२३ भाद्र २०८१, आइतबार | September 8, 2024

राजा वीरेन्द्रको विदेशमा रहेको सम्पत्तिमा बिनोद चौधरीको रजाईँ, राज्यलाई अरबौं नोक्शानी पुर्याएको पुर्याई


83
Shares

काठमाडौं, २१ साउन । राजा वीरेन्द्र शाह र उनको परिवारको वंशनाश हुँदा सिंगो देश नै शोकाकुल भयो । तर, केही व्यक्तिहरुलाई भने दरबारहत्याकाण्डले धर्तीबाट एकैपटक उचाईमा पुर्यायो । यसरी उचाईमा पुग्ने पात्र हुन् नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी ।

दरबार हत्याकाण्डपछि नै बिनोद चौधरीको सम्पत्ति रात दुई गुणा दिन चौगुणा वृद्धि भयो । यसको कारण हो राजा वीरेन्द्र र परिवारको विदेशस्थित सम्पत्ति हात पार्नु । विश्वस्त स्रोतका अनुसार विदेशमा राजा वीरेन्द्र शाहको सम्पत्ति चौधरीले नै चलाएका थिए । जसमध्ये मालदिभ्स र दुबईको ताज होटल पनि रहेको छ ।

सार्कका संस्थापक नेतामध्ये राजा वीरेन्द्र पनि एक थिए । उनको मालदिभ्सका तत्कालीन राष्ट्रपति मोहम्मद अब्दुल गयुमसँग सुमधुर सम्बन्ध थियो । गयुमले मालदिभ्सको ताज होटल बनाउन राजा वीरेन्द्रलाई जग्गा उपहारको रुपमा दिएका थिए । त्यो बिनोद चौधरीको हातमा कसरी पुग्यो ?

दुबईस्थित ताज होटल पनि चौधरीको हातमा कसरी पुग्यो ? जबकि त्यो पनि भित्री रुपमा वीरेन्द्रकै थियो । दुबईका सुल्तानले होटल बनाउन जग्गा उपहार दिएका थिए ।  विश्वका शक्तिशाली नेतासँग सुमधुर सम्बन्ध बनाएका थिए वीरेन्द्रले । उनले विश्वास गरेका व्यक्तिहरुलाई त्यस्ता सम्पत्तिको संचालनको जिम्मा दिएका थिए । जसमध्ये थिए बिनोद चौधरी ।

विश्वस्त स्रोतका अनुसार दरबार हत्याकाण्डपछि वीरेन्द्रको सम्पत्ति खोज्न गोप्य कार्यदल बनेको थियो जसमा विदेशीहरु संलग्न थिए । त्यसले वीरेन्द्रको सम्पत्ति खोजेको थियो । उक्त कार्यदलले विभिन्न देशमा रहेको वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्तिको लगत निकालेको थियो । तर, पछि अधिकांश सम्पत्ति बिनोद चौधरीको हातमा परेको छ । त्यही सम्पत्तिले उनी डलर अर्बपति बन्न पुगे ।

राजा देखि प्रधानमन्त्रीहरुलाई प्रयोग

बिनोद चौधरीले राजा वीरेन्द्र देखि देशमा प्रधानमन्त्री भएका धेरैजसोको विश्वास जित्न सके । तर, उनले ती सबैलाई प्रयोग गरे । उनले सबैभन्दा प्रयोग राजा वीरेन्द्रलाई गरे । स्वच्छ र सोझो छविका राजाको परिचय बोकेकाले वीरेन्द्र शाहले विदेशमा आफ्नो नाममा कमैमात्र सम्पत्ति राखे । जे जति लगानीहरु गरे ती सबै विश्वासपात्रमार्फत् गरे । त्यसमध्ये मुख्य थिए बिनोद चौधरी ।

यतिसम्मकी चौधरीले सूर्यबहादुर थापा जस्ता राजनीतिका चतुर खेलाडीलाई समेत प्रयोग गरे । गिरिजाप्रसाद कोइराला देखि केपी शर्मा ओली समेतलाई प्रयोग गर्न सके ।
विगतमा राजाका विश्वासपात्र उनी गिरिजाप्रसाद कोइरालासँग नजिक बनेर फाइदा लिन सके । केपी ओलीबाट पनि फाइदा उठाए । उनी सुरुमा काँग्रेससँग नजिक रहेका थिए । पछि छाडेर एमालेसँग नजिक रहे । एमालेबाट अर्थमन्त्री बनेका भरतमोहन अधिकारीसँग विशेष सम्बन्ध बनाए । तर, भरतमोहन कमजोर भएपछि उनले एमाले छाडे ।

