५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न लागेको भारतले जी ट्वेन्टीमा निर्माण गरेको भाष्य


0
Shares

विपिन देवः सन् २०२३ को जी ट्वेन्टीको अध्यक्षता भारतले गरिरहेको छ । सन् १९९९ मा जर्मनको बर्लिन शहरबाट सुरु भएको जी ट्वेन्टीको अनुष्ठानले विश्व राजनीति र अर्थनीतिलाई प्रभावित गर्दै आएको छ । सन् २००८ को आर्थिक मन्दीले गर्दा जी ट्वेन्टीको सान्दर्भिकता र अपरिहार्यता विश्व राजनीति र कूटनीतिमा बढेको देखिन्छ । वर्तमान परिवेशमा जी ट्वेन्टीलाई सबैभन्दा अब्वल संगठनको रूपमा लिइन्छ । ब्रिक्स, बिमस्टेक, संघाई सहयोग संगठन, इस्लामिक सहयोग संगठन, आशियान, आर.सेप भन्दा जी ट्वेन्टी अब्वल देखिन्छ । यसमा सम्बद्ध रहेका राष्ट्रहरूको जी.डि.पि विश्व अर्थतन्त्रको ८५ प्रतिशत रहेको छ भने विश्व व्यापारको ७५ प्रतिशत समेत जी ट्वेन्टीका मुलुकहरूको रहेको छ । यूरोपेली यूनीयनको साथै १९ वटा मुलुकहरूको सहभागिता रहेको जी टेउन्टीमा अन्र्तराष्ट्रिय मुद्रा कोष, विश्व वैंक, एसियन विकास वैंक लगायत १८ वटा प्रमुख संघ संस्थाहरूको समेत जी ट्वेन्टीसंग रहेकोे छ ।

जी ट्वेन्टीको “टोयीका”को संरचना महत्वपूर्ण देखिन्छ । तीन सदस्यहरूको टोयकामा इण्डोनेसिया, भारत र ब्राजील रहेको छ । अर्थात् विगतका अध्यक्ष, वर्तमान अध्यक्ष र भविष्यको अध्यक्षको आधारमा टोयीका गठन भएको हुन्छ । त्यस्तै जी टेउन्टीको संरचना पनि वडो विराट हुने गर्दछ ।

जी टेउन्टीमा दुईवटा ट्रयाक हुने गर्दछ । पहिलो ट्रयाकलाई सेर्पा भनिन्छ भने दोस्रो ट्रयाकलाई वित्तिय ट्रयाक भनिन्छ । सेर्पा ट्रयाकको दायित्व जी टेउन्टीको नीति, कार्यक्रम र प्रारुपलाई निर्धारण गर्नु हो । सेर्पा ट्रयाकको अध्यक्ष एक किसिमले जी टेउन्टीको र्दुत नै हो । सेर्पा ट्रयाकको अध्यक्षको न्यूक्ति आयोजक राष्ट्रको राष्ट्र प्रमुखले गर्ने परिपाटि रहिआएको छ । यस पटक भारतमा आयोजना हुन लागेको जी टेउन्टी सेर्पाको अध्यक्षता अभिताभ कान्तले गरेको छ । त्यस्तै वित्तिय ट्रयाकको नेतृत्व आयोजक राष्ट्रको अर्थमन्त्रीले गर्ने गर्दछ । अर्थमन्त्रीले अध्यक्षता गरेको वित्तिय ट्रयाकमा सम्बन्धित राष्ट्रको वैंक तथा वित्तिय संगठनको प्रमुखका रूपमा गर्भनर हुने गर्दछ ।

यस पटकको जी टेउन्टी वृहत रहेको छ । वित्तिय ट्रयाकमा आठवटा महत्वपूर्ण विषयहरूको उठान भएको छ । अर्थात विश्व वित्तिय संरचना, सहभागिता मुलक विकास, पूवाृधार विकास जस्ता मुद्दाहरू रहेको छ । सेर्पाले उठान गरेका मुद्दाहरू मध्ये कृषि, भष्ट्राचार निवारण, उर्जा, डिजिटतल इनफ्रास्ट्रकचर (पूर्वाधार), शिक्षा, संस्कृती, संकटका सामना जस्ता मानविय संवेदनाका मह्तवपूर्ण मुद्दाहरू रहेको छ । सेर्पा र वित्तिय संगठनले सहभागी मुलुकहरूसंग उक्र क्षेत्रमा विज्ञहरूलाई पठाउन आमन्त्रण गर्ने गर्दछ । सहभागी मुलुकहरूले आप्mनो अनुभव, अवरोध र उपलब्धिलाई जी टेउन्टीको सम्मेलनमा साटासाट गर्ने गर्दछ ।

सन् २०२३ को जी टेउन्टी सम्मेलनमा भविष्यको प्रारुपको वारेमा पनि व्यापक वहस र छलफल भएको पाइन्छ । विज्ञान २०, लेबर २०, युथ २०, सोचाई २० विषय वस्तुहरूमा गहन छलफल भएको पाइन्छ । ५० भन्दा अधिक शहरहरूमा आयोजना भइरहेको जी टेउन्टीको वैठकमा २०० भन्दा अधिक विषयहरूमा छलफल भएको पाइन्छ । हालसम्म १७० भन्दा बढि वैठकहरू सम्पन्न भएको देखिन्छ । जलवायु परिर्वतन, आतंकवाद, वैकल्पिक उर्जा, कनेकटिभिटि, लागु पदार्थ जस्ता मानव संवेदनाका महत्वपूर्ण विषयहरू समेत छलफल भएको देखिन्छ ।

जी टेउन्टीको वैठकहरू मध्ये परराष्ट्रमन्त्रीय स्तरको वैठक सबभन्दा अधिक रोचक देखिएको छ । विश्वमा ४० देशका परराष्ट्रमन्त्रीहरूको एक ठाउ‘मा सहभागी हुनु भारतको लागि यो पहिलो अनुभव थियो । जी टेउन्टीको इतिहासमा समेत हरेक सदस्य देशको परराष्ट्र मन्त्रीको सहभागिता हुनु यो पहिलो पटक थियो । जी टेउन्टीको शिखर सम्मेलन आउ‘ने सेप्टेम्बरमा हुन गइरहेको छ । वडो उल्लास र उमंगका साथ भारतले “भारत मण्डप” नामक सभा निर्माण गरेको छ । २७०० करोड भारतीय मुद्राको लगानीमा निर्माण भएको उक्त भवनमा विश्वका मुर्धन्य नेताहरू वाइडेन, पुटीन, सी, किसिदा लगायत शक्ति केन्द्रहरूको शिखर व्यक्रित्वहरूको आगमनको अपेक्षा गरिएको छ ।

जी टेउन्टीको यस्तो वृहत आयोजनाका विभिन्न आयामहरू छन् । वर्तमान परिवेशमा भारत विश्वको सबभन्दा द्रुत आर्थिक विकास दरले अगाडि बढिरहेको छ । चाँडै विश्वको तेस्रो अर्थतन्त्र बन्ने लक्ष्य राखेकोले गर्दा भारत निवेशको लागि आवश्यक वातावरण निर्माण गरिरहेको छ । जी टेउन्टीको कार्यक्रमको माध्यमबाट विश्वका सम्पुर्ण उच्च कोटिका वौद्धिक र आर्थिक क्षेत्रका कहलिएका व्यक्ति र संगठनहरूसंग सहकार्य र सम्वाद यसको लागि कोशेढुङ्गा हुन सक्ने अनुमान गरिएको छ ।

भर्खरै मोदीले अमेरिका यात्राले गर्दा अमेरिकामा मार्कोनदेखि अन्य ठुला कम्पनीहरूले समेत चीप्स, सेभिकण्डकटर, जेट र उच्च कोटीका संम्वेदनशिल प्रविधिको क्षेत्रमा समेत लगानी गर्न सहमत भएका छन् । जी टेउन्टीको मञ्चबाट विश्व समुदायले भारतको प्रविधि, विशाल, बजार, जनसंखयाकीक लाभांश भएको जनशक्ति र प्रजातान्त्रिक पद्धतिलाई समेत अवलोकन गर्नेछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया