१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देउवालाई काँग्रेस संसदीय दलबाट हटाउन गगनको अंकगणितको खेल, कति अपुग ?


0
Shares

काठमाडौं, ३० असार । शेरबहादुर देउवालाई संसदीय दलको नेताबाट हटाउन नेपाली काँग्रेसभित्र एउटा गुट सक्रिय भएको छ । यो गुटले केही सांसद अपुग भएको हिसाबकिताब निकालेको छ ।

थापाले ३० सांसद कटिसकेको र अब केही सांसदको व्यवस्थापन गर्न सके देउवाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव नै ल्याउने रणनीति चालेका छन् । २०७९ सालको मंसिर ४ मा चुनाव भएपछि पौषमा भएको संसदीय दलको प्रतिष्पर्धामा देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत ल्याएका थिए । त्यतिबेला डा. शेखर कोइराला समूहकै केही सांसदले गुट परिवर्तन गरी देउवालाई मतदान गरेका थिए ।

पछिल्लो समय थापाले देउवा समूहका केही नेताहरुलाई समेत साथमा लिन सकेका छन् । भित्र भित्रै उनको गृहकार्य चलिरहेको छ ।

अब गगन थापाले यसअघि आफूले प्राप्त गरेको मत जोगाएर २० सांसदलाई पक्षमा पार्न सक्नुपर्छ । काँग्रेसमा अहिले ८८ सांसद छन् । संसदीय दलको नेता बन्न ४५ मत आवश्यक पर्छ ।

त्यसो त थापा निकै उत्साही भएका छन् । उनले शनिवार विराटनगरमा बोल्दै संसदीय दलको नेता बन्ने अंकगणित पुर्याउन लागिरहेको खुलासा गरे । उनले आफू संख्या पुगेको दिन संसदीय दलको नेता बन्न प्रयासमा लाग्ने बताए ।

नेपाली काँग्रेसको विधान अनुसार संसदीय दलको नेता बन्न बहुमत सांसदको साथ आवश्यक रहन्छ । देउवासँग संसदीय दलको नेताको चुनाव हारेका थापा फेरि नयाँ प्रयासमा लागेका छन् ।

काँग्रेसको विधान अनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्छ । यथास्थितिमा नेपाली काँग्रेसबाट देउवाबाहेक अर्को नेता प्रधानमन्त्री हुन पाउँदैनन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया