नर्भिक अस्पतालद्वारा प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनको औपचारिक घोषणा

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको औपचारिक घोषणा भएको छ । नर्भिक अस्पतालले उनको बुधवार विहान ८ बजेर ३३ मिनेटमा निधन भएको घोषणा भएको हो । नेपाल पेनले सीता दाहालको निधन भएको समाचार सर्वप्रथम प्रकाशित गरेको हो ।
अस्पतालले उनको हृदयघातबाट निधन भएको उल्लेख गरेको छ । उनलाई पार्किन्सन, मधुमेह, सुमरन्युक्लियर पाल्सीको समस्या समेत उल्लेख गरिएको छ ।
नर्भिकका डाक्टर प्राध्यापक समेत रहेका प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक युवराज शर्माले निधनबारे हस्ताक्षरसहित पत्रमार्फत् जानकारी दिएका हुन् ।