काँग्रेस पसेर चौधरी प्रत्यक्ष निर्वाचित सांसद बन्न सके । उनले चुनावमा टिकट लिन र भोट लिन ठूलै लगानी गरेको बुझिएको छ ।

कर तिर्नेमा पछाडि

बिनौद चौधरी नेपालको सबैभन्दा धनी हुन् । रोचक त यो छ कि उनी रोजगारी सृजना र कर तिर्नेमा अरुभन्दा पछाडि छन् । यो कसरी भयो ? वास्तवमा उनी नेपालमा भन्दा विदेशमा लगानी गरेर धनी बनेका हुन् । देशमा भएका लगानी पनि धमाधम विदेश लगिरहेका छन् । रोजगारीको अवसर बढीभन्दा बढी सृजना गर्नुपर्नेमा घटाइरहेका छन् ।

चौधरीको कम्पनि चौधरी ग्रुप पनि सबैभन्दा बढी कर तिर्नेमा पर्दैन । बरु कर छलीमा उनी पटक पटक विवादमा परेका छन् । भरतमोहन अर्थमन्त्री हुँदा उनले कर छलेको विषय पटक पटक उठ्यो । तर, राजनीतिक पहुँचमा सधै उन्मुक्ति पाइरहे ।

टेलिकममा चौधरीको आँखा किन

बिनोद चौधरीले दूरसञ्चार क्षेत्रमा लगानी गरेका छन् । उनको यस क्षेत्रमा लगानी पैसाको भन्दा पहुँच र प्रभावबाट लाइसेन्स लिने र त्यसवापत् निश्चित प्रतिशत शेयर आफ्नो पारेर विदेशी लगानीकर्ता ल्याउने नै हो । चाउचाउ र सिमेन्ट कम्पनीमा नोक्शानी भोग्न थालेपछि चौधरीको ध्यान टेलिकमतर्फ गएको हो ।

सीजी टेलिकममा चौधरीले टर्कीको कम्पनीलाई साझेदारको रुपमा भित्राउन लागेका छन् । उनले उक्त कम्पनीसँग सीजीलाई लाइसेन्स दिलाएवापत्को निश्चित प्रतिशत शेयर लिएर उसको लगानी भित्राउन खोजेका हुन् ।

चौधरीको यो भूमिकाबाट दक्षिणी छिमेकी भारत सतर्क भएको बुझिएको छ । टर्कीसँग भारतको सम्बन्धमा चीसोपन आइरहेको छ । मुस्लिम अतिवादीलाई लगानी गर्ने गतिविधि टर्कीले गरेको विषय उठ्दै आएको छ । त्यसप्रति भारत सतर्क छ । टर्कीको लगानी सीजीले भित्राउन खोजेबाट प्रश्नहरु खडा भएका छन् ।

एकातर्फ, चौधरी आफू भारतीय मूलको भन्दै भारत पुग्ने गरेका छन् । त्यहाँका केही नेताहरुसँग मधेशी र मारवादी समुदायहरु नेपालमा हेपिएको भन्दै कुरा राख्ने गरेका छन् । अर्कोतर्फ, उनी भारतसँग सम्बन्ध चीसो रहेका देशका ठूलो कम्पनीसँग मिलेर काम गरिरहेका छन् । भारतले बन्द गराएको चिनियाँ कम्पनी हुवाबेसँग मिलेर सीजीले काम गरिसकेको छ । सीजीले हुवाबेसँग मिलेर पहिलो डाटा सेन्टर नै बनाएको छ ।

स्मार्टको टेलिकमको लाइसेन्स खारेज हुनलाग्दा चौधरीले सिधै लिन खोजे । यो लाइसेन्सको लिलाम हुनुपर्नेमा चौधरीले सिधै लिन खोजेका थिए । देशभर चलाउन पाउने गरी स्मार्टले लाइसेन्स लिएकाले चौधरीको आँखा लागेको थियो ।

स्मार्टले सरकारलाई तिर्नुपर्ने २० अर्बको कर नै छल्ने प्रपञ्च भएको थियो यो प्रकरणमा । सीजीले सिधै हात पारेर उक्त कर छल्न खोजिएको हो ।

देशको पैसा सिधै विदेश

चौधरीले देशको पैसा सिधै विदेश लाने योजनावद्ध तरिकाले गतिविधि गर्दै आएका छन् । नाबिल बैंकमा विदेशी लगानीको नाफा रकम भन्दै देशको धन बाहिर पुर्याउने गरेका छन् चौधरीले । यसरी लगिएका रकमको आयकरको प्रश्न छँदैछ । नेपाल राष्ट्र बैंक चौधरीले योजनावद्ध तरिकाले रकम लाँदा पनि मौन छ । यो एक प्रकारको विदेशी रकम बाहिर पठाएर मनी लन्ड्रिङ गतिविधि पनि हो ।

विदेशी वित्तिय संस्थाले मात्र नेपालको बैंकमा लगानी गर्न पाउने नियमावलीमा स्पष्ट छ । नाबिल बैंकमा लगानी आइरल्यान्ण्डको कम्पनी गैर वित्तिय संस्था कम्पनी हो । अफसर आइरल्याण्ड कम्पनीले नाबिलमा लगानी गरेको छ । उसको लगानी नै पारदर्शी छैन । यसमा कारबाही गर्नुपर्नेमा राजनीतिक दबाबका कारण रोकिएको छ । अफसोर कम्पनीको लगानी र विदेशमा नाफा लाने कदम नै शंकास्पद छ । यो सिधा मनी लन्ड्रिङ हो ।

नेपालमा मनी लन्ड्रिङका गतिविधिलाई जिम्मेवार निकायले समेत कारबाही नगरेपछि फाइनान्सिङ एक्सन ट्रास्क फोर्स एफएटीएफ ले कालो सूचीमा राख्न खोजिरहेको छ । यसमा चौधरीको नाबिल बैंकमा लगानी गर्ने आइरल्यान्डको अफसोर कम्पनी पनि एउटा मुख्य कारण हो । आइरल्यान्डको उक्त कम्पनीले कसरी बैंकको शेयर किन्यो ? यसबारे अनुसन्धान निकायलाई जानकारी भएपनि राजनीतिक दबाबका कारण रोकियो । पछिल्लो समय अनुसन्धान बढेको विश्वस्त स्रोतले बताएको छ ।

बिनोद चौधरी नेपाली नागरिक हुन् । उनले सँसारको जुनसुकै देशमा लगानी गरेपनि आफ्नो आयको घोषणा गरी कर तिर्नुपर्छ । तर, उनले विदेशमा कमाएको धनको कर तिरेका छैनन् देशलाई । अमेरिका तथा यूरोपका जुनसुकै देशका नागरिकले विदेशमा कमाएको रकमको कर तिर्नेगर्छ । तर, नेपालमा विदेशमा आर्जन गरेको धनको कर नतिरी चौधरीले चौतर्फी लाभ लिइरहेका छन् ।

चौधरीको हातमा रहेको नाबिल बैंकमा नेपाल ट्रष्टको आधा अर्बभन्दा बढी रकम बराबरको शेयर रहेको । नेपाल ट्रष्ट राजा वीरेन्द्र र उनको परिवारको नामको सम्पत्ति राष्ट्रियकरणका लागि गठन गरिएको संस्था हो । यसको चल सम्पत्ति पनि चौधरीको नियन्त्रणमा रहेको बैंंकमा रहनु रोचक पक्ष हो ।

सरकारी संस्थाको जग्गामा नियन्त्रण

बिनौद चौधरीका नेपालस्थित कम्पनीहरुले महत्वपूर्ण स्थानका जग्गाहरुमा नियन्त्रण बनाएको छ । साल्ट ट्रेडिङ, खाद्य संस्थान जस्ता जग्गाहरु चौधरी ग्रुपको नियन्त्रणमा रहेको छ । ती जग्गाहरु कौडीको मूल्यमा भाडामा लिइएको छ । बजारमा चल्तीको भन्दा निकै कम मूल्यमा भाडामा लिइएका त्यस्ता जग्गाबाट उसले ठूलो फाइदा उठाइरहेको छ । यसतर्फ पनि जिम्मेवार निकायले ध्यान दिन सकेको छैन ।

 

प्रतिक्रिया