१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चीनको विदेशमन्त्रीबाट गाङ किन हटाइए ?


0
Shares

एजेन्सी, ९ साउन । एक महिनायता किन गाङ सार्वजनिक जीवनमा देखिएका थिएनन् । विदेशयात्रामा व्यस्त भइरहने चीनका विदेशमन्त्री गाङबारे निकै चासो भयो । तर, आज मंगलवार उनलाई बर्खास्त गरिएको खबर आयो ।

चिनियाँ सञ्चारमाध्यमले गाङलाई पदबाट हटाएर वाङ इ लाई विदेशमन्त्री नियुक्त गरिएको खबर प्रकाशित गरेका छन् । वाङ सन् २०१८ देखि २०२२ सम्म विदेशमन्त्री थिए ।

चीनका राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकाल सुरु हुँदा वाङ इ लाई सुरक्षा मामलाको जिम्मेवारी दिइयो । तर, विदेश मामलामा उनी नै सक्रिय रहे । यतिबेला वाङ दक्षिण अफ्रिकामा भइरहेको ब्रिक्स राष्ट्रका सुरक्षा सल्लाहकारहरुको बैठकमा सहभागी छन् ।

७० वर्षीय वाङ भेट्रान कूटनीतिज्ञ हुन् । उनले लामो समय कूटनीतिक क्षेत्रमा अनुभव हासिल गरे ।

तर, चीनमा माओ पछि शक्तिशाली नेताको परिचय बनाएका सी चिनफिङले सजिलै कुनैपनि नेतालाई हटाउने शक्ति बनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले विदेशमन्त्री हटाउने र नयाँ बनाउने गरेको भनिएपनि चिनफिङको प्रत्यक्ष चाहना अनुसार पछिल्लो कदम चालिएको हो ।

वाङ नेपालबारे पनि जानकार हुन् । उनी नेपाल भ्रमणमा पनि आएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया