१० जेष्ठ २०८१, बिहिबार | May 23, 2024

अमेरिका-चीन युद्धक्षेत्र बन्न सक्छ ताइवान


0
Shares
विपिन देवः रुस-युक्रेन युद्धको पनाकम्पनबाट विश्व अथर्तन्त्र शिथिलिकरणको अवस्थामा गइरहेको छ । नयॉ गठवन्धन र नयॉ गठजोडले भू-राजनीतिक जटिलता बढिरहेको छ । अमेरिकाको अगुवाईमा क्वार्ड  अमेरिका, जापान, अष्ट्रेलीया र भारत), अक्स (अमेरिका, अष्ट्रेलीया र वेलायत) र यू.टु.आई.टु.   (अमेरिका, इजरायल यू.एई र भारत) निर्माण भएको छ । चीन र रुसको सघन सम्बन्धले मध्ये एसिया लगायत दक्षीण एसियालाई समेत प्रभावित गरेको छ । अन्तर्राष्ट्रिय मुद्दा उठान गरिरहेका संघ संस्थाहरूको औचित्य र सान्र्दभिकता समेत प्रश्नको घेरामा देखिएको छ ।
संघाई सहयोग संगठन, ब्रिकस, बिम्सटेक लगायत इस्लामिक सहयोग संगठनले पनि आफ्नै कार्यक्रमलाई धरातलीय यर्थात् रूपान्तर गर्न सकेको छैन । रसिया–यूक्रेन युद्धले गर्दा यूरोपेली युनियन, अमेरिका लगायत प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू प्रजातन्त्र, मानव अधिकार, खुलाबजार र खुला समाजको आवरणमा सघनतालाई बलियो बनाइरहेको छ भने चीनले दक्षिण चीन सागरमा पह‘ुच र पकडलाई बलियो बनाइरहेको छ ।
चीनको दक्षिण चीन सागरमा बढ्दो सैनिक उपस्थितिले गर्दा अमेरिका लगायत आशियान मुलुकहरू समेत दक्षिण चीन सागरमा आफ्नो सैन्य भण्डारण गरिरहेको छ । दक्षिण चीन सागर कुरूक्षेत्रमा रूपान्तरीत भइरहेको छ । दक्षिण चीन सागरमा भइरहेको सैन्य भण्डारणले ताइवानको अस्तीत्वमा खतरा हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिदैन । युक्रेन जस्तै ताइवान पनि युद्धस्थल हुन सक्ने सम्भावनाको बारेमा विभिन्न कूटनीतिक दृष्टिकोणहरू रहेको छ । ताइवानको अवस्थालाई सुक्षम विश्लेषण गर्न चीन-ताइवान सम्वन्धलाई आलोकित गर्न उपयुक्त देखिन्छ ।
इतिहासको आरोह र अवरोहमा चीन शासक, सामन्त, सम्राज्यवाद अधिनायकवादको चपेटमा रहेको थियो । १६ औं सताब्दीमा चिङ सम्राज्यलाई पराजय गरेर चीनमा मिङ्ग सम्राज्यले हैकम चलाएका थिए । ताइवान चीनबाट मात्र १६० किलोमिटर टाढा रहेको थियो । तत्कालीन समयमा ताइवान डचको मातहतमा थियो । सामुन्द्रिक खोज र शक्ति संचयमा डचको वाहुल्यता थियो । कालान्तरमा मिङ्ग समाज्यबाट पराजीत भई चिङ सम्राज्य ताइवान पुग्दै डचलाई हराउ‘न सफल भए । चीङ्ग सम्राज्यले ताइवान माथि २०० वर्षसम्म शासन गरे । सन् १६९४ ताका जापानले चीनमा आक्रमण  गरे । तत्कालीन समयमा जापान शक्ति र सार्मथयको समीकरणमा निकै अब्वल थियो । अर्थात् जापानले चीनमा आक्रमण गर्दा कोरीयन भू-भाग लगायत ताइवानलाई समेत लिएको थियो । तदउपरान्त ताइवानमा निरन्तर रूपले ५० वर्षसमम जापानले शासन गर्यो । जापानको आक्रमण पछि सभ्यता र सस्कृतीका सम्वाहक चीन खण्ड विखण्ड भयो ।
गरिवी र पछौटेपनले गर्दा चीनमा क्रान्तीको विजारोपण भयो । यही पृष्टभूमीमा चीनमा एक महानायकको जन्म भयो । कुमत्याग पार्टीका मुखियाको रुपमा महानायकको रूपमा सन्यात सेनको उदय भयो । सन्यात सेनले राष्ट्रवादको धुनलाई गुन्जित गर्दै खण्ड र विखण्ड भूमिलाई एकीकरण गरे । साथ साथै माऔको नेतृत्वमा कम्युनिष्ट पार्टीको समेत निर्माण भयो । राष्ट्रवादी र कम्युनिष्ट पार्टी विच निरन्तर द्वन्दले गर्दा चीन गृह युद्धको भूमरीमा फस्यो । सन् १९२७ देखि सन् १९५० सम्म चीनमा दुई पृथक विचार विच द्वन्द र संग्राम देखिन्छ । इतिहासको यही कालखण्डमा जापानले पुनः चीनमा आक्रमण गरे । सन् १८९६ ताका जापानले चीनमा आक्रमण गर्दा चीनको अवस्था वडो दर्दनाक थियो । इतिहासको त्यही कालखण्डमा भारत पनि माहात्मा गान्धीको नेतृत्वमा स्वतन्त्रता संग्रामको होमिएको थियो ।
रोचक पक्ष के छ भने जापानले चीनमा आक्रामण गर्दा चीनको कम्युनिष्ट पार्टी र राष्ट्रवादी पार्टी सन यात सेनको नेतृत्वले सहकार्य गरेका थिए । राष्ट्रवादको मोर्चाको आधारमा दुई शक्तिहरूले जापानको विरुद्ध युद्ध गरेको थियो । अर्को रोचक पक्ष के छ भने चीनिया क्रानतीकारीहरूले भारतीय राष्ट्रीय काङ्ग्रेसलाई रसद पामनीको साथ साथै नैतिक सर्मथनका लागि समेत आग्रह गरेका थिए । पण्डित जवाहर लाल नहरुको निर्देशमा भारतवाट रसद पानीको वन्दोवस्तको साथै चिकिस्तकको टोली समेत आएर चीनिया जनताहरूलाई सहयोग गरेका थिए । चीनिया जनतालाई सर्मथन दिनुका साथै चीनको पक्षमा भातरले जापानी समानहरूलाई समेत वहिष्कार गरेका थिए । तत्कालीन समयमा गान्धीको नैतिक वलको हुंकार र डंकारले विश्व कूटनीति तरङित हुने गथ्र्यो ।
सन् १९४५ ताका अमेरिकाले जापानलाई आणविक आक्रमण गर्दा जापानको दम्भ र सार्मथ्य चकनाचुर भयो । राष्ट्रवादी शक्तिलाई पराजित गर्दै चीनमा कम्युनिष्ट पार्टीको उदय भयो ।
राष्ट्रवादी शक्तिहरू (कूमटंभाग पार्टी) ताइवानलाई कार्यक्षेत्र बनाए । सन् १९४९ मा राष्ट्रवादी शक्तिको नेताको रुपमा ताइवान नै मुख्य चीन भएको घोषणा गरे । ताइवानमा प्रजातान्त्रिक पदतिको सुरुवात भयो । विधिवत्त रुपमा ताइवान संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरे । ताइवानको स्वतन्त्रता र सार्वभौमिक्ता कम्युनिष्ट सत्तालाई मान्य थिएन । सख् १९५० ताका चीनले ताइवानका आक्रमण गर्दा अमेरिकाले हस्तक्षेप गरे । अर्को शब्दमा भन्ने हो भने अमेरिकाको हस्तक्षेपको कारणले गर्दा ताइवान स्वतन्त्र राष्ट्रको रूपमा अनुमोदित भएको थियो ।
तर भियतनाम युद्ध पश्चात अमेरिकी नीतिमा परिर्वतन देखियो । निक्सन र हेनरी किसिनजर सोभीयत रुसको विकल्पमा रणनीतिमा साझेदारको खोजीमा थियो । अर्थात् अमेरिकालाई चीनको टड्कारो आवश्यक्ता थियो । यही पृष्टभूमिमा अमेरिकाले एक चीन नीतिलाई अनुमोदन गर्यो । एक नीति अनुरुप अमेरिकाले ताइवानलाई स्वतन्त्रता राष्ट्रको रुपमा घोषणा गरेको निर्णयबाट एक पाइला पछाडि हटे । कूटनीति प्रतिरक्षाको सिद्धान्त अनुरुप सन् १९७८ मा “ताइवान रीलेसेन एक्ट” लाई लागु गर्दै ताइवानलाई सहयोग गर्न अमेरिका तत्परता देखाए । वर्तमान अवस्था पृथक देखिन्छ । २४ मिलियन जनता भएका ताइवान विशवको २० अर्थतन्त्र भित्र नै पर्दछ । चिनियाँ जनताको भन्दा ताइवानी जनताको प्रति व्यक्ति आय ५ गुणा अधिक छ । ताइवानका टि.एम.सि कम्पनीले विशवका प्रयोग हुने सेमीकण्डकटर चीप्सको ९२ प्रतिशत उत्पादन गर्दछ ।
अर्थात् संसारको विद्युत्तिय परिर्वतन र विकासको साचो ताइवानको हातमा रहेको छ । अमेरीकाले कूटनीतिक सम्बन्ध ‘अमेरिकन इनसटियूट अफ ताइवान’ को माध्यमबाट गर्दछ । भौगोलिक वनौट र प्रविधि उत्पादनले गर्दा अमेरिका यूरोप, जापान र भारत लगायत अन्य मुलुकहरूको विकास ताइवानसंग जोडिएको छ । चीनिया कम्युनिष्ट पार्टीको दिशानिर्देश अनुसार एक दशक भित्र नै ताइवानलाई निल्न राष्ट्रपति सी उद्धत भएका छन् ।
प्रतिकारमा अमेरिकाले हातहतियार सहित ताइवानको रक्षामा दक्षिण चीन सागरमा संसारको सर्वशक्तिमान सेभेन फिलिट तैनाथ गरेका छन् । वर्तमान परिवेशमा चीनले २० प्वाइन्टमा सैनिक भण्डारण गरेका छन् भने अमेरिकाले २०० वेस क्याम्प रहेको छ । ताइवानीहरू खुला समाज र प्रजातान्त्रिक पद्वतिमा अभ्यासरत भएका छन् ।
यस परिवेशमा चीनले ताइवानलाई आक्रमण गरेको खण्डमा प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू ताइवानको पक्षमा देखिन्छ । जानकारहरूको अनुसार चीनले आक्रमक्ता देखाएको खण्डमा चीनको आर्थिक महत्वांकाक्षा चकनाचुर हुनेछ । किनकी चिनियाँ बजार रलगानी यूरोप, अमेरिका, जापान र आशियानको बजारमा निर्भर रहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया