१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विश्वकप फुटबलमा जापानकी गोल मेशिन हिनाता


0
Shares

एजेन्सी, २० साउन । विश्वकप फुटबलमा जापानकी हिनाता मियाजावा निकै हावी देखिएकी छिन् । उनको खेलकौशलले जापान विश्वकपको प्रबल दाबेदार देखिएको छ ।

जापानले समूह चरणमा कुनै गोल खाएन । तीनवटै खेल जित्यो । स्पेन जस्तो बलियो प्रतिष्पर्धीमाथि ४-० गोल अन्तरको जीत निकाल्यो । जाम्बियामाथि ५-० र कोस्टारिकामाथि २-० को जीत निकालेपछि जापान बलियो टोलीका रुपमा देखापर्यो ।

गोल मेशिन हिनाताले समूह चरणमा चार गोल गरिन् । क्वाटरफाइनलमा प्रवेश गर्दा नर्वेलाई पराजित गर्यो जापानले । हिनाताले गोल गर्दै जारी विश्वकपमा सर्वाधिक गोलकर्ता छिन् । उनको ५ गोल भइसकेको छ ।

२३ वर्षीया हिनाता ५ फिट ३ इन्च अग्ली छिन् । उनको छरितो खेलशैली हेर्नलायक छ । गोल गर्ने अवसर खेल फाल्दिनन् हिनाता ।

आक्रामक मिडफिल्डर हुन् हिनाता । उनले जापानका लागि यू १७ र यू २० मा सहभागिता जनाइसकेकी थिइन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया