३१ भाद्र २०८१, सोमबार | September 17, 2024

फ्रान्समा मोदीको उच्च सम्मानको सन्देश


0
Shares

विपिन देवः फ्रान्सको राष्ट्रिय दिवस “वेसटेल डे” जुलाई १३ मा मनाइँदा भारतका प्रधानमन्त्री मोदीले त्यहाँको यात्रा गरे । आफ्नो दुई दिने भ्रमणलाई सामरिक हितमा प्रयोग गर्नको लागि मोदी कुनै कसर बाँकी राखेनन् । फ्रान्स-भारत मैत्रीलाई नयॉ समझदारीका साथ अगाडि बढाउन दुई वटै देशको नेतृत्वहरू सजग रहेको देखिन्छ । दर्शन, साहित्य, विज्ञान र प्रविधिको क्षेत्रमा फ्रान्सको पहिचान रहि आएको छ । इतिहासको आरोह र अवरोहमा फ्रान्सले सदैव भारतलाई सहयोग र सदभावका साथ सहयोग गर्दै आएको छ ।

सन् १९९८ मा भारत आणविक परीक्षण गर्दा अमेरिका लगायत यूरोपेली मुलुकहरू भारतसंग आक्रोसित थिए । अमेरिका लगायत यूरोपेली मुलुकहरू भारतलाई निस्तेज नै गरेका थिए । अमेरिकी सरकारले भारतलाई आर्थिक नाकाबन्दी समेत गरेको थियो । त्यस्तो प्रतिकुल अवस्थामा फ्रान्सको नीति फरक देखिन्थ्यो । तत्कालीन फ्रान्सेली नेतृत्व ज्याक चिराकले भारतको गणतन्त्र दिवसको अवसरमा प्रमुख आतित्थ्य नै ग्रहण गरेका थिए ।

तत्कालीन भारतीय प्रधानमन्त्री बाजपेयीका सुरक्षा सल्लाहकार विजेश मिश्राको पहलकदमीमा अन्य यूरोपेली मुलुकहरूको दवावको वावजुद्ध पनि भारतको पक्षमा भिटो पावर लगाउने मुलुक फ्रान्स नै थिए । अर्थात् पाकिस्तानले काश्मिरको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न अमेरिका लगायत यूरोपका केहि मुलुकहरूको सहयोग समेत गरेको अवस्थामा फ्रान्स भारतको पक्षमा उभिएको थियो । यी पृष्टभूमी सन् २०१४ देखि मोदीले भारत-फ्रान्स सम्वन्धलाई उ‘च्च महत्व दिएका छन् ।सन् २०२३ जुलाई १३ को मोदीको फ्रान्स यो यात्रा छैठौ पटकको हो । फ्रान्सले मोदीको यो यात्रालाई उच्च महत्व दिएको देखिन्छ । विमानस्थलमा फ्रान्सका प्रधानमन्त्रीद्वारा अभिनन्दन पनि अर्थपूर्ण रहेको छ । सामान्य अवस्थामा यूरोप र अमेरिकामा अतिथीलाई विमान स्थलमा अभिनन्दन र स्वागत गर्न राष्ट्र प्रमुखहरू जाने प्रचलन कम देखिन्छ ।

“वासटेल डे” को अवसरमा भारतका प्रधानमन्त्री मोदीलाई फ्रान्सको सबभन्दा सर्वोच्व पुरस्कारबाट समेत सम्मान गरिएको देखिन्छ । “वासटेल डे”मा भारत फ्रान्स र भारतका सैनिक जत्थाहरूले संयुक्त रुपमा सैनिक पेरैड समेत पर्दशन गरेका थिए । फ्रान्सले भारतीय सैनिकलाई उच्च सम्मान र कदर गर्ने गरेको छ । प्रथम विश्व युद्धमा फ्रान्सको पक्षमा युद्ध गर्दा गर्दै १० लाख भारतीय सैनिकहरू सहादत दिएका थिए । द्वीतीय विश्व युद्धमा समेत भारतीय सैनिकहरू यही संख्याको हाराहारीमा सहादत दिएका थिए । भारतीय सैनिकहरूको योगदान र निष्ठालाई कदर गर्दै फ्रान्सले विभिन्न किसिममा स्मारकहरू समेत निर्माण गरेका छन् ।

भारतका सामरिक जानकार डा. राजामोहनले भारत फ्रान्सको मित्रतालाई पृथक रूपले व्याख्या गरेका छन् । अर्थात् फ्रान्स सदैव विपत्ति र कठिन अवस्थामा भारतको साथ रहेको कुरालाई उनले उदाहरणका साथ पुष्टि गरेका छन् । सन् १९७८ मा तारापूर प्लान्ट बनाउ‘दा अमेरिकाले यूरानीयम दिन इनकार गरेको थियो । यूरानियमको अभावमा पलान्ट निर्माण गर्न असम्भव नै थियो । त्यस्तो कठिन अवस्थामा भारतको गुरुयोजनालाई सफल बनाउन फ्रान्स अगाडि बढेको थियो । भारत स्वतन्त्रता उपरान्त नै युद्धको भूमरीमा फसेको अवस्था थियो ।

