१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादीमा महराको राजनीतिलाई फेरि धक्का, नेतृत्वमा पुग्ने सम्भावनामा पूर्णविराम !


0
Shares

काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कुनैबेला प्रचण्डको उत्तराधिकारीका रुपमा लिइन्थ्यो । २०४८ सालमा सांसद भइसकेका, कूटनीतिक चार्तुयता भएका महराको सम्भावना नभएको होइन । उनी अन्य पार्टीका नेताहरुसँग कुरा मिलाउन उत्तिकै खप्पिस थिए । बाह्य सम्बन्ध पनि बलियो ।

महरा सभामुख हुनुमा उनको संसदमा पुरानो अनुभव र माओवादी पार्टीभित्र बलियो प्रभाव पनि थियो । अध्यक्ष प्रचण्डका विश्वास पनि जितेका थिए । तर, उनै महरालाई एकपछि अर्को धक्का लाग्दै आएको छ ।

महरालाई एक महिलाले बलात्कारको आरोप लगाई उजूरी नै दर्ता गरिन् । त्यतिबेला सभामुख रहेका उनी राजीनामा दिन वाध्य भए । त्यसले उनको राजनीतिक जीवनमै धक्का लाग्यो । महरा हिरासतमा बसे । पछि यो घटना सामसुम पारियो । महरा जेलबाट छुटे । राजनीतिमा फेरि कमब्याक गरे ।

अहिले फेरि महरालाई सुनकाण्डका मतियारहरुसँगको ननेक्शनको आरोप लागेको छ । भीपमा लुकाएर ल्याइएको सुन छुटाउन भूमिका खेलेको आरोप कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई लागेको छ ।

आफू सुन प्रकरणमा संलग्न नभएको फेसबुकमार्फत् दाबी गरेका छन् महराले । उनले सुन छुटाउन गरेको फोन नम्बर आफ्नो नभएको र आफूले पनि प्रयोग नगरेको बताएका छन् । तर, महरालाई यो घटनाले निकै अप्ठ्यारोमा पारेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया