२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस


0
Shares

काठमाडौं, २१ असार । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो ।

एसईई परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएकामा २२ हजार ४७५ ले ए प्लस जीपीए अंक ल्याएका छन् ।

बोर्डका अनुसार गत वर्षभन्दा यस वर्ष बढी संख्याले एसईईमा ए प्लस ल्याएका छन् ।

३.२० देखि ३.६० जीपीए अंक ल्याउने ५५ हजार ६९ छन् । २.८० देखि ३.२० ल्याउने ७२ हजार ३६२ र २.४० देखि २.८० जीपीए अंक ल्याउने ८९ हजार ३३१ छन् ।

सबैभन्दा बढी २ देखि २.४० जीपीए अंक ल्याउने एक लाख २ हजार २९३ छन् ।

प्रतिक्रिया