४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

टेलिकमका एमडी सुनिल पौडेल अख्तियारको मुद्या रोक्न विफल, बयानलगत्तै मुद्या दर्ताको तयारी


0
Shares

काठमाडौं, १८ साउन । भ्रष्टाचार गरेको खुलेपछि नेपाल टेलिकमका प्रबन्धक निर्देशक सुनिल पौडेल अख्तियारबाट जोगिने अन्तिम दौडधूपमा छन् । उनले सत्तारुढ मुख्य दलका नेताहरुसम्म मान्छे पठाएर हारगुहार गरिरहेका छन् । तर, भ्रष्टाचारबाट उम्कने ठाउँ कतै नदेखिएपछि असफल हुने निश्चित छ ।

अख्तियारले सुनिल पौडेलसँग बयान लगातार लिएको छ । बयान सकिएपछि उनीमाथि अख्तियारले मुद्या दर्ता गर्ने तयारी गरेको छ ।

नेसनल पेमेन्ट गेटवेमा घोटाला पाइएपछि उनीमाथि मुद्या दर्ताको तयारी भएपछि रोक्न ठूलै शक्ति लागेको हो । उनलाई टेलिकममा ल्याउन एउटा गिराहले दशौं करोड खर्च गरेको थियो । त्यसको कारण हो टेलिकममा हुने अरबौंको ठेक्का हात पार्ने ।

नभन्दै सुनिलमाथि अख्तियारले मुद्या दर्ता गर्ने तयारी गरेपछि लामो समय देखि खोल्ने र रद्द गर्ने गरिएको नेपाल दूरसञ्चारको बोलपत्र नं एनडीसीएल/डब्लुसीएसडी/आइसीबी ०६/०७८–७९ को प्वाइन्ट अफ इन्टरकनेक्ट सिस्टमको बोलपत्रमा अन्य प्रतिष्पर्धी कम्पनीलाई प्राविधिक मूल्यांकनमा छनोट नगरी चिनियाँ कम्पनी हुवाबेलाई मात्र छनोट गरिएको छ । यो यस्तो संवेदनशील प्रणाली हो जसले नेपाल दूरसंचारको ग्राहकहरुमा वा ग्राहकहरुबाट आउने जाने सम्पूर्ण अन्तर्राष्ट्रिय कल तथा एसएमएसहरुको ब्यहोरा सम्हाल्छ वा राख्छ ।

रोचक त यो छ कि हुवाबेले ठेक्का प्रतिष्पर्धामा चीनबाट नभई सिंगापुरबाट भाग लिएको छ । सन् २०२१ र २०२२ मा भएको बोलपत्र आव्हानमा दुवैपटक हुवाबेले चीनबाट नेपाली संस्थाको मार्फत् प्रतिष्पर्धामा भाग लिएको थियो । त्यस समय हुवाबे चीनलाई अमेरिकाले प्रतिबन्धित गरेको थियो । दुवैपटक हुवाबेलाई अयोग्य ठहर गर्न सक्ने भएकाले ठेक्का नै रद्द गरियो ।

हुवाबेलाई नै ठेक्का पार्न सिंगापुरबाट ठेक्का प्रतिष्पर्धामामा भाग लिने रणनीति बुनियो । मनपरी भाउमा ठेक्का सम्झौता गर्न प्रतिष्पर्धी अन्य तीन कम्पनीलाई अयोग्य ठहर गर्दै हुवावेलाई मात्र योग्य ठहर गरिएको छ । अब आर्थिक प्रस्ताव खोल्दा हुवाबेको स्वार्थ अनुरुप हुने देखिन्छ । यसमा ठूलै कमिशनको खेल चलेको छ ।

विश्वस्त स्रोतका अनुसार हुवाबे र जेटीईको सम्पूर्ण स्थानीय कारोबार अघोषित रुपमा सम्हाल्ने गोकुल बास्कोटाको डिजाइनमा यी सबै गतिविधिहरु भइआएका छन् ।

बाँस्कोटाकै पालामा अगाडि बढाइएका विकल पौडेल र विकलकै चाहना अनुसार बढाइएका सुनिल पौडेलको नियुक्ति आफैमा एउटा योजना अन्तर्गत भएको थियो । उनी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । तर, यसका पछाडि गोकुलकै चाल थियो । नियुक्तिमा काँग्रेसका केही नेताहरु पनि योजनावद्ध तरिकाले लागेका थिए ।

सुनिल पौडेलको नियुक्ति टेलिकमको हरेक ठूला खरिद कार्यमा हुवाबेले मात्र पाउने योजना अनुसार थियो । फाइभ जी को काम हुवाबेले नपाउने देखिएपछि यसको ट्रायल नै रोकिएको छ । ट्रायल नै रोकिंदा बोलपत्र आव्हान अन्यौलमा छ । जबसम्म हुवाबेले पाउने सुनिश्चित हुँदैन तबसम्म सुनिल बोलपत्र खोल्नका लागि पहिलो गर्नुपर्ने ट्रायल नै रोकेर राखिरहन्छन् । यही योजना अनुसार गतिविधि भइरहेको छ ।

प्रतिक्रिया