पाकिस्तानमा असुरक्षित हिन्दू
विपिन देवः पाकिस्तानको कराँची शहरमा १५० वर्ष पुरानो मारी माताको मन्दिरलाई २९ असारमा ध्वस्त गरिएको छ । मर्दाशी समुदायका आस्थाका केन्द्र रहेका उक्त मन्दिरको लामो इतिहास रहेको छ । पौराणिक महत्वको हिन्दू मन्दिरलाई कट्टरपन्थी र स्थानिय माफियाको संलग्नतामा ध्वस्त पारिएको खबरहरु सार्वजनिक भएका छन् । हुनतः पाकिस्तानमा हिन्दू धर्मालम्बी र हिन्दू मन्दिरहरुमाथिको आक्रमण नौलो होइन । सिन्ध प्रान्त लगायत लाहोर क्षेत्रहरूमा मन्दिरको संख्या उल्लेख्य रहेको छ । भारत विभाजनका साथै पाकिस्तान स्थित हिन्दू, शिख र जैनको आस्था केन्द्रहरूलाई कट्टरपन्थीहरूले बारम्बार आक्रमण गर्दै आएका छन् ।
भारत विभाजन ताका पाकिस्तानमा हिन्दूहरूको जनसंख्या १३ प्रतिशत थियो । हाल १३ प्रतिशतबाट हिन्दुहरूको संख्या घटेर ३ प्रतिशत भन्दा कम भएको छ । दु्रत गतिले धर्मान्तरण, समाजमा कट्टरपन्थीको दबदबा, आतंकवादी आक्रमणबाट हुने त्रास जस्ता कारणहरूले पाकिस्तानमा हिन्दुहरू पिडित, प्रताडित र दमित भएर जीविका चलाइरहेका छन् । समाजिक सञ्जाल अनुसार सिन्ध प्रदेशमा मिठु मिया नामक एक अतिवादी व्यक्तिले हिन्दु बालिकालाई जर्बजस्ती कावुमा लिएर उमेर गइसकेका मुसलमानहरूसंग विवाह (निकाह) गराउने गरेको छ । सरकारको मौनताका साथ साथै मेडिया जगतले समेत मिठु मियालाई कानुनको दायरामा ल्याउन सकेको छैन ।
पाकिस्तानमा भइरहेको हिन्दू प्रतिको अन्याय र अत्याचार प्रति मानअधिकारसँग आवद्ध संघ संस्थाहरूले आवाज उठाउन आवश्यक देखिन्छ । पाकिस्तानमा हिन्दूहरू माथि भइरहेको अतिक्रमण भारतीय राजनीतिको एउटा महत्वपूर्ण भाष्य भएको छ । सन् १९५०, ८ अप्रिलमा भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु र पाकिस्तानका राष्ट्रपति लियाकत अली विच एक महत्वपूर्ण सम्झौता भएको थियो । उक्त सम्झौतालाई नेहरु लियाकत प्याक्ट भनिन्छ । भावनाको आवेग र सम्वेगमा नेहरुले प्रजातान्त्रिक मुल्य मान्यता अनुसार पाकिस्तानको हिन्दूहरूको हक, हित र अधिकारलाई संरक्षण गर्ने पाकिस्तान सरकारको जिम्मेवारी रहेको र भारतमा रहेको मुसलमानको हक हितको लागि भारत सरकारको जवाफवेही रहेको सम्झौतामा उल्लेख छ । उक्त सम्झौताको कसीमा भारत पाकिस्तानको सम्बन्ध अगाडि बढेन ।
किस्तानले काश्मिरको मुद्यालाई अन्तराष्ट्रियकरण गर्न कुनै कसरा बाँकी राखेन । पाकिस्तानको प्रमुख दायित्व नै काश्मिरमा मुस्लिम समुदायको हक हितलाई संरक्षण गर्ने रहेको छ । काश्मिरको मुसलमानले काश्मिरी पण्डित र त्यहॉका अन्य समुदायलाई पीडा दिदा वा आक्रमण गर्दा पाकिस्तानले त्यसलाई धार्मिक युद्धको रुपमा व्याख्या गरेका छन् । अर्को शब्दमा भन्ने हो भने मुसलमानको हक हितको लागि पाकिस्तान आप्mनो राष्ट्रिय नीति बनाउ‘दै, नयॉ राष्ट्रवादको भाष्य निर्माण गर्दै र आक्रमक नीति लिदै सन् १९४९, सन् १९६५ र सन् १९७१ मा भारतसंग युद्ध गरेका छन् ।
एक अर्ब भन्दा अधिक हिन्दू जनसंख्या भएको भारतले पाकिस्तानमा रहेको हिन्दूहरूको वेदना, पिडा र कष्टलाई गम्भीरता पूर्वक लिएको देखिदैन । नेहरु लियाकत प्याकटको आधारशिलामा नै भारतीय जनसंघ (कालान्तरमा वि.जे.पी.) का संस्थापक डा. श्यामा प्रसाद मूखर्जीले नेहरुको मन्त्रीमण्डलवाट राजीनामा दिएका थिए । विद्वता, निष्ठा र राष्ट्रियताको सम्वाहक डा. मुखर्जी नेहरु नीतिलाई प्रतिवाद गरेका थिए । उनको प्रष्ट अभिमत थियो कि पाकिस्तानमा रहेका हिन्दूहरूको अभिभावकत्व भारतले ग्रहण गर्नु पर्दछ । अर्थात् पाकिस्तानी सरकारले पाकिस्तानका हिन्दू माथि कुनै किसिमको विभेद गर्दा भारतले आप्mनो प्रतिक्रिया दिनु पर्दछ भने डा. मुखर्जीको ठहर थियो । हुनतः नेहरु मन्त्रीमण्डलका गृहमन्त्री वल्लभ भाई पटेल समेत डा. मुखर्जीको विचारबाट नजिक थिए ।
भारतका बसिरहेको मुसलमान प्रति नेहरु र पटेलको फरक दृष्टिकोण थियो । भारतको मुसलमानको हक हितको जिम्मेवारी बहुसंख्यक हिन्दूको रहेको नेहरुको तर्क थियो भने पटेलको दृष्टिकोण पृथक थियो । पटेल अनुसार भारतको मुलमसानको मुख्य दायित्व नै पाकिस्तानबाट मोहभंग गर्नु हो । अर्थात् भारतेली मुसलमानहरू जबसम्म भावनात्मक रुपले पाकिस्तानसंग सम्वन्ध बिच्छेद गर्दैन तबसम्म बहुसंख्यक हिन्दूहरूको मन भारतेली मुसलमानहरू जित्न सक्दैन ।
पटेल मुस्लिम तुष्टिकरणको विरोधी थिए । पटेलको प्रष्ट नीतिले गर्दा नेहरुले उनलाई काश्मिर नीतिमा उनलाई हस्तक्षेप गर्न दिएन । पटेल हिन्दुवादी संघ संगठनसंग नजिक थिए । उनले राष्ट्रिय स्वंय संघको संघ सञ्चालक श्री गुरु ग्वालवालकारसंग काश्मिर एकीकरण गर्दा सहयोग समेत लिएका थिए । अर्थात् काश्मिरका तत्कालीन महराज हरि सिंहलाई भारतीय एकीकरण कानुनमा हस्ताक्षर गर्न लौह पुरुष पटेलले संघ सञ्चालक गुरु ग्वालवालकारलाई उपयोग गरेका थिए । श्री गुरुजी (ग्वालवालकर) ले आप्mना कालजयी कृती “वन्च ऑफ थौट” मा यसको उल्लेख गरेका छन् । नेहरु लियाकत प्याक्टले गर्दाै पाकिस्तानका हिन्दु, शिख र अन्य अल्पसंख्यक समुदायको हक हित ओझेलमा परेको छ भने पाकिस्तामनले काश्मिरलाई इस्लामीकरण गर्न र काश्मिरमा पृथकतावादी आन्दोलन चलाउन हरेक मौकालाई उपयोग गरेको छ । अर्थात् नेहरु नीति र पाकिस्तानको काश्मिर नीतिको चापमा नै जनसंघ भारतीय भुमीमा पल्लवित र पुष्पित भएको छ ।
जनसंघका संस्थापक डा. मुखर्जीले नेहरुको काश्मिर नीतिलाई र्भत्सना गर्दा गर्दै एक देशमा एक निशान, एक विधान र एक प्रधान मात्रै हुनु पर्दछ भन्ने नाराका साथ अगाडि बढ्दै काश्मिरका शंख अब्दुलका सरकारका वन्दी हु‘दै शहादत प्राप्त गरे । कालान्तरमा पाकिस्तानका हिन्दूहरू अवस्थालाई प्रति भारतीय हिन्दूहरू सचेत हुनु पर्ने तर्क पण्डित दिन दयाल उपाध्यायको रहेको थियो । जनसंघबाट प्रशिक्षित भएर भारतीय जनता पार्टी स्थापना गरेकाहरुले पाकिस्तानका हिन्दूहरू प्रतिको जिम्मेवारी वोध दर्शाएका छन् । अटल विहारी वाजेपयी र लालकृष्ण आडवाणीले आप्mनो धीर र गम्भीर वाणीबाट यसलाई प्रस्तुत गरेका छन् ।
सन् २०१४ देखि नरेन्द्र मोदीको पाकिस्तान प्रतिको कडा नीतिले गर्दा पाकिस्तानमा हिन्दूहरूको हौसला बढेको छ । सामाजिक सञ्जालको आधारमा प्रष्ट भन्न सकिन्छ कि कट्टरपन्थी र सैनिक तानाशाहका बाबजुत पनि हिन्दु धर्मालम्बीहरू आप्mनो धरोहर, संस्कृती र सभ्यतालाई बचाउन सचेत देखिन्छन् । मोदी सरकारले कूटनीति सन्यन्त्रद्वारा पाकिस्तानी सरकारलाई मानव अधिकार र मानवीय मूल्य र मान्यता अनुसार हिन्दूहरूको हक, अधिकार र पहिचानलाई संरक्षण गर्न वाध्य बनाउन सक्नुपर्छ ।