेख्य छ । फ्री प्रेस नेपालले कम्पनि रजिष्ट्रार कार्यालयको स्रोत उल्लेख गरी सार्वजनिक गरेको नामावली र लगानी रकम अनुसार चर्चित व्यापारी पृथ्वी बहादुर पाँडेको ७ करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ ।
पृथ्वी बहादुर पाँडे- ७ करोड ७८ लाख ३४ हजार ६ सय
दिपकमान शेरचन- ४ करोड ७३ लाख ७१ हजार
महेश्वर प्रकाश श्रेष्ठ-३ करोड ३० लाख ५५ हजार
सिद्धान्तराज पाण्डेय- ३३ लाख ७० हजार
योगेन्द्रबहादुर शाक्य- ९४ लाख एक सय
विकाश थापा- ८३ लाख ५५ हजार
प्रजन्य राजभण्डारी- २ करोड ५० लाख ६७ हजार
सिद्धान्त बहादुर पाँडे- १९ लाख ७२ हजार
राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि.- २ करोड २४ लाख ४ हजार
सुरेश लाल श्रेष्ठ- ५२ लाख
ज्ञानेन्द्र खनाल- १ करोड
सिताराम महासेठ- १ करोड
हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिं- ३ करोड ४८ लाख
महेन्द्रलाल प्रधान- २ करोड ६७ लाख ३८ हजार
रवीन्द्र राजभण्डारी- ५० लाख
महेश खनाल-५० लाख
दिक्षान्त दाहाल-७ लाख ५० हजार
आशिष पौड्याल- ४० लाख
योगेश भण्डारी- १ करोड १५ लाख
सुमन विक्रम पाण्डे- २ करोड
अनु पाण्डे पन्त- ७८ लाख
नेमेन्द्र जंग थापा- १ करोड
मिजास भट्टचन- ३ करोड ५४ लाख १९ हजार ८ सय
किरण मान शेरचन- ६८ लाख २ हजार
मनोहर प्रसाद शेरचन- १ करोड ६० लाख ४३ हजार
शान्त बहादुर मल्ल- ९४ लाख १ सय
ध्रवनारायण श्रेष्ठ-६२ लाख ६६ हजार ८ सय
प्रयुष राजभण्डारी- ५० लाख
प्रणय राजभण्डारी- ५० लाख
उर्मिला पाण्डे- ७१ लाख ५० हजार
पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि.-४८ लाख
पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा- २५ लाख उ
सिन्धु राणा-२५ लाख
स्याकार ट्रडिङ कम्पनि प्रा.लि.- ३ करोड ५० लाख
रेखा घिमिरे- ३ करोड १० लाख
इन्दु शर्मा-९ लाख
प्रज्वल भण्डारी- ८५ लाख
प्रतिमा पाँडे-१ करोड २२ लाख ४४ हजार ४ सय
निर्मल प्रधान-६ करोड ५० लाख
लक्ष्मी शाक्य- १० लाख
प्रेम शेभा तुलाधर- ४० लाख
रक्षक महत- ५० लाख
पारुल पाँडे- ८ लाख ७७ हजार २ सय
अदालतमा मुद्या विचाराधीन रहेकै अवस्थामा छायाँ देवी कम्प्लेक्स पब्लिक लिमिटेडको नाममा आइपीओ खोल्ने प्रक्रिया बढाइएको छ । यसका लागि २१ साउनमा सूचना जारी गरी साधारण सभा डाकिएको छ । १० भदौमा डाकिएको साधारणसभाको मुख्य उद्देश्य नै आइपीओ खोल्ने प्रस्ताव पारित गर्नु हो । यसका लागि कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने विषय प्रस्तावमा राखेको छ ।
सार्वजनिक जग्गामा बनाएको भवन र त्यसमाथि पनि अदालतमा मुद्या विचाराधीन रहेकोमा आइपीओ खोल्न खोज्नुले तरंग ल्याएको छ । कम्पनी घाटामा गएपछि पृथ्वीबहादुर पाँडेको योजनामा आइपीओ खोल्न लागिएको बुझिएको छ । कमलपोखरीको विवादमा सर्वसाधारणलाई पार्न पाँडेले यस्तो योजना बुनेका हुन् ।