२९ भाद्र २०८२, आइतबार | September 14, 2025

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल देशभर सक्रिय, वीरगञ्जमा ३० असारमा शिक्षा कार्यशाला


83
Shares

जनकपुरधाम, २४ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशभर सक्रियता बढाएको छ । केन्द्र देखि प्रदेश हुँदै स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजनालाई गति दिएको छ । प्राज्ञिकले ३० असारमा मधेश प्रदेशको वीरगञ्जमा शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला गर्ने भएको छ ।

कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने र उक्त कार्यपत्र माथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, त्रिभुवन विश्वविद्यालय बन अध्ययन संस्थानका पूर्व डीन डा. जीबनाथ पाण्डे र शिक्षाविद डा. कृष्ण चन्द्र साहले टिप्पणी गर्ने छन् ।

मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री श्री महेश यादव र विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले कार्यशालाको उद्घाटन गर्ने कार्यतालिका रहेको कार्यशाला संयोजक परिषद्कि राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण दत्तले जानकारी दिइन् ।

परिषद्कि जानकी प्रदेश (मधेश प्रदेश) अध्यक्ष डा. सुष्मा तिवारीले नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यशालामा मधेश प्रदेशका आठ वटै जिल्लाबाट शिक्षासँग सरोकार राख्ने शिक्षाविद, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक रशिक्षिका , प्राचार्य एवम् लगानीकर्ताहरूको सहभागीता रहने बताइन् ।

विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले प्राज्ञिक विद्यार्थी परिषद नेपाल विद्यार्थीको समग्र विकास, सामाजिक गतिविधि, सेवा कार्यसँगै राष्ट्रलाई केन्द्रमा राखेर असल व्यक्ति निर्माणको कार्यमा निरन्तर सक्रिय रहेकोे र विगतमा विश्वविद्यालयमा स्ववियु निर्वाचनलाई व्यवस्थित गर्न उमेरको हदबन्दी लागू, पाठ्यक्रममा नैतिक शिक्षा र जीवन उपयोगी शिक्षा लागू पाठ्यक्रममा सामाजिक विषय नेपालीमा र अनिवार्य गर्ने कार्य, नेपाली विषयलाई चार क्रेडिट आवरको बनाउने कार्य तथा संविधानको प्रस्तावनाबाट योनिक शिक्षालाई हटाइ योग शिक्षा राख्ने कार्य, सवारी साधनमा प्रयोग गरिने इम्बोस्ड नम्बर प्लेटको भाषा नेपाली र लिपी देवनागरी गर्न विशेष पहल जस्ता धेरै विषयहरूमा नीतिनिर्माणका लागि परिषद्ले कुशल नेतृत्व गरेको र कार्यशालामार्फत् शिक्षाक्षेत्रसँग जोडिएका विविध विषयहरू जस्तो शिक्षाक्षेत्रमा दलीय राजनितीक भागबन्डा र अनावश्यक राजनीतिक हस्तक्षेप, पाठ्यक्रममा नेपालको मौलिकता र व्यावहारिकता, जीवन उपयोगी सिपको आवश्यकता, नेपालमा संचालित विदेशी विश्वविद्यालयका कार्यक्रम तथा उनीहरुको नियमन, समयमा प्रवेश,परिक्षा र परिणामका लागि विश्वविद्यालयहरूको शैक्षिक पात्रोको आवश्यकता, नेपालीमा पढाईहुने र नेपालीमै लेख्न पाइने विषयको परीक्षामा सोधिने प्रश्नपत्रको भाषा अङ्ग्रेजी हुने परिस्थितिको अन्त्य, विद्यार्थीको विदेश पढ्न जाने लहरलाई अन्त्य गरी स्वदेश मै गुणस्तरीय शिक्षा आदि विषयलाई समाजमा विमर्शका लागि ल्याउने र आगामी दिनमा परिवर्तनका लागि निर्णायक आन्दोलन पनि गर्ने तयारी परिषदले गरेको जानकारी दिए ।

प्रतिक्रिया