सन् १९६२ मा चिनसंग युद्ध हुनु, सन् १९४९, सन् १९६५ र सन् १९७१ म पाकिस्तानसंग युद्ध हुनु जस्ता परिघटनाले गर्दा भारत हात हतियार र लडाकु विमानका लागि परनिर्भर नै देखिन्थ्यो । सन् १९५९ मा नै पाकिस्तान अमेरिकाको एलाई भएकोले गर्दा अमेरिका भारतलाई हात हतियार बेच्न विभिन्न वहानामा असहजता नै देखाउन्थ्यो । त्यस्तो विषम अवस्थामा फ्रान्स भारतलाई सदैव हात हतियार र लडाकु विमान दिएर भारतको सामरिक शक्तिलाई अभिवृद्धि गरेका थिए । भारतका कहिलिएको विमानहरू चेतक, मिराज दुई र मिराज तीन फ्रान्सेली कम्पनीहरूद्वारा नै निर्माण भएका हुन् । अर्थात् सन् १९५३, सन् १९५६, सन् १९५७ र सन् १९७१ म फ्रान्सले प्रचुर मात्रामा हात हतियार र लडाकु विमान दिएको इतिहास रहेको छ ।

सामरिक जगतमा सबभन्दा बढि चर्चित सफल लडाकु राफेल विमान समेत फ्रान्सेली प्रविधिबाट निर्माण भएको हो । राफेलको आगमनका साथ भारतीय वायु सेना अब्वल भएको देखिन्छ । वर्तमान परिवेश परिर्वर्तित भएको छ । भारत र फ्रान्स विविध क्षेत्रमा सहकार्य गरिरहेको छ । भारतीय प्रविधि र फ्रान्सेली प्रविधिको अगुवाईमा “सोलार एलान्स”को गठनले गर्दा संसारमा एउटा नयॉ आशाको किरण देखिएको छ । भारत र फ्रान्सका प्रयास र अग्रवाईमा अनुष्ठान भएको उक्त आयोजनामा १२४ मुलुकहरूले आवद्धता देखाएको छ । कालान्तरमा “सोलार एलायन्स”मा एक ट्रिलियन अमेरिकी डलरको हुनु सक्ने जानकारहरूको बुझाई रहेको छ । सोलार एलायनसका साथ साथै हरित प्रविधिमा समेत भारत र फ्रान्स एक साथ रहेको छ । भारत फ्रान्सको सहकार्यको क्षेत्रमा व्यापक्ता बढेको देखिन्छ । आट्रिफिसियल इन्टछेलीजेन्सका साथै सेमिकण्डकटरको निर्माणमा समेत भारत र फ्रान्स सहयात्री हुने मोदी र माकोन विच सहमति भएको देखिन्छ ।

मोदीले पेरिसमा भारतीय समुदायलाई समेत सम्वोधन गरेका थिए । संसारमा सबभन्दा बढि विप्रेशण (रेमिटेन्स) प्राप्त गर्ने मुलुक भारत नै रहेको छ । १०० विलियन डलर भन्दा अधिक रेमिटेन्स भारतले प्राप्त गर्ने गरेको छ । फ्रान्सको समाजमा भारतीय मुलुका नागरिकहरू आर्थिक र शैक्षिक हिसाबले अब्वल देखिएको छ । निवेश, पर्यटन र ज्ञान र विज्ञानमा सहकार्यको लागि समेत भारतीय समुदायलाई मोदीले आग्रह गरेका थिए ।

हिन्द महासागरीय नीतिमा भारत फ्रान्सको सहकार्यको लागि विषेश ठाउ‘ रहेको छ । हिन्दमहासागरमा फ्रान्समा विभिन्न टापुहरू रहेको छ । थियोटेर र रियूनियन महत्वपूर्ण टापूहरू हुन् । हिन्दमाहसागरीय क्षेत्रमा जिवुती लगायत अन्य ठाउमा समेत फ्रान्सेली सैनिक जत्थाहरू उपस्थिती रहेको छ । भारत र फ्रान्सको सहकार्यले हिन्दमहासागरीय क्षेत्रको सुरक्षा र व्यापारमा टेवा पुग्न सक्ने अनुमान सामरिक जानकार डा. अर्पणा पाण्डेको रहेको छ । अर्थात् मोदीको यो यात्रा फ्रान्स र भारतको सम्बन्धलाई नयॉ आयाम र उचाई दिएको छ ।

प्रतिक्रिया