१० बैशाख २०८३, बिहिबार | April 23, 2026

नेपालमा हिन्दु एकता किन

ÓñªÓÑÇÓñ¬ÓÑçÓñ ÓñòÓÑçÓñ©ÓÑÇ


0
Shares

दीपेश केसीः १८औं शताब्दीमा सँसारमा हिन्दु राज्य नै नरहेनसम्मको अवस्था पैदा भएको थियो । सुरुमा इस्लाम र पछि इशाईहरुले भारतवर्ष भनिने वर्तमान भारत र आसपासका देशहरुमा प्रभुत्व जमाए । हिन्दु शासकहरु एकपछि अर्को गरी ढल्दै गरे । शासनसत्ता ढलेपनि हिन्दु धर्मालम्बीहरुको धर्मान्तरण उनीहरुले कल्पना गरेको भन्दा सुस्त भयो । आफ्नो धर्म संस्कृतिको रक्षाका लागि कतिपय हिन्दु बाहुल्य सुरक्षित स्थानमा बसाईं सर्न थाले । तर, कुनैपनि धर्म संस्कृतिको रक्षा गर्ने मूल निकाय बलियो राज्य नै हो । कमजोर हिन्दु राज्यहरु तासको पत्ता जस्तै धमाधम ढले । अफगानिस्तानमा त हिन्दु र बौद्ध धर्मालम्बीलाई निमिट्यान्न पार्ने योजनाहरु लगभग सफलतातर्फ बढिरहेको थियो । अहिलेको भारतमा धेरै हिन्दु राज्यहरु थिए । कतिपय मुगलकालमा पनि अस्तित्वमा रहे । तर, ब्रिटिशकालमा तीनको अस्तित्व नाममा मात्र सिमित हुनपुग्यो ।

हिन्दुको अस्तित्व नै समाप्त हुने अवस्था बनेको अवस्थाबीच पृथ्वीनारायण शाह जस्तो निडर र दुरदर्शी व्यक्तिको उदय भयो । सँसारभर हिन्दु राज्य कहीं बाँकी नभएको अवस्थामा उनले नेपाल एकीकरण गरे । त्यो एकीकरणभित्र विश्वभर नामेट हुनलागेको हिन्दु राज्यको अस्तित्व जोगाउनु पनि थियो । त्यसैले उनले एकीकरणमा नाथ समुदायका योगीहरुबाट भरपूर साथ पाए । योगी भगवन्तनाथ त नेपाल एकीकरणका रणनीतिकार नै थिए । यो गोर्खाको बहादुर राजकुमारको महत्वाकांक्षाको परिणाम थिएन । यसभित्र हिन्दुको पवित्र केन्द्रभूमिको रक्षाका लागि थियो । यसकारण पृथ्वीनारायण शाहको दिव्योपदेशमा नेपाललाई असली हिन्दुस्थान त्यसै भनिएको होइन ।

इशाईं अंग्रेजबाट उपनिवेश विस्तार सँगै सांस्कृतिक आक्रमण भइरहँदा नेपाल एकीकरण गरेपनि गर्वका साथ पृथ्वीनारायण शाहले ‘असली हिन्दुस्थान’ भनेका हुन् । विश्वभर हिन्दु राज्य नामेट पार्न खोज्दा नेपाललाई एकीकरण गरी अंग्रेजको उपनिवेशबाट जोगाउन मात्र सफल भएनन् उनी यहाँको सांस्कृतिक संवेदनशीलतामा तत्कालीन ब्रिटिश शासकहरुलाई गम्भीर बन्न वाध्य बनाए । त्यसपछि नेपालमा सिधै सैन्य बल

प्रतिक्रिया