१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्ड अन्तरआत्माले भन्यो भने एक मिनेट पदमा नबस्ने, उठाए जनताबाट नेताहरुले विश्वसनीयना गुमाउँदै गएको यथार्थ


0
Shares

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति प्रधानमन्त्रीका रुपमा नसुहाउँदो भएको बोध गरेको बताएका छन् । सोमवार प्रतिनिधि सभामा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिदै यस्तो बताएका हुन् ।

‘मेरो अभिव्यक्तिप्रति असहजता प्रति दुःख व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘मेरो भाषा प्रधानमन्त्रीका रुपमा जे हुनुपथ्र्यो त्यो नभएकोमा शतर्क हुन्छु, त्यसलाई रियलाइजेसन गर्छु ।’

आफू कसरी प्रधानमन्त्री बनें जान्दा जान्दै विपक्षी नेकपा एमालेले गलत अर्थ लगाएको टिप्पणी गरे । उनले स्पष्टिकरणको परम्परा बसालिएकोमा असन्तुष्टि जनाए ।

आफूले दुईपटक नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिएको स्मरण गराउँदै भने, ‘तपाईंले भनेर राजीनामा दिन्नँ । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ ।’

आवेग र हतारमा कुनैपनि निष्कर्षमा नपुग्न प्रतिपक्षी एमालेलाई आग्रह गरे । उनले दलहरुप्रति जनता असन्तुष्ट भएको र विश्सनीयता गुमाउँदै गएको बताए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया