१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाबुरामलाई सभामुखबाट राजीनामा दिन लगाएर उद्धव बने कोशी प्रदेशमा मुख्यमन्त्री


0
Shares

काठमाडौं, १६ साउन । कोशी प्रदेशमा नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले प्रदेश प्रमुख समक्ष बहुमत सांसदको समर्थन सहितको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । उनलाई नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जनता समाजवादी पार्टीका १ सांसदको समर्थन प्राप्त भएको छ ।

सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि थापाको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि गौतम सभामुख कायमै हुँदा थापालाई समर्थन गरेकोमा सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । त्यसपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया पुनः आरम्भ भयो ।

९३ सदस्यीय प्रदेशसभामा थापाले ४७ सांसदको समर्थन पाएसँगै कोशीमा मध्यवधि चुनाव तत्काललाई टरेको छ । विपक्षी एमालेको ४० र राप्रपाको ६ सांसदले थापालाई साथ दिएनन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया